मैले कविता लेखेको
आज दुई चार वर्ष भयो
मानौ,
होलान सायद, त्यसमा
हजारभन्दा ज्यादा असरदार कविताहरू
कलम विचारहरुको सर्वोत्तम हतियार हो
त्यस्तै
सञ्चार माध्यम, सूचना समचार
र सन्देशहरुका लागि
यो संसारकै सबैभन्दा ठुलो
माध्यमिक हतियार हो
र, विश्वबजारसम्म
पुग्नलाई यी राजमार्गहरू भएर
दिनरात दुगुर्ने ती सवारीसाधनहरू
भण्डार आपूर्तिहरुको ठुलो हतियार हो
आजसम्म आइपुग्दा
मैले कविता कोरेको चार वर्ष भो
अनि किसानले अनाज रोपेको
पुरै आजीवन भो सायद
मैले मेरो ब्यङ्गमयहरुमा
निश्चय पनि
अवश्य
जन रोदनहरुको सम्बोधन गरेर लेखे
तर, मेरो लेखनको कहिले पनि मूल्याङ्गकन भएन ।
मैले अखङ्गख्य जीवन दर्शनहरू दिन खेजे
तर, अससोच
आफ्नो मन दिएर कसैले पनि मलाई सुन्दिएन ।
सोचिरहेछु
आखिर
अब म कस्का लागि लेखुँ ?
ए सचेत दुनिया
भुल्यौ सायद आज एउट ध्रुब सत्य
संसारमा सत्यको समर्थन
जो सबैका लागि हितकर छ
अनि घन्किरहेको जन आवाजको खण्डन
र त्यस्ले बोलिरहेको कुनै व्यक्तामा पार्ने असर
र जुनसुकै अभाव र उत्पादनमा पनि
मान्छेले दिने मोटिशनको भूमिकाहरू
अहम रहन्छन भनेर
हो, मैले सत्य बोले
तर मलाई कसैले पनि समर्थन गरेनन ।
यो रोगको विषम महामारीहरू पनि
पर्याप्त हातहतियार बिना नै
अनि कोरोना भाइरसको भ्याक्सिन
र दबाइको अभावमा पनि
यो सिङ्गो संसारको
उपचार गरिरहेको कुनै चिकित्सक
जो आफूले
यस्तै केही
पर्याप्त प्रोत्साहन नपाएपछि ।
यो देशको स्वास्थ्य मन्त्रालयहरुलाई
हो
इमान्दार भएर
अनि
उसले आफ्नो एप्रोन
र थर्मोमीटरहरू जिम्मा लगाउने आधार तय गएको हो ।
हेल्लो सरकार
यो जगतको भोकमारी मेट्ने
कृषक
जो,
बजार नपाएर अहिले
बारम्बार
अनि अब कहिले पनि अन्न उत्पादन नगर्ने
विचार गरिरहेछन् ।
व्यवस्थापन समर्थन र मोटिभेसन नभएर
हो, एकसाथ उनीहरू
आ-आफ्नो पेशाहरुमा
अबकास खोजिरहेछन् ।
कृषकहरू कहिल्यै पनि
खेती नगर्ने विचार गरिरहेछन् ।
जसरी कि म अब कहिले पनि
कविता नकोर्ने सुरसार गरिरहेछु ।
मनोरञ्जनको उपभोगहरू मेट्ने
ए लेखकहरू
र अब म मेरो लेखनलाई
सधाका लागि छाडेर जादैछु।
आफ्नो बजार नपाएर
मेरा बहत्तर वर्षे बाउ
आफ्नो भडारमा आएर
अनि कुहिरहेको सारा अनाजमा
आसुहरू खसाएर रोइरहेछन्
र एकसाथ भनिरहेछन् कि
“म अब यो देशमा भ्रष्टचार गर्छु
रुनकै लागि
र दुखी हुनकै लागि
र अब म कहिले पनि
यो खेतीकिसानी गर्दिन कान्छा ।”
हेल्लो सरकार
रोएको हैन
यो, आवाज
अनि एकसाथ हाम्रो घाँटीहरुबाट
यसैले पनि आज निस्किएको हुन सक्दछ सायद
किनकि, यो संसारमा कोही पनि मान्छे
घाटाको व्यापार गर्न चाहँदैन।
