Skip to content

अर्काको मुलुकमा टाङ् मुनि पनि छिरिन्छ

साइँलोः (पसलेसँग)वियर छ साहूजी ?
साहूः छ । कति बोतल चाहियो ?
अर्को पात्रः (पसलेसँग)पानी छ साहूजी ?
साहूः छैन । पानी सानी कस्ले राखोस् ह्याँ !
साइँलोः पाँच बोतल बियर देउ त साहूजी । अनिचुरोट छ कि छैन ?
साहूः चुरोट ता सकिएछ !
साइँलोः यत्रो दोकान अरे चुरोट पनि नराख्नी क्या झुर । ह्यवाँ कतारमा भनी जहाँ पनि जहिले पनि पाइन्थ्यो ।
साहुः माथिल्लो दोकानमा छ जानु उतै खानु तैबाट लानू है ।
साइँलोः माथिको दोकानेको पनि उही चुरोट देउ भनेर सेवा बिन्ती गर्नी ता होला ।
साहूः अर्काको मुलुकमा भए ता मालिकले टाङ् मुनि छिर् भने पनि मान्थ्यौ होला यहाँ आफ्नो मुलुकमा भने‍…..
साइँलोः बढ्ता होइन है यार साहू । अर्काकोमा के के गरिन्छ गरिन्छ नि । उस्तै पर्दा टाङ् मुनि पनि छिरिन्छ ।
साहूः हँ………
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *