Skip to content

कोरोना भाइरस सन्त्रास


अनिकालमा कोही पनि
भोकबाट ग्रसित भएर
जीवनमा कुपोषित बन्नु नपरोस
अस्पतालमा कोही पनि
रोगबाट कुण्ठित भएर
मनमा बिचलित बन्नु नपरोस

सरकार! यो संसारमा,
जुनसुकै रोगको पनि उपचार होस
डाक्टर!कोही पनि इलाजबाट
बञ्चित बन्नु नपरोस।

इन्सपेक्टर
वकिल
अनि !न्यायधिस
जिन्दगीभर आजाद बनोस
हर कोही निर्दोष ।

बैज्ञानिक।
सोचिरहेछु म अहिले
बस ! एकनास !अनि यो आस गरिरहेछु कि
र अब चाडै नै यो सुन्दर शान्त दुनिया

अपराधी आतङ्गककारी……

कोरोना भाइरस सन्त्रास उन्मुक्त होस ।

सुजन बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *