पाइलैपिच्छे बास !
अचेल यो कुरा जताततै सुन्न पाइन्छ । हिँड्यो कि त्यो फस्यो । उठेका पैताला पुग्ने ठाउँमा सहजै पुगिहाल्दैनन् । जहाँ र जता पनि आग्लो र भड्खारोसँग मिल्नुपर्ने ।
सडक यात्रा अविश्वसनीय र त्रासद छ अचेल ।
कुनै भर र टुंगो नहुने यो देशको । कुनै ढुक्क र पत्यार नहुने यहाँको समाज । मानिस, समूह र समाजको कुनै अडान नहुने यहाँको ।
त्यसको किचाघानमा अरू पर्नुपर्ने ।
हामी कति विवश भएका रहेछौँ, हामी कति निष्ठुर भइसकेछौँ, हामी कति गतिछाडा भइसकेछौँ, भर्खरै थाहा पाएँ मैले । राम्रै र गतिलै ज्ञान भो मलाई ।
गाउँबाट बस चढ्ने गौँडामा पुग्दै सुनियो, पुलपार िपुग्न सके दुःख हुँदैन ।
वारपिट्ट िजंगलको दाउराबारे राम्रै कुटाकुट भएको छ । दाउरासँगै स्याउला र पानीको रडाको मिलिहालेको छैन । हो, बाटोसम्म पुग्नलाई पुलसम्मको सडक हिँड्न हामीले पाएका रहेछौँ ।
ओखती गर्न हिँडेको छु । सुदूरपूर्वबाट राजधानीसम्मको बाटो । अब मैले दगुर्नुपर्ने बाटो । छिःछिः र दुरदुरको समाज देखेर भाउन्न छुट्छ ।
तपाईं काठमाडौँ जाने हो भने खाद्यान्न ढुवानी गर्ने ट्रकमा जानूस् न ! सुविस्ताले पुग्नुहुन्छ । बसमा गए आन्दोलनकारीले अति नै सताउँछन् । खाद्यान्न बोकेको ट्रकलाई छोडिदिन्छन् बन्द आयोजकले नि !
टिकट काट्ने मेरा हात ती कुराले रोकिए एकाएक ।
आफू मात्र होइन, वृद्धजनलाई ओखती गर्न हिँडेको छु । सबै कुरो ख्याल नगरी नि भएन । बाटो पथपरेज र खर्चबर्चलाई झन् ख्याल गर्नुपर्ने छ मैले ।
किनभने, मूल्य गुमाइरहेको छ मेरो देशको मुद्राले ।
सुत्नेहरू निकै बिउँझेछन् हाम्रा वरपरकाहरू । निन्द्रा, घुराइ, बर्बराहट र सपनाका अनन्त शृंखलासँगै भाग र खोजी बढेको छ बेस्सरी । माग्यो कि पाइहाल्नुपर्ने । नपाए, छँदैछ सडक । केवल थुन्न सक्नुपर्यो सडक ।
अन्ततः चढियो ट्रक ।
रोगीलाई लिएर हिँडेको छु । वरपर हरेक पक्ष रुग्ण छ । तैपनि, यतिखेर जम्मै कुरा बिर्सेर ट्रकमा छु म । सम्झना छ, हरेक दस वर्षमा बल्झिने रोग छ देशको ।
“प्याजको भारी छ पछाडि ।”
ट्रकका ड्राइभरले बताए ।
हामी कोसीको आन्दोलनमा परसिकेका छौँ । बिपत्तिले भयानक चरत्रि पस्िकएको त्यस भूमिका हामी पाहुना । सबतिर बिचल्ली भएका कोसीका जनलहरले उदास, खिन्नता र हैरानी पोखिरहेथे चरणबद्ध । हामी पर्यौँ त्यसमा । भीड, हमला र हैरानीले छान्ने होइन । अनि त राती मैले ट्रकको प्याज खाएर आफ्नो भोक मारेँ ।
“किन यति महँगो ?”
“स्टक कम छ । आन्दोलन र हडताल भइरहने हुनाले खटाएर बेच्नुपर्छ । नत्र समस्या हुन्छ तिनलाई नि !”
“कसरी ?”
“लामो बन्दमा भाउ कस्न पाइन्छ नि !”
उत्तरले रन्थनायो मलाई ।
म अर्थतन्त्रको विवेचक होइन । अर्थशास्त्रको माग र खपतको विज्ञ नि परनिँ म । तर, अभावमा कसिकसाउ गरनिे कृत्रिमताको भयानक अर्थले हुनसम्म चिथोर्यो मलाई ।
घाम तेर्छिएपछि अचानक रोकियो गाडी ।
सडकभर िलठ्ठी लिएर उपि|mएका भुराभुरी थिए । ती कसैका उल्कामा हिँडेजस्ता मात्र थिए । माटो थुपारएिको, रूख ढालिएका र कालो झन्डा लिएका केही तन्नेरीको आवाज छ, “हाम्राे पेसा सुरक्षित गरयिोस् । माछा मार्न हामीले मात्र पाउनुपर्छ ।”
बजार बन्द छ ।
सबै बन्द भए पनि भोक बन्द नहुने । तिर्खा बन्द नहुने । आराम र निन्द्रा बन्द नहुने । जस्तै र जुनै हालतमा नि चाहिने त्यो ।
फेर िप्याज खाइयो ।
राती धेरैथरी कुरा सुनिए । माछाको कारणले धेरैलाई चेपुवामा पारएिको थियो । थर्काउनेहरू गर्माउनेहरू, झ्वाँक र फुइँ देखाएर सबथोक समाप्त माटैमा पारििदनेहरू आउँथे, जान्थे ।
बिहानभर िकुरा सल्टिएछ । माछा त हिजो पनि मारएिकै हो धेरथोर । तर, पोखरीको स्वामित्वको पक्षले यतिखेर तातेको रै’छ रगत । तात्ने र तताउनेको बगाल फेर िजताततै । सबै कुरा त्यही तताइबाट गर्ने पुस्ता बढिरहेको हो कि ?
वृद्ध बिरामीलाई हेर्छु ।
बाटो लामै छ । हिँडिनसक्दै कुन हैरानीले बाटो छेक्छ, सम्झन्छु । कुन विषयले फेर िचर्चा पाउन बाटो रोक्छ ? यो कुरा परेला वरपर आउँछन् र अनन्त प्रश्न हुर्याउँछन् छिनछिन ।
प्याज बोकेको गाडीमा छु ।
स्वयंमा विसंगत छ प्याजको अर्थ । त्यसको गन्धले गाँज्ने गरेको पीडा अरू बढी पीडादायी मान्छन् धेरैजसो । ओखतीभन्दा तामसी मसलाको वजन मान्ने समाज ठूलै छ । तर, यतिखेर प्राणदायी भयो मेरा निम्ति ।
घर छोडेको दुई दिन नाघ्यो । घरको अर्थ सुरक्षा र आनन्दी जति हो, आधार अनि समर्थन झन् बढी हो । तर, सडक नै घरको मूल्यमा यतिखेर देखिएको छ । किनभने, बास नै भो सडकमा ।
मध्यदिनमा जंगलबीच रोकियो मोटर ।
“प्याज निकालेर बाटो छेक्नुपर्यो रे !”
कसैले सुनायो ।
भएको रहेछ यस्तो, हामीअघिको माइक्रोले घँसिनीलाई ठक्कर दिएछ । ऊ रगतपच्छे शरीर सडकमै छोडी प्राण बोकेर कुदिहाली कताकता । वरपरकाहरूले माइक्रो तेर्साएर हर्जाना लिन खोजे । बाटो फराकिलो, फुत्त फुत्त अरू यातायातका साधनहरू हुइँकिइहाल्ने । सडक रोक्ने साधन देखियो यो प्याजको बोरा ।
अन्ततः लास रुङ्यो प्याजले ।
ट्रकबाट पाँच-सात बोरा प्याजले लास घेरयिो र सडक छेकियो ।
अब कसले आँट गर्ने लास कुल्चने, प्याज नाघ्ने ।
समय साँच्चै बदलिएछ ।
धेरै धेरै कुरा भिन्न भएका छन् । पूर्व भयो पश्चिम । पश्चिमी खुल्लाले पूर्वमा ठाउँ पायो । पूर्वको शास्त्रले नयाँ ओभरकोट पायो पश्चिममा । नजिकिए उत्तरी र दक्ष्ािणी गोलार्द्ध । चेतना र ग्रहण परस्पर बाझेका छन्, समाजैपिच्छे ।
चुरे सुरु भइसकेको छ ।
“कतै सहिद र क्षतिपूर्तिको मेलमिलाप भएको हुनुपर्छ ।”
लास रुङ्ने प्याज गाडीमा थन्काएर चुरे शृंखलामा हिँड्याँै हामी । दुई दिनपछि बाटो खुलेथ्यो । अब सबैलाई हतारो त छ नै । मै चाँडो भन्ने ठोकाबाजी झन् बढी । सडकमा दम्भ र भयको दोहोरी छ । उद्दण्डको नाच कति हेर्नु ?
सबैलाई लागिरहेको छ, सडक कुनै पनि क्षण बन्द भइहाल्छ । प्रमाण, थुप्रो छन् यसका निम्ति । यसलाई अर्थात् हूल-हुज्जतको वातावरण सर्वत्र मौलाएपछि शान्तिको अर्थ घरीघरी बिलाउँदो रै’छ । बिलाएको हेर्न नरुचाउने छन् सडकमै ।
भूमिकै कुरा गर्ने हो भने, पूर्व र पश्चिमको सलल्ल बाटो छिचोल्दा २४ घन्टामा नेपाल कटिन्छ पहाड, खोँच र घुमाउरा भञ्ज्याङले उत्तर-दक्षिण अलिक असहज छ ।
यति थोरै ठाउँको, यति थोरै सजिलो बाटो पनि महासागर तरेभन्दा नजिक लागिरहेको छैन । निहुँ अनेक छन् सडकका दोषीहरूलाई ।
भुङ्ग्रोमा यात्रा गरेको लाग्दैछ ।
पल्लो गाउँमा जन्ती गा’का रै’छन् । बेउली लिएर आउँदा जन्तीले पँधेर्नी जिस्काएछन् । अनि, चक्काजाम भएको हो रे !
रसि त धेरै कुरामा हुँदोरै’छ । कुन लोकबाट आएकाहरू बस्तीमा थुनिए । बाटो बन्द भएपछि सबैथोक चर्कियो । खाने-पिउने र अरूथोकको मूल्य अकासियो । त्यसलाई सुधार्नेहरूको आँट र ऊर्जा कुना पसिहाल्यो ।
जोरी खोज्ने बेला भएन जाँसुकै !
हामीले फेर िलास रुङ्ने प्याज खायौँ । बाटोका धेरै स्िथतिमा यो प्याज पि्रय भइरहेको छ । भोक मेट्ने, तिर्खा मेट्ने र लास रुङ्ने सबै काम यही गन्धमय प्याजले गररिहेको छ ।
देश नै अनेक दुर्गन्धले व्याप्त हुँदा यो प्याज बढी सार्थक भएको हुनुपर्छ, हाम्रालागि । प्याजको साथ ।
तीन दिन बिते । तीन रात बिते ।
रोगीको रोग बढेकै छ । सडकमा समस्या ओरालेर उर्लिरहेका अनुहारमा अरू क्रोध थपिएको देखिरहेको छु म । राजमार्गमा ढुंगा थुपारेर कञ्चट बल्काउनेको सूची बढेको भेटिरहेको छु म ।
“यो प्याज काठमाडौँ पुग्लाजस्तो छैन,” सडकले चबाएर पत्रु बनाइसकेको ड्राइभरको बोलीमा उदास ओर्लिन्छ ।
“भोलिसम्ममा पक्का पुगिन्छ ।”
मेरो अनुमान छ ।
ऊ मान्न तयार देखिएन पटक्कै । अनेक कब्जा र विमति, आवाज र नारा सुनिसकेको रहेछ उसले । गालीमा पनि सडक । तालीमा नि सडक । यी सबै असंगतलाई पर्गेलेर बोलेको रहेछ उसले ।
जित र हारका आ-आफ्ना परभिाषा छन् । तर, सडकको यो व्यवधान र बन्दमा हारको मात्र जित भएको छ । जितको जित देखिरहेको छैन म ।
काठमाडौँ प्रवेशको नाकामा छु ।
“यस्ती सानी केटीको श्रम शोषण गर्ने ?”
काँक्रो बेच्ने सानीकेटीलाई गाडीको यात्रुले पैसा दिनै लाग्दा बस हुइँकिएछ । उसले बजारका मुन्द्रे दादालाई भनी, “मेरो त लुटेर खाए ।”
दादाहरूले गाडी पछ्याउँदै पुगिछाडे । भीरमा पुगेर पहिला मुक्याए ड्राइभरलाई । अनि बल्ल भने, “यस्ती सानी केटीको श्रम शोषण गर्ने ?”
कुरो रोकिएन । आगोले वन भेटेजस्तो । अथवा बाढीको बगरजस्तो । विकराल फैलियो मज्जाले । बोलीमा रमाउनेहरू गाउलान् गीत । मनमा रमाउनेहरू चिन्तन गर्लान् । मुड्कीमा भर गर्नेहरू कसरी चुप बस्थे, उत्रिए सडकमा । अनि ‘बैँसे झ्वाँक’ देखाए ।
कुटिएपछि अधिकारको खोजाइ भइहाल्छ । अनि, आउनुपर्यो बाटोमा । बाटो थुनिएपछि फेर िबास भयो रोकिए ठाउँमै । भोजन पनि प्याजै ।
हामीले नजानेर धेरै मागेको कि मागेर तह लगाउन नजानेको ? यी दुई प्रश्नका कुकुरगाँठोमा मैले टेकेको धर्ती र परविेश बढी गुजुल्टिएको छ । त्यसकै परोक्ष मारमा भइरहेको छ यो यात्रा नि ! आदेश र उपदेश ग्रन्थमा मौन छन् ।
जुलुस, नारा र चन्दाले एकदिन अरू बढी अल्झायो । वृद्धको रोगले विजय पाउने खण्ड देखा पर्दैछ । समय, बाटो र चरत्रि रुग्ण देखिएकाले मसँगका रोगीलाई ‘तपाईंको रोग क्यै हैन’ भन्ने स्िथति बलियो छ ।
हाम्रा सडक कति व्यवस्थित छन् ? हामी कति अनुशासित छौँ ? अथवा, हाम्राे जीवन कति सुरक्षित ?
आज अझ तर्क भएका विषय हुन् यी ।
तर, सुन्नुपर्नेहरूले यता महत्त्व दिएका छैनन् । बुझ्नुपर्नेहरूले कुनै दिलचस्पी फिराएझैँ लाग्दैन यतातिर ।
नेपाली समाजमा दुःख पिराउको महत्त्वले आँखा रसाउने सभ्यता मरसिकेझैँ लाग्दैन थियो । तर, आज अवस्था उल्टिएको छ, छ । सबैतिर उर्लिएको ‘म पनि हुँ’ भन्ने वाक्यांशमा गढेको भावले सर्वत्र तताएको हुनुपर्छ ।
जन्म वा मरण, यो बन्दको बाटोमा तिनका पत्र केलाउँदैछु ।
काँडाका झाङ भए पनि फूलै छन् । फूलैका झाङ भए पनि काँडाको संख्या गनिनसक्नुको भेटिन्छ । सडक कति प्रतिशत फूल हो अथवा यात्रुलाई कति प्रतिशत काँडा ठानेको छ राज्यले ?
सोचमग्न छु बाटोको रोकावटमा ।
तल त्रिशूली छ । भित्तामा छ भीर । त्यही भीरमा फेर ित्यो घटना भयो बाख्रा धपाइरहेकी गोठाल्ली फुच्चीलाई पाङ्ग्राले चेप्यो ।
सारा गाउँ ओर्लेर ढुंगामुढा सबैथोक गरे । नोक्सान सबैतिर भयो । तर, गाडीको भन्दा मान्छेको नोक्सान निश्चय नै बढी हो । यसलाई हराउने सत्य कतै थिएन र हुने पनि छैन । नष्ट रोक्न भ्रष्टको शृंखला बढेको छ हाम्राे सडकमा ।
तर, सभ्य अवज्ञा पनि त गर्न सकिन्छ नि !
यहीँ पनि ओरालियो प्याजको बोरा । ट्रकबाट ओरालिएका बोरा धेरैजसो कुहिएका पनि छन् । उता कोसीका रसिाहाहरूले खानेपानीका गाग्री घोप्टाइदिएथे बोरामा । प्याजलाई पानी, गल्न थालिहाले फतक्क ।
लाग्दैछ, गन्हाएको प्याजजस्तो भएको हो कि हाम्राे संवेदना ? हामी हाम्राे वेदनालाई बजार थाप्न आएको सडकमा ? कति मूल्य तोक्ने यी हिक्का र भक्कानाहरूलाई ? अमूल्य व्यथाको लाभ त लिइरहेको छ नि अर्कैले ।
पाँचौँ दिनको सडक जात्रा थाप्लामा बोकेर चार भञ्ज्याङ भित्रिरहेको छु म । सडकप्रति अगाध विश्वास राख्ने म, अब विरक्तिएको छु, दिक्क भएको छु ।
प्याज खाएरै बन्द बाटो छिचोलियो । थुनिएका बाटोमा प्याजको गन्धले मेरो जीवनलाई ऊर्जा थप्यो । बाटोमा भेटिएका लासलाई रुङ्ने यी प्याजका बोराको तन्मयता ।
कतिलाई मीठो लाग्दैन प्याज । गन्हाउँछ वा प्याज खाए जात जान्छ भन्ने सम्प्रदाय पनि छ । अझ लास रुङ्ने प्याज तिनलाई कसरी स्वीकार्य हुन्छ । दुर्गन्धभन्दा जातको डरले प्याज नछुनेलाई सडक व्यथाले खुवाउनुपर्ने नि !
लास रुङेर आएको प्याज अझ अमूल्य काठमाडौँमा ।
नेपाल साप्ताहिक ३४४
