नबाँच तिमी चुहेर
मेरै आँशु जिन्दगी ।
आदिम कुहिरोको आकाश ओढेर
तक्मा लगाउँछौ कतिन्जेल
गलित ऐंझेरु जिन्दगी ?
बरु
निर्धन बस्तीभित्र
सल्काएर चेतनाका राँकाहरू,
जलाउ काला दुश्कृत्यहरू ।
कलुशित बादलका खरानी सिन्चेर
उम्रनेछन् तिम्रा सपनाका पिपिराहरू ।
तर
नबाँच तिमी चुहेर
मेरै आँशु जिन्दगी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “चेतना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *