Skip to content

देश बाँडेर खाउ


जहाँ भन्यो हुर्र त्यहाँ पुगिन्थ्यो
जस्ले भन्यो त्यै सँग नै घुमिन्थ्यो
जे गर्न हुन्थ्यो मनमा विचार
तत्काल त्यो काम पुरा गरिन्थ्यो ।

कस्तो मजाको वय सिद्धिएछ ।
माया थियो त्यो पनि रित्तिएछ
पर्यो यहाँ सुन्दरको अकाल
आयो कताबाट बुढेस काल ।।

न अ‌श लागेछ मलाइ देश
न केही पाइन्छ यहाँ विशेष
सुख्र्खा पर्यो भाव भयो अकाल
आएछ मैमाथि बुढेस काल ।

यो देश बाँड्नै अब भो हतार
नक्सा सबैलाइ तयार पार
आफ्नो कता पर्छ लिएर जाउ
सम्पत्ति भो देश चुँडेर खाउ ।।

बिलो बिलो लाइ चुँडेर बाँड
केही भएको बन झट्ट फाँड
कट्ठा धुरीमा ध्वज दण्ड गाड
उभ्र्यो भने बेच र खाउ जाँड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *