Skip to content

समृद्ध नेपाल


“घर त बनाइछेस, तर खोइ त चर्पी कता बनाइस् ?” सोधे खड्काले ।

“छँदैछ नि बाँसघारी त्यसका लागि । त्यसरी अर्काको मुलुकमा ज्यान सुकाएर तपाईंले कमाएको पैसाले के चर्पी बनाउनु भन्ने लागेर मैले त घरै मात्र बनाएँ । दुइ तले पो बनाइदिएँ । कस्तो लाग्यो ?” सोधिन् ।

खड्का घोरिए मात्र ।

“हँ यसरी नै हो भने हाम्रो नेपाल धनबाट समृद्ध नै होला तर मनमा भने तन्नम नै हुने रहेछ ।”

“के भन्नु भो ?”

“केही पनि होइन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *