Skip to content


देश कसैको दास थियो
घोर निशाको त्रास थियो
दग्द बनी विद्रोह बल्यो
शासन कालो डङ्ङ ढल्यो

राजन भागे लोक रहे
रोग अनेकौं थोक गए
एकल शासन् साफ भयो
दानब चाला माफ भयो

न्याय हरायो दण्ड नभै
लाज हरायो साल नगै
फेरि उठे ती सण्डहरु
राष्ट्र विगार्ने चण्डहरु

राष्ट्रपिता हुन् राष्ट्रपति
छैन उनैको तौल रति
मानक मन्त्री मादक भै
देश डुबाए घातक भै

लाज छ सुन्दा योजनको
आज छ चिन्ता भोजनको
हो जनताको आस गयो
यो गणतन्त्रै दास भयो

(मणिमध्यः ९ अक्षरी)
(भ म स)

neupanebnjee@yahoo.com

1 thought on “दास गणतन्त्र”

  1. विष्णुजी दग्द शब्द गलत भयाे ।
    विष्णुजी दग्द शब्द गलत भयाे । दग्ध हुनु पर्छ । सुधार गर्नु हाेस् । व्यङ्गप्रहार सबल छ । अरु ठिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *