Skip to content

तीन मुक्तक (हस्तिनी, सीता, चाँदनी)


हस्तिनी

हस्तिनीले हात्ती खोज्छे बघिनीले बाघ
सिंह खान्छ मासुमात्रै कहाँ खान्छ साग
जोडा पनि प्रकृतिले दिन्छ सुहाउँदो
काम अग्नि जले पनि लाग्न दिन्न दाग

सीता

सीता हर्यो रावणले रामबाट मर्यो
गौतमीको सतित्व त लुटाइमा पर्यो
श्राप भोगे इन्द्रजीले आफ्नै कुकर्मले
फल त्यस्तै भोग्नु पर्छ जस्तो कर्म गर्यो

चाँदनी

चाँदनीको रोशनीमा तिमी मुस्कु राउँदा
चाँदनीलाई रिस उठ्छ तिमी जुरमुराउँदा
मन साह्रै छाडा भयो चुमु चुमु लाग्छ
सुसाइत माने मैले आँखा फरफराउँदा

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *