Skip to content

सिमानामा अब एउटा


सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामीलाई महाकाली चाहिएको छ

मैले जति नै आलि लगाए पनि ऊ भत्काइरहन्छ,
सायद उसलाई सोझो हैन छिमेकी जाली चाहिएको छ

जमिन्दार हजुरसँग उसले केही पनि मागेको छैन
मज्दुर हो उसलाई काम गर्न कोदाली चाहिएको छ

यसैले पनि चाहिएको हो मेरो यो मुखलाई दारी जुङ्गा
जसरी उन्लाई राम्री बन्न ओठमा लाली चाहिएको छ

जाऊ सलह साहु तिमी सित्तैमा हाम्रो खुन नखाऊ,
किसान हौ हामीलाई हाम्रो अन्नबाली चाहिएको छ

सुख छ हे ईश्वर दया गरेर बरु दुख दे, यात्रा हो जीवन
यात्रालाई ओकालि चाहिएको छ ओरालि चाहिएको छ

जो उभिरन्छ एउटा पनि काम गर्दैन उही भगवान हरे,
र फेरि उसैलाई भक्तिभजन भाषणमा ताली चाहिएको छ

तिमीलाई छोरी जस्तै माया गर्ने सासू चाहिएको होला
मलाई छोरा जस्तै माया गर्ने ससुराली चाहिएको छ

परिवार गद्दार भएर नै हो आज यो घर बिग्रिएको
यो देशलाई अब एक सच्चा नेपाली चाहिएको छ

सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामीलाई महाकाली चाहिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *