Skip to content

पहाडमा आज भोलि जाँतो पाइँदैन


पहाडमा आज भोलि जाँतो पाइँदैन
मानी मियो पारी घुम्ने हातो पाइँदैन

ढिकी कुट्ने जाँतो पिध्ने दिन सकिएछन्
मिल आए कुटेपिसे ती त मक्किएछन्

पानीघट्टा धेरै हुन्थे कोदो मकै पिस्ने
मासिएछन् घट्टा पनि खोला भित्रै बस्ने

बाटा खुले गाडी चले हिड्नुपर्ने छैन
पिठ्यूँमाथि भारी बोकी रुनुपर्ने छैन

सौर्य ऊर्जा, जल ऊर्जा, वायु ऊर्जा बाली
उज्यालोमा क, ख, पढ्छन् डल्ली, भुण्टी,काली

1 thought on “पहाडमा आज भोलि जाँतो पाइँदैन”

  1. एकपटक मधानी नेती तराजु तुलाे
    एकपटक मधानी नेती तराजु तुलाे धार्नी बिसौलीहरुकाे पनि कविता ताेड्नु हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *