हाम्रो देश प्रसिद्ध युद्धहरुले हड्तालले बन्दले
अत्याचार र भ्रष्टचार विधिले अन्योलले द्वन्द्धले ।
भूकम्पीय प्रहारको विष विचै नाका थुनो जारले
साना देश दबाब भित्र रगडी हेप्तैछ संसारले ।।
घेरा हाल्छ हिमाल उत्तर दिशा बाँकी सबै भारत
मान्छे छट्पट गर्छ मर्छ दहमा हाँस्तैछ संसार त !
नाकाबन्द छ पूर्व पश्चिम सबै दक्षीण भन्सारमा
मट्टीतेल डिजेल छैन अझ क्यै खाद्यान्न धन्सारमा ।।
भोको पेट छ ग्याँस छैन महिनौं कालो बजारी बढी
इन्धन् बेच्तछ पान नान पसले मोलै हजारौं चढी ।
काला कर्तुत सल्कँदै शिर चढी नेतृत्व सड्दै गयो
पुर्खौली इतिहास आस मनको आधार ढल्दै गयो ।।
नेता दुष्ट बने मधेस कुलका वैरी सधैं देशका
नेपाली जनका कसाइ बनिए भाला खुँडा भेषका
ढुङ्गा हान्छ छिपेर भारत पुगी नेपालकै कोखमा
खित्का छोड्छ डुबाउँदा मुलुक यो अत्यासमा शोकमा
यो जातीय कलङ्क बीज विष यो बढ्दो अघोरी भ्रुण
जन्मायौ किन बाबु–चण्ड गण हो छर्दै सयौं दुर्गुण ?
तिम्रो स्वार्थ हुँदैन पूर्ण कहिल्यै स्वायत्त जप्छौ कति ?
कैलै हुन्न उदण्ड झुण्डहरुको संसारमा उन्नति ।।
समाप्त
मझेरीमा प्रथम पटक प्रकाशित – 2015-11-29 15:57:18 +0000
