निराशा तिमीमा साथी आएको किन हो किन ?
आँसु झारेर के गर्छौ पुछ्नैसम्म म सक्तीन ।
औडाहा किन पालेको उखेली फाल्नुपर्दछ
आफ्नै साहसको बत्ती आफू नै बाल्नु पर्दछ ।
तिम्रो नैराश्यको गाथा भेटेसम्म म लेख्तछु
कालो बादलले धेरै ढाके जस्तो म देख्तछु ।
सकिए पिरको बाढी आफैंले रोक्नुपर्दछ
नसके पीरको भारी आफैंले बोक्नुपर्दछ ।।
