स्यूँदो जस्तै सीमारेखा कोरिएको छैन
मेची काली एकै ठाउँ जोरिएको छैन ।
भावनाले कहाँ पुग्छ ? जङ्गे पिलर् खै त ?
सरकार भन्छ सधैं चोरिएको छैन ।
अस्तित्वले प्रश्न गर्छ छाती मेरो पोल्छ
अँझै पनि नेतृत्वचै घोरिएको छैन ।
खबरदार ! धूर्तहरू…? देश नटुक्र्याऊ
जनताको धैर्य कैल्यै फोरिएको छैन ।
विष्णु न्यौपाने
दमक, झापा
