हरेक दिन
म सामाजिक सन्झालमा आइरहन्छु
र केही कविता सुनाइरहन्छु
हरेक दिन
म अनलाइनमा आइरहन्छु
र केही कथा कहानीहरू पोस्टाइरहन्छु ।
पहिला कति मजाले फेसबुकमा
मेरो मुख
मेरो अनुहारमा लाइक गरिरहन्थ्यौ तिमी
मेरो विचारमा आफ्नो विचार राखिरहन्थ्यौ।
पहिले आफू फिलोसोफर हु भन्थ्यौ
तर, अहिले आफ्नो भिजन नै बिर्सिसकेछौ
जीवनजगत प्रकृतिको विधान नै भुलिसकेछौ।
आफू बिद्वान ध्यानी र योगी हुँ भन्थ्यौ
तर,
अहिले आत्मज्ञानहरू नै हराइसकेछन
आफूलाई महान ज्योतिस भन्थ्यौ
तर
अहिले आँखाका ज्योतिहरू हराइसकेछन
मोवाइल चलाउदा चलाउदा
नजरिया हराइसकेछ
दृष्टिबिहीन झै
आँखाको नजरमा चस्मा चाहिने भएछ
आफूलाई न्यायधिस भन्थ्यौ
तर
न्याय हराइसकेछ
सुहागरातका रङ्गिन रागहरुमा अघाएका
तुप्त नदिसागरहरुमाथि उठेका सुनामी झै
पत्थर जस्तै तिम्रा ती हातहरुमा
भयङ्कर भयङ्कर डाबरहरू उठेछन
सबैभन्दा महङ्गो मोवाइल कुन हो त्यो चिनेछौ
तर मान्छेको दिल के हो त्यो बिर्सिएछौ
तिमी यहाँ बढो उत्तर आधुनिक पो भएछौ
पैला पैला कति धेरै तिमी पनि त
फेसबुक अनलाइनमा आइरहन्थ्यौ
र आफ्नो आदर्श दर्शन पोस्ट्याइरहन्थौ
तर
किन तिमी कहिले पनि पागल भएनौ
तिमी पनि त पैले प्यासी झै गरेर
कति धेरै आफ्नो आदर्श लादिरहन्थ्यौ
बहुभाषी विचार खादिरहन्थ्यौ !
म आज कसैको रोदन लिएर आउदा
तर,
म त्यो तिम्रो फेण्डलिस्टमा भार भएको छु
गद्दार काजिहरुको लागि म पाजी भएको छु ।
कसैको आँखामा आँसु देखेर
कविता लेखेर
हेर आज पनि म अनलाइनमा
आएको छु
तिमी पनि त पैला
कति धेरै मानवता र भावनाका कुराहरू गर्थियौ ।
तर
आज त ती
सब भावनाहरु !
ती आदर्शहरू !
त्यो तिम्रो त्यो न्युरो ट्रान्समीटरमै हराएछन
तिमी त आज
मानवता बिरोधी हिटलर भएछौ।
भगवानलाई विश्वास गर्ने
ती तिम्रा मनहरुले
हिजो आज
ढुङ्गा चट्टानलाई पुज्न थालेछन
कठोर विधान मान्ने तिमी त यहाँ,
पाकिस्तान र साउदी अरेबियाको
मुसलमान जस्तै रहेछौ।
पैला ती सियो सिलाउने औलाहरू
बीउ काट्दा ठेला उठ्ने ती मैला हातहरू
र धान रोप्ने
तिम्रा क्याच्याक कुचुक्क परेका तिनै हत्केलाहरुले
कसैका परिसान र दुखहरू बुझ्थे
मजदुर किसानका आँखाका आसुहरू पुछ्थे
तर,हिजो आज त खोजी खोजी
शहीद कपुर
र सन्नी लियोनका सेक्स प्याकहरुमा
लाइक ठोक्न थालेछौ।
हिजो सडकमा अनाथ हुदा
बुद्धवाणी बोकेर हिड्यौ
तर,
आज त काधमा बन्दुक र बारुद्द बोक्न थालेछौ ।
फेरि भेट होला नहोला साथी
यादहरू रहला
या नरहला
फेरि पनि म आज अनलाइनमा आएको छु
तर, तिम्रो विचार बुझन आएको हैन म
तिम्रो प्रतिकृया लिन आएको हैन म
तिम्रो तिति कमेण्ट चाख्न आएको हैन म
तिमीले लाइक गर्छौ भनेर तिमीलाई सम्झिन आएको हैन म
तिमीले भगवान भन्छौ !
भनेर; तिम्रो भक्ति भजन देखेर
तिमीलाई देव दर्शन दिन आएको हैन म।
जबसम्म म यो जगत आँश्रुधार र रगतमा डुबेको देखिरहन्छु
तबसम्म म यो दुनियाको दिगो उद्दारको लागि लेखिरहन्छु
जबसम्म सामन्ती जमिन्दारहरुले
उमाथि उत्पात अत्याचार गरिरहन्छन
तबसम्म उसको अधिकारको लागि
मेरा यी हातहरुले कविता लेखिरहन्छन
म महान कवि र कथाकार हु;
भनेर
तिम्रो कानमा बताउन आएको हैन म
नसर्माऊ
म पवित्र प्यार गर्छु
भनेर
फुटकर चुट्के
र
सायरी सुनाएर कसैलाई
पट्याउन आएको हैन म।
नडर आऊ
भ्रष्टचार गर्दैछौ
भन्ने थहा पाएर
सबुत तस्वीर सहित तिम्रो दरबारबाट
गिरफ्तार गरेर तिमीलाई उठाउन आएको हैन म ।
तिम्रो सत्तामा ! तिमी शित
तिम्रो अतित
तिम्रो बिगत ! के हो त्यो
बताउन आएको हैन म
नत !
आफ्नो व्यक्तिगत कुण्ठा नै सुनाउन आएको हु म
गाँस बाँस कपास खोसिएर
बनिबास भएर
तिम्रो घरमा शरण पर्न आएको हैन म !
घरबार बिग्रिएर
भुइचालामा परिवार पुरिएर
तिमीलाई हार गुहार गर्न आएको हैन म ।
गीत गाएर, सुरतालमा धुन सकिएर
तिम्रो सुमधुर स्वर सङ्गगित भर्न आएको हैन म
प्रेमिकाको धोका खाएर बौलाएर मर्न आएको हैन म
अनिकालमा खान नपाएर, हण्डर खाएर
भविष्य गुमाएर
नेपालमा आफ्नो अधिकार माग्न आएको हैन म
यो विशाल संसारको कोलाहलमा कहीं पनि
आफ्नो अनुहार नबिकेर
तिमीसँग विवाहको प्रस्ताव राख्न आएको हैन म
आवाज हराएर,लाटो भएर
सामाजिक सन्झालमा
चर्को चित्कार चिच्याउन आएको हैन म ।
रोगी भएर, एक्सिडेण्ट भएर,ट्रीटमेन्ट नपाएर
तिम्रो अस्पतालमा
अपरेशन उपचार गराउन आएको हैन म।
इन्सुरेन्समा जागिर खाएर
तिम्रो जीवनबिमा भराउन आएको हैन म ।
गाउमा बेरोजगार गरीब भएर
सहर आएर चक्कर लाएर
तिम्रो इन्टरनेसनल कम्पनी सभाहलको क्यु
र लामो लाइनमा बसेर
तिम्रो जब इन्टरभ्यु लिन आएको हैन म।
प्यारमा ठक्कर र ब्यहपारमा हार खाएर
र असफल साहित्य सुनाएर
तिमीलाई दुख दिन आएको हैन म ।
तिमीले बिर्सदै गएको
तिम्रो सस्कार सिकाउन आएको हैन म
तिमीले नबुझ्ने मान्छेको भाषा बुझाउन आएको हैन म ।
तिमीले मलाई पत्रकार भन्छौ
भनेर
यो दुनियामा देखेका
आफूले लेखेका सत्य समचारहरू
यो सिङ्गो संसारलाई सुनाउन आएको हैन म।
नत तिमीलाई नै सुनाउन आएको हु म।
तिमीले गरेको जर्जर ब्यहवारमाथि
प्रहार गर्न आएको हैन म
तिम्रो बिग्रिएको मनस्थिति
सुधार्न आएको हैन म
आफ्नो अधिकार गुमाएर यहाँ आएकै हैन म
तिमी कुन संसारमा छौ साथी
त्यो हेर विचार गर्न आएको थिए म
तर,तिमी त आफ्नो अनुहार लुकाएर
दिउसै अन्धकारमा बसेका रहेछौ ।
तिमीसँग शब्द प्रतियोगीता गर्न आएको हैन म
केवल तिम्रो मानषिकता बुझ्न आएको हु म
तर, तिमी त यहाँ सद्दे पागल भैसकेछौ !
मेरो कविताको अर्थ भाव झल्काउन आएको हैन म
तिम्रा र मेरा ती यादगारहरू सम्झाउन आएको हु म
तिम्रो अस्तित्व दर्साउन आएकै हैन म
आफ्नो कवित्व देखाउन आएकै हैन म
तिम्रो अस्मिता तिमीलाई नै फर्काउन आएको हैन म
तिम्रो अतित ! र आफ्नो ईतिहास सुनाउन आएको हैन म
अपराधीहरुलाई प्रोत्साहन गर्यौ
भनेर तिमीलाई इनाम दिएर
तिम्रो उपहास गर्न आएको हैन म
उपहारहरू लिएर तिम्रो खुराक पस्किएर,
तिम्रो मजाक गर्न आएको हैन म
तिम्रो नाममा मैले यथार्थवादी केही कविता र गीत लेखेको थिए
बजारमा तिम्रै बारे खास खबर
र सत्य समाचारहरू सुनेको थिए
हो तिमीलाई अहिले त्यही सुनाउन आएको थिए म साथी !
तर तिमी त त्योभन्दा पनि पैले नै बहिरो भैसकेछौ।
यार तर तिमी त यहाँ बहिरो भैसकेछौ !
