Skip to content

मात्र एकपटक खोसिएको छैन


मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाँच्ने अवसर खोसिएको छ

उत्ता अदालतले निवेदन दिन पनि दस्तुर माग्यो
श्रीमान म मजदुर हुँ र मेरो ज्यालादर खोसिएको छ

मिल मालिककै कारण केसम्म खोसेको छैन आज
परिवार खोसिएको छ मेरो सुन्दर घर खोसिएको छ

साथी मलाई तिम्रो घाँटी र तातो शरीर चाहिएको छैन
जाडोमा तिमीबाटै मेरो मख्लर र स्विटर खोसिएको छ

आज पनि एक गिलास पानीमै उसले मुद्दा टार्यो
त्यो यस्तो पीडित हो जस्को महासागर खोसिएको छ

बलत्कारी र हत्याराहरू खुलेयाम हिंडिरहे देश्मा आज
हजारौं नवराज र निर्मलाहरुको रहर खोसिएको छ

एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाँच्ने अवसर खोसिएको छ

सुजन बुढाथोकी
रतुवामाइ-८, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *