“होइन के भएर मेरो रुखमा यसपालि फल लागेन हँ ?” सोधे राजाले बगैचारको आँपको रुखतिर हेर्दै ।
उनका साथमा एक चाटुकार र मन्त्री कालिदास पनि थिए ।
अनि भने कालिदासले- “सधै एकैनासले फलिरहन्छ त !”
छिचरो उत्तर दिएकोमा कालिदासदेखि राजालाई रिस उठ्यो । उनले चाटुकारतिर हेरे ।
चाटुकारले भन्यो त्यसै बेला, “हैन सरकार यो रुखै खराब !”
“के गर्ने त ?” राजाले सोधे चाटुकारसँग ।
“यस पटक मौसम नै ठिक भएन सरकार” चाटुकारले भन्यो ।
“लौ त्यसो भए चाँडै मौसम ठिक गरिहाल ।”
“हँ………….!” चाटुकार अलमलमा पर्यो ।
