Skip to content

पुजेर हैन बुझेर हेरें


पुजेर हैन बुझेर हेरें जीवन नारीमा
संघर्ष विना अस्तित्व छैन संसार भरिमा

फूलको रुप देवीको रुप भावना मात्रै हो
कोमल मुटु चुँडेर लिने साधना मात्रै हो
लडेर मात्र उभिन सक्छ नारीको गरिमा
संघर्ष विना अस्तित्व छैन संसार भरिमा

टेरेसा, सीता, भृकुटी सबै नारीका धरोहर
दासता चिर्न समाजसँगै लडेथे बरोबर
उपमा बन्छ प्रशंसा जाल स्वर्गकी परीमा
संघर्ष विना अस्तित्व छैन संसार भरिमा

पुजेर हैन ……….

विष्णु न्यौपाने, दमक झापा
(२०७३/०७/१७ )

2 thoughts on “पुजेर हैन बुझेर हेरें”

Leave a Reply

Your email address will not be published. Required fields are marked *