Skip to content


पानी मात्र बनौटो
रक्सी बन्छ अनौठो
खाँदा स्वाद छ तीतो
वृद्धा बन्दछ ठीटो

बोतल् ग्लास समाई
बस्ने साँझ रमाई
सित्तन् चुस्स टिपेर
प्यूँने श्वास खिपेर

मान्छे हाँस्छ खुसीले
मान्छे रुन्छ खुसीले
फूर्ती आँट खुलाइ
गोडा शीर झुलाइ

बास्ना राप सुँगेर
पैले बस्छ उँघेर
पारी प्याक घुटुक्क
मूर्ती उठ्छ जुरुक्क

बन्दी वाक्य खुलाई
बोल्छन् आँट उठाई
प्यूँदो मात चुमेर
मस्ती मार्छ झुमेर

लज्जा भाग्दछ आफैँ
निर्धो जाग्दछ आफैँ
औधी लाग्दछ जाती
बन्दा दुस्मन साथी

छन्द : मदलेखा (७ अक्षरी : मसगु)

विष्णु न्यौपाने, दमक झापा
–कार्तिक ५ २०७१
neupanebnjee@yahoo.com

1 thought on “मातै मीठो रक्सीको”

  1. बाह विष्णुजी । बधाइ माथि बधाइ
    बाह विष्णुजी । बधाइ माथि बधाइ । तपाइँ पनि झापाकाे एक हास्य र व्यङ्ग्यकारकाे सूचीमा हामीसँज जाेडिनु होलाे जस्तो बुझे है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *