Skip to content

मझेरीका माध्यमबाट पनि नेपालको सम्विधान बनोस् भन्ने भावनाहरु कविता वा गजलका माध्यमबाट अभिव्यक्त भएका पाइएका छन् । अनि यसभित्रका पाठकहरु र यसका रचनाकार तथा ग्राहकहरु अवश्य पनि बौद्धिक हुनु पर्ने हो भन्ने मेरो विश्वास छ । सम्विधान बनेपछि हातमा पापा नै आउला भन्ने बालहट जस्तो कुरा यहाँका लेखकरुले पनि गरेको देखियो । सम्विधान बनेर नेपाललाइ चिरेपछिलाइ हाम्रो पनि राज्यमा पहुँच पुग्छ भन्ने आशा गरेको भाव गजल कविता र साना कथाहरु तथा केही गन्थनहरुमा समावेश गर्दै लेखेको र मझेरीमा पोस्ट गरेको पनि म केही महिनादेखि यदा कदा पढिरहेको छु । साथीमाइहरुले यो सबै भ्रम हो भन्ने कुरा बिर्सनु भएन । सम्विधान बने पनि हामी उही हौ‌ हाम्रो हातमा कसैले केही दिनेवाला छैन । लौ जनताहरु हो तिमीहरुलाइ हामीले अधिकार दियौ‌ भनेर कसैले कागतमा लेखिदि‌दैमा अधिकार आउँछ भन्नु जति मूर्खता अरु केही हीइन । लौ यता तिम्रो भाग परेको छ तिमीहरु सबै त्यतै बसेर गरी खाउ भनेर देशलाइ बाँडिचुँडि गर्नुलाइ नै माओवादीहरुले सघीयता हो भनेर जनतालाइ पढाएको छ । जनताको दिमागबाट यो फोहोरी कुरालाइ नधोइकन देशमा कहिल्यै पनि सुख र शान्ति हुने देखिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *