Skip to content

आठ हाइकु (दबेकी सेती)


१
दबेकी सेती
काली भेट्न निस्केकी
पोखरा दङ्ग ।

२
शिकारी बाज
पृथ्वी च्यापेर उड्छ
पूँजीवादमा ।

३
राष्ट्रका पेवा
तिलिचो, रारा, फेवा
निद्रामा राज्य ।

४
मैयाँको भट्टी
बैंसको सस्तो झट्टी
मलम पट्टी ।

५
प्रेमको छाल्का
बैंसमाथि ठोकिन्छ
मुटुमा झिल्का ।

६
फूल पर्सिँदा
ढुङ्गो देवता बन्छ ???
ढाँटको खेती ।

७
एक्कासि खस्छ
उस्कै स्यूँदोमा उल्का
सती चित्कार ।

८
देवता थाङ्ने
हात पसारी माङ्ने
धिक्कार ! भाग्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *