रातारात भ्रष्टचार गरेर
कुनै नेता
सञ्चारमा माध्यममा हिट भएदेखि,
र ब्यापारी
कालो बजारि गरेर रङ्गिन भएपछि
कोरोना भाइरस आएदेखि,
अनि करप्सन र भ्रष्टाचारी भाइरस मौलाएदेखि
र यो सिङ्गो देश लकडाउन सर्टेज भएर,
ज्यालदरको प्याकेज हराएदेखि
सायद,
यस बखत त्यो किसान मजदुर
आफूलाई कुन्नि के जाती!
अज्ञात त्यो करुना भाइरस लागोस्
र मेरो नाम सञ्चारमा माध्यममा आओस्
अनि यो सिङ्गो संसारले मलाई चिनोस्
र मेरो परिवारले
क्वारेन्टाइनमा लगातार तीन महिनासम्म
सित्तैमा भात खान पाओस्
सरकार सायद ऊ सोचिरहेछ।
@2076/11/11
