Skip to content

तीन मुक्तक (तिमी, हामी, नमः)


तिमी

तिमी नै हौ सर्बव्यापी अनि विश्वमूर्ति
तिमी नै हौ पर अनि परमेश्वर कृति
तिमी नै हौ मृत्युञ्जय निर्विकाररूप
त्रिलोकको आवश्यक्ता तिमी गर्छौ पूर्ति

हामी

हामी कर्म जति गर्छौ सबै प्रकृतिको
भाव अनि भक्ति धर्छौ सबै प्रकृतिको
प्रकृति सगुण र साकार पनि हुन्छ
अधिनमा सबै पर्छौ सबै प्रकृतिको

नमः
नमः शिवाय नै हो पञ्चाक्षरी मन्त्र
यी अक्षर मिलाएर बन्नजान्छ जन्त्र
संसारको संरक्षत्व गर्छ कोही शक्ति
यै शक्तिले चल्छ विश्व छैन अरु तन्त्र

सदानन्द अभागी

1 thought on “तीन मुक्तक (तिमी, हामी, नमः)”

  1. सदानन्द सर । हामी समीक्षाकाे
    सदानन्द सर । हामी समीक्षाकाे क्षेत्रमा नै विशिष्ट हुन सक्छाै‌ । याे जथा भावी हात हाल्दा अाफ्नाे इमेजमा धक्का लाग्न सक्छ । यसैले समालाेचना समीक्षा कथा स‍स्मरणहरु तिर हामीबल गरुँ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *