मेरो तारगेट जहिल्लै पनि
सडकमा हुन्छ
सदनमा हैन
मेरो तारगेट जहिल्यै पनि
खात्ते र दरिद्रहरुको पेटमा हुन्छ
कि
दुष्ट र भ्रष्टहरुको प्याकेटमा हैन।
मेरो नजर जहिल्यै पनि
बालुवाको बगरमा हुन्छ
ताकि भरिएकी बेहोस नदीसागरमा हैन
मेरो नजर जहिल्यै पनि गरीबको घरमा हुन्छ!
मेरो तारकेट जहिल्यै पनि झुपडी
र छाप्रोहरुको देशमा हुन्छ
मेरो तारकेट
जहिल्यै पनि किसान मजदुरको खेतमा हुन्छ
मेरो तारकेट ताकी कुनै,
भतुवा भाते कुकुरको पिलेट
र भोकमारिमा
भात हैन कि
हातमा भुस बोकेर आउने
सरकारी सुङ्घुर
र
भ्रष्टाचारी मुसाहरुको बजेटमा हैन ।
मेरो तारगेट जहिल्यै पनि
मेरो शक्तिशाली मिशन जहिल्यै पनि
भगवानको भक्ति भजनमा हैन
भगवानसङ्गकै डाइरेक्ट भेटमा हुन्छ
याद रहोस, मेरो तारगेट
जहिल्यै पनि झुपडीहरुमा हुन्छ
यसको मतलब यो हैन कि,
मलाई महलको सुख सयल चाहिदैन
बरु यसको मतलब यो कि,
मलाई फुटपाटमा दरिद्रहरुको दुख औधी मन पर्छ।
यसकारण,
मेरो तारगेट जहिल्यै पनि सडकमा हुन्छ
सदनमा हैन ।
