भारतकी एउटी नागरिक
जो, बेलायतको सुप्रसिद्ध सुपरस्टारको
पदमा सुशोभित थिइन्
कालाकारको पहिचानले परिचित थिन
तर, जब कोरोनाको महामारी मच्चियो
र फैलियो
बनको आगो झै गरेर यो
संसारभर
अनि मान्छेहरू दिनहुँ एकचिहान भएको
खबर आइरह्यो
अनि आकाल मान्छेहरू
मृत्यु भएको समचारहरुले
र बारम्बार भावुक बनाइरह्यो ।
तब उन्ले आफ्नो सारा बर्चस्वहरू बर्खास्त गरेर
बिगतमा आफैले फ्याकेका
हातहतियार र औजारहरू समाइन,
अनि वालमा झुन्डाइएको पुरानो अप्रोन लगाइन
र निस्किन अस्पतालमा
आफ्नो वर्तमानका सर्वस्व नामनिसानहरू छाडेर
कोराना विरुद्ध लढेर
अनि विश्वयुद्धको मैदानमा खुद्द आफै निस्किन
उनी एउटा नामुद डनलाई मारेर
कमजोर र निर्धो सज्जनहरुको ज्यान जोगाउनलाई ।
उनी निस्किन अस्पतालमा
भगवान भएर खुद आफै डाक्टरको स्वरुपमा
एउटी नारी ! नायक भएर
महामारीमा ! एउटा हतियारधारि
अनि भयानक बिनासकारीको
बिनास गर्नलाई
उनी निस्किन एउटा अघोशित युद्धमा
एउटा अघोषित युद्ध !
जहाँ,
मान्छे मर्ने बाँच्ने कुनै सुनिश्चित छैन
एउटा अघोषित युद्ध
जहाँ जित र हारको कुनै ठेगान हुदैन।
तर, पनि उनी निस्किन एउटा डाक्टरको आवतारमा ।
किनकि वर्तमानमा उनको मनले मानेन
त्यो नरसम्हारको दर्दनाक दृश्य सहनलाई
आजसम्म आइपुग्दा
अनि वर्षौं बर्स भएको थियो
मेडिकल औजार र हातहतियारहरू
बिसाएर
उनी एउटा कलाकारको पेशामा आबद्ध भएको ।
एउटा बहादुर नागरिक !
जो निस्कियो शैनिक भएर मैदानमा
एउटी नारी !
जो निस्किन दुर्गामाताको अबतारमा
चिहानघारीहरुमा
कठोर महिसासूर झै लाग्ने
राछ्यस कोरोना भाइरसको बिनास गर्नलाई
निधारमा चिताको कालो अङ्गगार लगाएर
जीवनमृत्यु पत्रहरुमा हस्ताछ्यरहरू गर्दै
सेतो कपडामा
जहाँ उनी निस्किन
घोर बिद्रोही भएर अन्धकारमा।
रातको अङ्कन्टार प्रहरमा
लिपुलेकको बोर्डर र जङ्गे पिल्लर बचाउन
आफ्नो मातृत्व अनि आफू जन्मिएको जमिन जोगाउन
कहीं पनिकै हतियार नपाएर
दापमा धार नभएको खुकुरी
अनि हातमा बेल्चा लिएर
देशद्रोही दुश्मन मार्न पल्टन हिडिरहेको
कुनै बहादुर वीर गोर्खे लहुरे झै गरेर
या, मानौ कि
कुनै बिदेशी गुप्तचरलाई सखाप पार्न
गर्धनमा गोली नभएको गन र बन्दुक बोकेर
अबिरल पैदल हिडिरहेको कुनै क्रान्तिकारी कमान्डर झै गरी
उनी निस्किन
बिस्तारबादको विरुद्धमा।
सरकार कति बर्ष भएको थियो
उन्ले हात हतियारहरू बिसाएर
कानूनलाई आत्मसमर्पण गरेको
तर, उन्ले आज फेरि क्रान्तीको नाममा हतियार समाइन
र लागाइन आममान्छेहरुको घाउमा मलम
सलाम तिमीलाई
जो एउटा न्यायाधीस भएर निस्किन
अनि दिलाइन असङ्गख्य पीडितहरुलाई
जीवनमा उनीहरुले बाँच्न पाउने अधिकार
बिगत कति बर्ष भएको थियो
उन्ले हतियार बिसाएको
सरकार कति वर्षको बूढो हो
थुरथुर कापिरहेको त्यो थर्मोमीटर
अनि कति बर्ष पुरानो भो भित्ताहरुमा झुन्डिरहेको
र धमिराहरुले कुरकुर खाइरहेको
अनि आफ्नो घर बनाइरहेको
त्यो अति पुरानो ऐतिहासिक एप्रोन
धार नभएको भुत्ते हतियारमा
नयाँ धार कस्ले लगाइदिन्छ ?
कि खाली एउटै मात्र पुकार हो यो
सरकार कि
ती डाक्टरहरुलाई
यो संसारकै सबैभन्दा सक्तिसाली हातहतियार
अनि आत्यधुनिक औजार दिइयोस ।
सलाम यो वारमा
जस्ले
आज एउटा
मुक्तियोद्दा चि ग्वेरा
या, फ्लोरेन्स नाइटिङ्गगेल झै गरेर
मानवताको नाउमा हतियार समाइन
र लगाउन दुखीहरुको घाउमा मलम ।
बाचाकसमहरू खाएर
आजसम्म कयौ बर्स भएको थियो
मैले पनि कुनै समय विचारहरू बिसाएको थिए
अफसोच,
तर ती सबै कसमहरू अहिले भत्काए
किनकि, फेरि पनि मैले क्वारेन्टाइनमा कलमहरू समाए
र कागजमा कोरिदिए
मानवताको नाउमा एउटा क्रान्तिकारी कविता ।
जुन कविता म भोलि बिहान प्रकाश पार्नेछु
र एकसाथ
आम मान्छेहरुको माझमा
प्रसारित गर्नुछु ।
मैले लेखेका कविताहरू त्यसदिन म
मान्छेहरुको माझमा पस्किनेछु
जुनदिन म घरबाहिर निस्किनेछु
र जुन दिन एकसाथ
हामीले देखेका सबै सपनाहरू साकार हुनेछन ।
कोरोना काण्डमा निस्किएका
ए कमाण्डोहरू
एकाइसौ सताब्दी
अनि यो युगको रामायणमा
लढिरहेका ए रामलछ्यमणहरु !
हो त्यसै दिन हामीहरुले प्रकाशित गर्नेछौ
हामीले लेखेका ती क्रान्तिकारी कविताहरुलाई
र प्रमाठित हुनेछन हाम्रा धर्मदर्शनका नवीन विचारहरू
अनि विज्ञानका नयाँ आबिस्कारहरुसँगै
सबै सत्य साबित हुनेछन ।
हो, त्यसै दिन
हामी छाप्नेछौ हाम्रो कविता
र निक्कैमाथि उकास्नेछौ, धरापमा परेको
यो सिङ्गो मानव अस्मितालाई
र बचाउनेछौ मरेको यो अतितलाई
पुर्नजीवित गराउनेछौ
र फर्काउनेछौ, अनिश्चितकालको लागि
लङ्गकाको लालकिल्लाहरुमा अपहरित सितालाई
जुनदिन मेटिनेछन दुस्ट रावणका सब
टालुकदार दश टाउकोहरु।
र जहाँ सकिनेछ यो कहानी
अनि यो कथा अर्कैलाई जिम्मा लगाएर
हामी आफ्नै संसारमा गुमनाम हुनेछौ ।
राम ! हो त्यसै दिन मेरो कविता
आममान्छेहरुको माझमा प्रकाशित हुनेछ
जुनदिन भेटिने छ कोरोना भाइरसको दबाइ ।
द टृटमेन्ट एन्ड मिडिसिन अफ
कोभीड नाइन्टिन
र उनी पनि बिस्तारै बिगतमै फर्किनेछिन
जस्ले कालाकार हुनु अगावै
बिगतमा डाक्टरी विद्या पढेकी थिन ।
हो, त्यसै दिन हामी आफूलाई सफल सम्झिनेछौ
र एकसाथ आ-आफ्नो अतितमा फर्किनेछौ ।
जुन दिन मेटिनेछ
कोरोना भाइरस
अनि अल्बिदा बिनास हुनेछ
र लेखिनेछ नयाँ ईतिहास ।
