यही कात्तिक ५ गते २०७१मा गोविन्दराज विनोदीको प्रमुख आतिथ्य र सदानन्द अभागीको सभापतित्वमा देवचुली टेलिभिजनको सभाहलमा स्रष्टासम्मान तथा कविता वाचनको साथमा भव्यरूपमा साहित्यिक कार्यक्रम लक्ष्मीस्मृति साहित्य समाजले सुसम्पन्न गर्यो ।
यस कार्यक्रममा समावेशीरूपमा साहित्यकार लोकनाथ खरेल, सरस्वती रिजाल र के.वी. रानालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको थालनीमा स्वर्गीय साहित्यकार जगदिश घिमिरे, जनकवि केशरी धर्मराज थापा लगायत स्वर्गीय, सम्पूर्ण, स्रष्टा तथा सहीदहरूप्रति १ मिनट मौनधारण गरिएको थियो । मौनधारणपछि स्वागत मन्तव्य यस संस्थाकी उपाध्यक्ष कृष्णाकुमारी शर्मा श्रेष्ठले गर्नुभएको थियो ।
लक्ष्मीस्मृति साहित्य समाजको बारेमा छोटो जानकारी हरिनारायण रेग्मीले दिंदै यस संस्थाले २०५६ सालको कात्तिक २२ गतेबाट लक्ष्मीजयन्ती मनाउँदै आएको, लक्ष्मी जयन्ती मनाउँदा जेष्ठ नागरिक, शिक्षासेवी, सहित्यकार, पत्रकार लोक गायकलाई प्राथमिकता दिंदै हालसम्म करिव ३ दर्जनलाई सम्मान गरेको, कृति विमोचन, कृति प्रकाशनजस्ता कार्यहरूमा सम्लग्न रहेका कुराहरू बताउनु भयो ।
लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको बारेमा, डा. धनपति कोइराला, श्यामप्रसाद न्यौपाने, हिमलाल ज्ञावली, भूपेन्द्र शर्मा गण्डर्षि, आदिले प्रकाश पार्नुभयो ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीलाई यसकार्यक्रममा विशिष्ठ अतिथिको रूपमा सहभागी गराउने सुअवसर प्राप्त भएको थियो । यस कार्यक्रममा उहाँले साहित्य र राजनीतिको स्वादिलो समिश्रणलाई प्रस्तुत गर्दै, जस्तोसुकै तानाशाहीमा पनि स्रष्टाहरूले कलम चलाउन पछि परेनन् र स्रष्टाहरू नै परिवर्तनका सम्वाहक बने भन्नुभयो र लक्ष्मीस्मृति साहित्य समाजले कार्यक्रम सञ्चालन गरेकोमा र स्रष्टासम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो । लोकनाथ खरेलले आफ्नो सम्मानलाई सारा छन्दमा लेखन गर्ने साहित्यकारको सम्मान हो भन्नुभयो ।
सम्मानित स्रष्टा सरस्वती रिजालले आफ्नो साहित्यिक जीवनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक कृतिहरूले गहन प्रभाव पारेको र लेखनीलाई अग्रसरता दिएको कुरा बताउनु भयो । सरस्वतीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताहरूमा पनि प्रकाश पार्नुभएको थियो ।
पत्रकार केवी रानाले लोकलयले प्रभाव पारेको भन्दै साहित्यिक कार्यक्रमा आफ्नो सक्दो सहभागिता हुने र साहित्य लेखनमा आफू पनि सक्रिय रूपमा अघिबढ्ने भन्दै लोकगीतहरू गाएर सुनानु भयो र दर्शक नाच्दा राम्रै रौनक आएको थियो ।
कविता बाचन तथा सहभागीहरूमा विष्णु तिवारी उषा, चेतनारायण भुसाल, लीला मास्के, गोर्खे सइँलो, दीपक सोती, संगीता पौडेल, गीता चापागाई, चिरञ्जीवी सिग्देल, ताराप्रसाद श्रेष्ठ, उद्योग बहादुर श्रेष्ठ, दशरथ तिवारी, दयाराम आचार्य, अविरल परियार, पुष्प अधिकारी अञ्जलि,प्रभाकर पण्डित, नारायणी भट्टराई, झपेन्द्रश्वर भुसाल, लोकनाथ लामिछाने, उपेन्द्र रिजाल, सीता काफ्ले, पार्वती रिजाल, सन्ध्यादेवी शर्मा, उमा लामिछाने, उमा भुसाल, सागर तिवारी, कमल अधिकारी, सीता न्यौपाने, कृष्ण लामिछाने, सुनिता चापागाई, मोहन रेग्मी, कोपिला गौतम, गोविन्द रेग्मी, काशीराम पौडेल, रश्मिता श्रेष्ठ, निशा पौडेल, जमुना अधिकारी, ज्योति चापागाई, श्वेता बोहोरा, अनुज श्रेष्ठ, लगायतको उपस्थिति थियो ।
लक्ष्मीस्मृति साहित्य समाजका सचिव हिमलाल चपगाइले यस कार्यक्रमको सञ्चान प्रभावकारीरूपमा गर्नुभएको थियो ।
सदानन्द अभागी
