Skip to content

एउटा अनौठो कैदीडाँका र लुटेराविरुद्ध युद्ध


असङ्ख्य हत्या-हिंसा लुटपाट
अनि जघन्य अपराधको अवियोगमा
एउटा गुन्डालाई जेलचलान गरियो
र थुनियो जन्मकैद कारागारमा !

परिणामस्वरुप
सोझसाझा निमुखा गाउँलेहरू
र सारा शहरियाहरू शान्त भए
केही समय…
अनि अखबारमा उसका नरसंहारका
समचारहरू पनि आउन छाडे
दर्दनाक दृश्यहरू देखिन छाडे
केही समय…
रउसका कुरुप अनुहारका
तस्बिरहरू पनि छापिन छाडेका थिए।

देश टुक्रा टुक्रा बनाएर
बिभाजन गर्ने देशद्रोही
पनि त्यही हो
आफू जन्मिएको जमीन
चिर्ने ज्वालामुखी पनि त्यो हो
र दिनदहाडै मान्छे मार्ने अपराधी
पनि त्यही हो ।

यो डाँडाकाडा र पहाडपर्वत शिर टाठो बनाएर
उभिरहेको थियो
तर, बिखण्डन गरेर त्यस्ले
माटोको ढिस्को भत्काइदियो ।
र पुरिदियो ती जम्मै तराईहरुलाई

त्यो आउनुभन्दा अगावै
जहाँ, तराई मुस्काइरहेको थियो
र गाउमा हरियो बाला
लह लह झुलाइरहेको थियो ।
किसान मज्दुर,
निमुखा सर्वहारा
सबैसबै रमाइरहेका थिए ।

तर,
अकस्मात
एघार महिनापश्चात्
कारागारबाट छुटकारा पाएर
त्यो हत्यारा आयो
र उठायो
जमिन्दार जस्तै गरेर
किसानको सिङ्गो खेतबालीहरुलाई
ब्यापारीहरुको दोकानमा आएर
अनि उठायो दादा भत्ता
र नाङ्गो झार बनाएर खेदायो
अनि आफ्नो हैकम जमाएर
पठायो उनीहरुलाई
त्यो नौडाँडा पारिको पल्लो गाउमा
डर धम्की देखाएर झुपडीहरुबाट
गोठबाट बाख्रापाठाहरुलाई
घाँटीमा लगाम लगाएर घिस्याए झै
सारा सुकुम्बासीहरुलाई खेदाएर
विचारा अर्कै बस्तीमा पठायो ।

भारतीय बिस्तारबादसँगै
हराइरहेका नेपालीहरू झै
गुमनाम भएर उनीहरू आफै बिलाए ।
आफ्नो अधिकार र राष्ट्रियता खोसिएपछि
आफ्नै घर बिर्सिएर
जङ्गलमा आगो लागि भएर
आकाश हराइरहेका चराहरू झै
आफ्नै आवास लुटिएपछि
एकसाथ उनीहरू प्रवास पलायन भएर हराए।

डोजर लगाएर भत्काइरहेको
कुनै देशको नक्सा र भूगोल झै
एक्लै एउटा सिङ्गो गाउलाई नङ्गग्याएर
अनि भयङ्गकर प्रशान्त महासागर जस्तै
देखिने गरेर आफ्नो साम्राज्य बनाएर
सारा गाउलेहरुलाई खेदाउने
कति तागतवर
र खुङ्गखार खलनायक हो त्यो?

कस्तो आश्चर्य !
डुबिरहेछ देश
हरेक बर्स
गङ्गामा, निर्दोष यात्री हार गुहार गरिरहेछ
तर, अफसोच माझी
खुट्टामा पसारेर सुतिरहेछ ढुङ्गामा

त्यो तिहारमा पुजिने गाइलाई मारेर खाइरहेछ
हिमालका लालुपाते र गुराँस टिपेर
उनीहरुको रङ्ग लुटिरहेछ
पहाडलाई भत्काएर
हामीहरुलाई माटोले पुरिरहेछ
र तानिरहेछ चुम्बकीय भुत भएर
सपनाको बाटो र शहरमा सवार
धातुदार फलामे यात्रुहरुलाई
पौडिन नजान्ने
पृथ्वीका निर्दोष प्राणिहरुलाई
पानीमा पछारेर पुर्याइरहेछ
र लास बनाएर समुद्रहरुमा

आखिर को हो त्यो
जस्लाई थुन्ने अहिलेसम्म जेलै बनेको छैन
आखिर को हो त्यो
जस्लाई कहिले पनि कानून लाग्दैन !

आखिर को हो त्यो?
जो कलिला नानीहरुको कपडा उतारेर
बलत्कारपश्चात् घाँटी निमोठेर
आज सधाको लागि फरार छ ।
आखिर को थियो त्यो
जो क्रान्ती र शान्तिको नाम पुकारेर
परेवाहरुलाई पासोमा पारेर
अनि गर्धनमा गनमा बोकेर
हजारौ हजार बुद्धलाई गोली ठोकेर मार्छ ।

आखिर को हो त्यो अपराधी
जो वर्षौं बर्सदेखि लगातार
यसरी नै हाम्रो जमिनमा राज गरिरहेछ
र वर्षौन्देखी मार पारेर हामीहरुमाथि
अन्याय र अत्याचार गरिरहेछ ।
तर, किन कदापि आवाज निस्किदैन
हाम्रो शासकको
साशक !
जो, हाम्रो निमित्त नायक भएर उभिएन।
साशक !
जो, हाम्रो निमित्त रछ्यक भएर उभिएन ।
साशक !
जो, किन कदापि
उसका लागि बाधक भएर उभिएन?

हे ईश्वर
यो संसारमा दुखिहरुको दिगो उद्दार कहिले हुन्छ?
र कहिले गर्नुहुन्छ
हे ! पर्मेश्वर
यी अराजकीय नीतिकुरीतिहरू परिवर्तन
गरेर यो प्रकृतिमाथि सुशासन?
अनि आखिर कहिले आउँछ
यो विश्व ब्रह्माण्डमा अमन चयन ?

उसको बिरोध गर्दा गाउमा कति मारिए
हाम्रा दाजुभाइहरु?
अन्तर जातीय विवाहको समर्थन गरेर
रुकुम जादा
ठुङ्गा, मुठा, र लाढीले चुटेर
पहाडबाट टाउकोमा चट्टान गिराएर
बेहोस बनाएर भेरीमा खसाएर
र कति बगाइए निर्दोष दलितहरु?

सरकार आखिर किन भएनन
सत्तामा पहुच भएका ती हत्याराहरू
सजायको भागिदार
र किन पाएनन ती पीडितले न्याय?

रावण थियो त्यो,
किन त्यसलाई हाम्रो देशमा आउन
निषेध गरिएन
प्रेबेश द्वारको ढोका लकडाउन गरेर
किनारमा लछ्यमण रेखा कोरेर
काढे तारले बाधेर अग्लो बार बारेर
किन थुनिएन उसलाई कारागारमा?

इन्सपेक्टर !मस्ट वान्टेडको सुचिमा राखेर
जीवनभर जेलमा जाकेर
हातखुट्टाहरू भाचेर
उसलाई किन सजाय दिन सकिएन?
के यो देशको कानून
दलित र पीडितको पछ्यमा थिएन ?

त्यो एक सोषकसामन्ती स्याल होभन्दा
प्रसासन किन कहिले पनि पत्याउदैन?
आखिर आफ्नै आँखाकै अघाडी
मेनपावरको दलाल झै
गरीब युवाहरुलाई डुबाएर
परदेश पठाउदा पनि
र सारा मान्छेहरुलाई रुवाएर
उनीहरुको आसु प्युदा पनि ।

आखिर किन भएकै छैन गिरफ्तार
त्यो जस्ता हजारौ हजार
अरु गुनेगारहरुलाई
समाएर किन जिन्दगीभर
जेलमा जाक्न सक्दैन कानून
जरुर जो, यो देशका सबैभन्दा
ठुला अपराधीहरू हुन।

सधा लागि,
त्यो हाम्रो देशबाट निलम्बित कहिले हुन्छ
र हाम्रो गरीब गाउमा
प्रतिबन्धित कहिले हुन्छ?

सायद, कानून नै कमजोर भएर होला
सायद, कानूनको ठेकेदार नै बिकाउ भएर होला
सायद, उस्लाई थुन्ने कठ्घरा नै कठोर नभएर होला !
पोहोर साल पनि त
त्यस्लाई समाएर खोरमा थुनेकै हो
र जञ्जिर तोडेर त्यो बाहिर भागेकै हो
आखिर यो साल पनि
सारा सोर्स फोर्शहरू लगाएर
पानी झै पैसाको भेल बगाएर
कठ्घराका रडहरू भत्काएर
कसैलाई पनि थाहै नदी
आखिर त्यो फेरि पनि गाउ फर्किएर आयो
र खेदायो गाउलेहरुलाई ।

आगमनहरुलाई पासोमा पार्न नसकिने
असीम शासकीय शक्तिहरू देखाएर
यो साल पनि त्यो बनकर स्याल
डाका झै गरेर ढोका ढक्ढक्याउन आयो
र सारा झ्यालढोकाहरू फोडेर
घरभित्र पस्यो
अनि केही दिन डेरा जमाएर बस्यो त्यही
र डस्यो भोकका शेष नाग भएर
अभावका भकारीहरुलाई ।

एकैछिनमा सारा सरसमानहरू भिराएर
बेसहारा बिरामी बृद्धबृद्धाहरुको लौरो भाचेर
अनि नवजात शिशुहरुसँगै
काध र टाउकोमा गरुङ्गो झोला
र भारी बोकाएर उनीहरुलाई
घर निकाला गरेर पठायो अन्तै।

वर्षातको समयमा भिजेर
झरी परिरहेकै बखत दिनभरि
नाङ्गो आङ्ग लिएर
आखिर उनीहरू कहाँ जाउन
अनि के खाउन ?
कै पनि ठेगान भएन।
उदाङ्गो आकाशमुनि उभिएर गहभरि आँसु
अनि हृदयभरि बह बोकेर बसिरहदा
आखिर उनीहरुले एउटा त्रिपाल शुद्ध पाएनन ।
र अनिकालमा एक गेडो दाल चामल पाएनन ।

गाँसबाँस र कपाससँगै एकसाथ
उनीहरुको राज्य लुटियो
आज भविष्य लुटियो
अनि आफू उभिएको
एकभित्ता जमिनको लालपुर्जा पनि लुटियो
अनि लुटियो सक्कल नागरिकताका कागजहरू
र च्यातिए राष्ट्रियता र सङ्गघियताका सबालहरू
र बिस्तारै खोसिए सबै
उनीहरुका मौलिक पहिचानहरु।

जस्ले आज उनीहरुको सारा खुशी खोसेर
घर परिवारलाई नाङ्गो झार बनाएर
उदाङ्गो बगरमा पऋणत गरिदियो
त्यो एउटा सानू खोला थियो ।
________________________
(भूमिका )
-अहिले देशमा बाढी पहिरोले विभिन्न गाउँशहरहरुलाई बीचल्ली बनाएको छ । यहाँ बाधलाई कारागार मानेको हो । भने खोलालाई एउटा अपराधीको रुपमा उभियाएर अध्ययन गर्न खोजेको हो । पीडितको सुरक्षा भन्नू नै सोषकलाई दिने सजाय हो । भने यस्को अर्को पाटो बिगतका बर्शहरुमा बाढी पहिरो पीडितले राहत नपाएको तथा राहत सामाग्री वितरकले खोलामा बाध बाध्ने बजेट ठेकेदारले झै गरेर खाएको, पहिचान हुन नसकेको नागरिक र वास्तविक पीडक, पीडित र बिकट गाउको चित्रण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *