Skip to content


म कहिलेकाहीँ सोच्ने गर्दछु
यदि, यो पृथ्वीमा मान्छेभन्दा पनि धेरै
बस्तुहरू हुने भने यी मान्छेहरू
कहाँ जान्थे होला?

र यो आकाश धेरै नै तल खस्नु भने
सास फेर्न कति गाह्रो हुन्थ्यो होला?
अनि प्रकाश र सूर्यको रापमा
कति जल्थ्यो होला यो पृथ्वी
र पृथ्वीका प्राणीहरू
कति खरानी हुन्थे होला
नाङ्गा नदीनालाहरू झै गरेर
र कति सुख्खा हुन्थे होला सपनाहरू ।

नदीकिनारबाट
जति धेरै टाढा घर बनाउन सक्यो
त्यही नै हामी बाढीबाट सुरक्षित हुन्छौ
चन्द्रमुहारको दाग थाहा पाएर के गर्नु ?
विज्ञान यो संसारमा सबैभन्दा
धेरै अनुसन्धान
गरिएको चिज नै चन्द्रमा हो,
खप्परमा उसको खत देखिए पनि
आजसम्म पनि
यो पृथ्वीलाई उसले दिने उज्यालो खुस्बुहरुमा
कुनै गिरावट आएको छैन
उसको मुस्कान त्यही हो
जो उसको राजकुमार मुस्कुराउँछ
दाग भए पनि किन सबैजना
चन्द्रमा नै मन पराउछ?
अतित म्याद सकिएको
टर्‍ओ औषधी हो
जस्ले हाम्रो वर्तमानलाई बेस्वादिलो बनाउँछ ।

फूल फूल जस्तै छ
र त्यो फूल नै हो जुन जुन नै हो
र तारा र सूर्यको बीचमा
यदि स्पेस नहुदो होत
कोमल ताराहरुको अनुहारले
सूर्यको ज्वार खेप्न सक्दैन थियो

यदि, आकाश पृथ्वीमा खसेर
जिन्दगीभर उसको आङ्गमा समाहित
भैरहने हो भने
यी दुइबीच कुनै सम्बन्ध नै रहदैन
किनकि, यी दुई बिपरित ध्रुबहरुको
बीचमा क्षितिज छ
जस्ले जोडको छ यिनीहरुलाई
र बचाइराखेको छ युग युगसम्मलाई ।

कुनै कुनै कुरा नजान्था मिठा लाग्छन
र कुनै कुनै कुरा नभन्दा मिठा लाग्छन ।
जस्तो कि,
बतासले आफ्नो धर्म निभाएको छ
तर, उस्ले आफ्नो स्वरुपलाई देखाएको छैन।

चरित्र समुद्र हो, जो जान्दैन डुबेर मर्छ ।
यदि हामीले हाम्रो धर्म पूरा गरेका छौ त
हामीले कसैलाई आफ्नो ईतिहास
देखाउन आवश्यक छैन ।

जस्तो कि बोट सुवास छरिरहेका
फूलहरुले देउदैनन कसैलाई पनि
आफ्नो सुन्दरताहरुको सम्पति बिवरण
र भमरा पुतली र माहुरीले
जति नै आफ्नो ओठ छुवाएर
फूलहरुलाई चुम्बन गरे पनि
लगाउदैनन कसैलाई पनि खोट ।
र राखिरहन्छन उबाट कयौ मीटर
आफ्ना मनौबैज्ञानिक परिबेशहरुको स्पेश

यदि फूलहरू बाटुला गोला नभएर
लामा र ठाडा भएको भए
अनि काँडाहरू लामा नभएर
वर्ग आकारका भए के हुन्थ्यो होला ?
जरुर कठोर फूलले
कलिला काडाहरुलाई खोच्थे
अनि सबैले भाचेर काडा
सिरमा सिउरिन्थे
र काडाहरू बोटभरी फूलहरू झै गरेर न्युरिन्थे ।

जुन प्रकृतिक छ
ऊ समानुपातिक छ
र त्यो सधैं अढिक छ ।

लोभ गरेर जति नै धन कमाए पनि
मर्दा मान्छेलेकै पनि लादैन
आफ्नो उज्यालो अपुग भयो भनेर
जुनकिरिले जुनसँग
प्रकाश मागेको मैले सुनेको छैन ।

जति हामीलाई हावा चाहिन्छ
पानी चाहिन्छ
त्योभन्दा थोरै ठोस चाहिन्छ
यदि भुँडीभन्दा धेरै भात भयो भने
फूलेर पेट आफै फुटेर सकिन्छ ।

जति बढी स्पेस त्यही नै सुरक्षित देश
जहाँ, स्पेस नै हुदैन
त्यहाँ बलिया बार हुदैन
नदीकिनारहुँदै भत्किरहेको धार जस्तो
जहाँबाट पस्नलाई
पानी प्रवेश गर्नलाई कुनै भिसा चाहिदैन
आलीको बाटोहरुहुदै हिडिरहेका
बहादुर कमिलाहरुलाई
पानीको एकैथोप्पाले बगाइरहनेछ
बिलकुल जहाँ स्पेश हुदैन
त्यो, देश
धुर बिनाको खेतजस्तै हुन्छ ।

एक्लै छँदा पनि थिएन ।
र पनि बाँचेकै थिए ।
धेरै सपना देखे
सहर आए
प्रशस्त धन कमाए
जमिन जोडे
गाउँ छोडे
तर मैले जीवनमा यो प्रकृतिसङ्गको
स्पेसलाई तोडे ।

जब मैले धेरै धन कमाए
उनी मेरो सबैभन्दा धेरै नजिक भैन
उनी र म बीचमा सबथोक सेएर हुन्थियो
उनी पनि जीवनमा एक्लै थिन
अनि उन्ले अचानक मलाई यसरी
माया गरिन
जसरी कि सुन्दर प्रकृतिलाई देखेपछि
पर्यटकले प्रेम गर्छ ।
र म पनि एक्लै थिए
तर पछि आफै जोडिए यी सबैकुराहरू
र भरिए कोठाहरू ।

सोफा पलङ्ग, बेड, टेवल
टिभी, लोबेड, बेञ्च र ढोकाहरू
रङ्गिन पर्दा झयाल, र डबल सिसाहरू
सबै सबै राखिए
अनि राखिए घरभरी उङ्का रहरहरू
र भरिए दिल जस्तै उदाङ्गा कोठाहरू ।

त्यसबेलासम्म मेरो घर घर थिएन
म्युजियम भैसकेको थियो
हरेक एक एक गर्दै समानहरू मिसियो
र जिन्दगीभरि तिनीहरू नै
कोठामा बसेर
मेरो सट्टामा सधैं ध्यान
ब्यायम र योग गरिरहेको जस्तो लाग्थियो ।

उकुसमुकुस थियो कोठा
सधैं फोहोर नै रहन्थियो
सारा सर सामानाहरू
दिमाखमा छरिएका सपनाहरू जसरी
यसरी राखिएको थियो।
यस्तो लाग्थियो
जहाँ हावा पनि पास हुदैन थ्यो
र सास फेर्न पनि गर्हो हुन्थ्यो ।

बरु हुनुभन्दा पनि नहुनु बेस
जब, हुँदै हुदैन कोठामा स्पेस

असान्त भयो मन
र जिन्मिए अखङ्गख्य रिसराग र पूर्वाग्रहहरू
अनि भए अक्रान्त उनीसँग
बिस्तारै घट्यो प्यार
बढ्यो टकराब ।
र आयो
कहिले पनि दिवार नटागिएको
हाम्रो समबन्धहरुमा दरार
अनि लागे आफूआफूहरुमा अनेकौ
आरोप र अवियोगहरू

गर्हो भो अघाडी बढ्नलाई
र गर्हो भयो
अघाडी बढाउन सम्बन्धलाई ।

बिर्सिए घर
र निस्किए किनारमा
मानौ त्यहाँ एक अति शान्त जङ्गल
जहाँ हावै हावा थियो ।

सबथोक र बस्तुहरुको बोझ बिसाएर
अनि आएर एकान्तमा ध्यान गरेर
जब म बसिरहेको थिए । ।
तब सडकमा उनी आइन
र मलाई डिभोर्स पेपरमा साइन गर्न लगाइन ।
हस्ताछ्यरसङ्गै ती सारा सम्पत्तिहरू पनि मैले
उङ्कै नाममा पास गर्दिए
जुन मैले पैले,
भ्रष्टचार गरेर कमाएको थिए ।

सारा सबुतहरू थाहा पाएर
पुलिसले मलाई उठाएर लग्यो
र मेरी प्रेमिकाले मेरो घरलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *