पहाडमा आजभोलि विद्यालय खुले
घर करेंसोमा पढी केटाकेटी भूले
रुद्री पढ्ने, चण्डी पढ्ने बनारस जाने
बाबु बाजे छक्क पर्छन् आजभोलि भने
टोलै पिच्छे प्रा.वि.खुले पाटै पिच्छे मा.वि
बीच गाउँ पारी खुल्छन् एक उच्च मा.वि.
उच्च शिक्षा लिनु पनि छैन नौलो कुरा
चार पाँच गाउँ बीचै क्याम्पस छन् ठूला
पढी गुनी त्यै गाउँमा काम पाइँदैछ
पहाडमा आज भोलि स्वर्ग छाइँदैछ
(प्रकाशोन्मुख बाल कविता संग्रहः पहाडमा आजभोलि…बाट । जहाँ एउटै ‘शीर्षक पहाडमा आजभोलि…’का २२ वटा बाल कविताहरू छन् )
