Skip to content

रुवाउने प्रेम क्षणिक हो


रुवाउने प्रेम क्षणिक हो र याद स्थायी हो
मलाई डुबाइने तिम्रै मायाको गहिराइ हो

ऊ फेरि मागिरहेछ दश हजार घरभाडाको
के गर्नु ? नाताले हामी आफ्नै दाजुभाइ हो

स्वास्नी, सम्पत्ति र यो दुनिया हैन हुँदै हैन
तपाईंका लागि सबैभन्दा ठुलो तपाईं हो

हैन आमाबाबु साहु, मामा कोही पनि केही हैन
हामीलाई गिराउने र उठाउने हाम्रै सोचाइ हो

भाउ नखाऊ उसले हेर्यो भनेर धेर मख्ख नहौ
दुनियाले हेरेको तिमीलाई हैन तिम्रो रुपलाई हो

जति नै जाति र नारीवादी नारा लगाए पनि
आखिर दबिने दमाइ हो कि त आइमाई हो

माहामारीकै बेलामा सबैलाई भगवान भन्नु पर्ने
चीन र अमेरिकाबीचको यो कस्तो लडाइँ हो ?

मन्त्रालय कोरोनाको पूर्वानुमान मात्र गरिरहन्छ
विज्ञान, हामीले खोजेको अनुमान हैन दबाइ हो

सरकार कारागारमा बरु फुलमालै लिएर आऊ
छुट्कारा हुदैछ आज हत्याराहरुको बिदाइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *