Skip to content


आरम्भमा ः
चामेकी जोईको नाउँ गाउँमा गौथली थियो,
गृहस्थी गरी बस्थे ती गृहस्थी ठिक्ककै थियो ।

साँवलो वर्ण थ्यो त्यस्को केही काली भए पनि,
गृहस्थी थाम्न लागेकी भर्खरैकी भए पनि ।

गाई भैंसी सह्यारेर घरको रेखदेखमा,
बेला बिताउने गर्थी गौंथली घरबारीमा ।

लामो कपाल बाटेर चुल्ठो पार्थी सपक्कको,
थियो फूल फुले जस्तो जवानी ढकमक्कको ।

हेर्दा बाहिर देखिन्थी सोमती तर भित्रकी,
लात्ती हान्ने कुनै गाई जस्ती लादग्थी गौंथली ।

बाङ्गाबाङ्गा कुरा झिक्तै थाल्दथी त्यो ततर्कन,
छक्कै पर्दाे थियो बानीे थाल्दथी फेरि झर्कन ।

लालावाला हुने छाँट थिएन नभए पनि,
हुने सम्भावना लाग्थ्यो भोलिपर्सि भए पनि ।

बढ्दैथ्यो उसमा चाख जवानी उसमा चढ्यो,
बेहुला बेहुली हेर्ने अथवा अमिलो पिरो ।

कटाच्छे पर्दथ्यो कैले कैले चाहिँ ती मिल्दथे,
कहिले कहिले मानौं भुरा झैं भई खेल्दथे ।

गुरुप्रसादले छाने त्यसैको गर्न वर्णन,
गद्यमा म त थाल्दैछु पद्यबद्ध गराउँन ।

होम सुवेदी पद्यानुवाद

पाठकहरुबाट मन पराएका अवस्थामा बाँकी कथाको अनुवाद पनि धाराबाहिक रुपमा दि‌दै जानेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *