१
दबेकी सेती
काली भेट्न निस्केकी
पोखरा दङ्ग ।
२
शिकारी बाज
पृथ्वी च्यापेर उड्छ
पूँजीवादमा ।
३
राष्ट्रका पेवा
तिलिचो, रारा, फेवा
निद्रामा राज्य ।
४
मैयाँको भट्टी
बैंसको सस्तो झट्टी
मलम पट्टी ।
५
प्रेमको छाल्का
बैंसमाथि ठोकिन्छ
मुटुमा झिल्का ।
६
फूल पर्सिँदा
ढुङ्गो देवता बन्छ ???
ढाँटको खेती ।
७
एक्कासि खस्छ
उस्कै स्यूँदोमा उल्का
सती चित्कार ।
८
देवता थाङ्ने
हात पसारी माङ्ने
धिक्कार ! भाग्य ।
