Skip to content

देऊ संविधान


देऊ संविधान देऊ संविधान
सक्छौ भने सांसद हो देऊ संविधान

जनताले मत दिइ संसदमा भेजे
संविधान जनताले तिमीबाटै खोजे
तर पनि तिमीहरू वहानामा रम्ने
खोइ हाम्रो संविधान जनताले सोधे

जातीय द्वन्द आज चाहिंदैन हाम्लाई
अखण्ड नेपाल चाहिएको छ सबलाई
साहसी भै अघि बढ गर्न राम्रो काम
दियौं हाम्ले संविधान भन जनतालाई

स्वार्थी पोको बोकी बोकी बाहना बनाई
हामी देख्न चाहादैनो तिम्रो कुस्ती लडाइँ
चाहिएको छ हामीलाई देशको संविधान
चाँडोभन्दा चाँडो देऊ गर्न हुन्न ढिलाई

संसदको गरिमा त अति ठूलो हुन्छ
सांसदको भावनाले जन मन छुन्छ
दलगतस्वार्थ वोकी जब सांसद हिड्छ
राष्ट्रियता छोडिदिंदा जन मन रुन्छ

उत्तरमा हिमालदेखि दक्षिण दशगजा
नेपाल हो नेपाली हौं यही शब्द मज्जा
बुझीदिऊँ सांसदले सबै जन मन
संविधान चाँडै देऊ भन्छ राष्ट्र ध्वजा ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *