Skip to content


हरिभक्त कटुवाल भन्थे, “हामीले हाम्रै माटो-ढुंगाको गीत गाएर अरूलाई आफूतिर तान्नुपर्छ ।”
भिपेन हजारकिा भन्छन्, “पहिला तिमी आफ् नै कल्चरलाई हेर, आफ्नै सभ्यताको गीत गाऊ । ”
अिम्बर गुरुङ भन्छन्, “कुनै नेपालीको संगीतमय साँझ हुनलाई कि सत्यनारायण पूजा हुनुपर्छ, कि बिहे-व्रतबन्ध । नेपाली संगीतको आफ्नै एकल आधार कतै पनि छैन ।”
यसरी दक्षिण-पूर्वी भारतभर िहरभिक्त, भूपेन र अम्बर मिथकसरी सबैमाझ छाएका थिए । यी ‘टि्रयो’को नाम संगीतकर्मी, कलाकार र संवेदनशील जोकोहीले लिइरहेका हुन्थे । हजारकिा आफ्नो कर्मथलो आसाम, गुवाहटीमा छाएका थिए भने कटुवाल डिग्बोइमा । काठमाडौँबासी अम्बर त झनै सिंगो आसामभर िदन्त्यकथाका पात्रझैँ बनेका थिए । उनीहरू भनिरहेका हुन्थे,
– भूपेनले नेपाली जातिमा जनाएको प्रेमका कारण एउटा ठूलो आडभरोस मिलेजस्तो हुन्छ ।
– हरिभक्त हाम्रालागि उज्यालो बत्ती हुन्, जो आफू भने अँध्यारोमै बिते ।
– अम्बर आफैँमा म्युजिक हुन्, बनिबनाउ संगीत  । संगीतको वन मेन आर्मी !
“हो, नेपाली भनेपछि भूपेन’दा मरहित्ते गर्नुहुन्छ, उहाँको खुकुरी क्रस भएको भादगाउँले टोपी नेपालीप्रतिको प्रेमको प्रतीक हो,” भूपेनसँग ३० वर्षयता सहगायन गर्दै आएकी गायिका अञ्जुदेवी भन्छिन्, “अरूभन्दा पनि हरभिक्त दाइलाई खुबै मिस गर्नुहुन्छ ।” भूपेनको शब्द/संगीतमा अञ्जुदेवीले गाएको असमी भाषाको ‘अखम बेखर बागीसारे सुवाली’ गीत सुनेपछि हरभिक्तले त्यसको भावानुवाद गर्दै अञ्जुलाई गाउन लगाएका रहेछन् ः
‘आसामकी चेली हुँ म नेपाली,
आसाममै हुर्केकी म खाइखेली,
चम्पा होइन मेरो नाम चमेली !’
तिनै हरभिक्तले अञ्जुदेवीलाई सन् १९७६ मा काठमाडौँ ल्याएर सांगीतिक कार्यक्रम गराएका थिए । “मैले त्यही मौकामा अम्बर गुरुङको गीत गाएकी हँु,” अञ्जुले सम्झिन् ।
डिग्बोइमा हरभिक्तका एक उम्दा विद्यार्थी थिए, भविलाल लामिछाने । ती पनि हरभिक्तका अनेक ‘इमेज’ शब्दमा उताररिहेका थिए । उनको भनाइमा, सन् १९७१ तिर एकदिन हरभिक्तले अलिक हतारमा एउटा पेन्टिङ् लेखेको भन्दै सुनाएछन्, पोखिएर घामको झुल्काभरि सँघारैमा..। भविलाल सम्झिन्छन्, “सन् १९७६ तिर पूरा जुल्फी कपाल पालेर हिपहप भएर फिर्नुभएको थियो हरभिक्त । त्यसबेला यो के भनेर सोध्दा जवाफ थियो, भाइ म हिप्पी भा’को, मलाई काठमाडौँले सिकायो !”
भविलालका बुझाइमा प्रेमको एउटा चक्करमा परेपछि कवि हरभिक्त अलिक लापरवाह बनेका हुन् । “नाटक माइ फेयर लेडीमा जर्ज वनार्ड शा र नायिकाजस् तै एउटा संयोगान्त स् िथति उब्जिएको थियो,” उनले भने, “उनले आफ्ना अधिकांश कवितामा अनुराधा, सुनगाभा र तिमीजस् ता प्रतीक राख्नुको कारण पनि यही हो । यो स् िथति सन् १९६१ पछि देखिएको हो ।”
ती ‘सुनगाभा’ आफूले स् कुलमा पढाउने एक छात्रा रहेको र त्यसको मनोवैज्ञानिक प्रभावले कटुवाललाई मृत्युसम्मै नछाडेको भविलालले सुनाए । एउटा अन्तर्वार्तामा हरभिक्त स् वयंले भनेका रहेछन्, “हो, म पिउँछु । पहिला घृणा थियो । काठमाडौँ आएँ, एक-दुई ठाउँमा रक्सी पिएँ, मीठो लाग्यो । फर्केर गएँ, त्यहाँ पनि बानी लाग्यो । मानिस हो घात-प्रतिघात गर्छन् । घरमा स् वास् नी छोराछोरी थिए । अर्को पे्रयसी पनि भइदिई, कवि मान्छे । यो आफूले आफैँलाई बिर्सने कारण पनि हुनसक्छ ।”
हरभिक्तले स् थानीय प्रतिभा युद्धवीर राणालाई संगीत सिकाउने कामसमेत गरे । स् थानीय विष्णु मन्दिरको आँगनमा बसेर हरभिक्त मुखाग्र गीत भन्थे, भविलाल पन्नामा टिप्थे, त्यसमा संगीत निर्देशन पनि दिन्थे र युद्धवीर संगीत भर्थे । “त्यसरी नै जन्मिएको हो, यो देशको माटोले भन्छ, यो देशको ढुंगाले भन्छ…,” गायक युद्धवीरले सुनाए ।
विलियर्डस् र क्रिकेटका राम्रा खेलाडी हरभिक्तका १५ वटा जति एकांकी नाटक थिए । म मरेको छैन नाटक खेल्नेमा भविलाल, युद्धवीरहरू नै थिए । एकदिन हरहिर शर्मा, युद्धवीर र भविलाल मिलेर हरभिक्तलाई भनेका थिए, “तपाइँले पिउन छाड्नुपर्‍यो ।”
“के मैले रहरले रक्सी पिएको हुँ र ? तिमीहरू मेरो स् िथति कहिल्यै बुझ्दैनौ,” हरभिक्तको जवाफ थियो । टीबी भएर थलिएपछि आसाम मेडिकल कलेजमा भर्ती भएका थिए हरभिक्त । र, १० सेप्टेम्बर १९८० को रात उनी बिते । उनको लास रातभर लडिरह्यो, बिहान जम्मा ११ जना थिए उनको मलामीमा ।
यसरी हरभिक्त, अम्बर र भूपेनको चर्चा दोहोर्‍याउँदै गर्नेमा गायिका मीरा थापा, युद्धवीर राना, महाप्रसाद गुरुङ, सन्तनुकुमार लिम्बू, अञ्जुदेवी, विजय रसाइली, दिलीप रसाइली, बादलकुमार गुरुङलगायत थिए । “रवीन्द्र संगीतजस् तै हाम्रो आफ् नै कटुवाल संगीत किन नबनाउने ?” डिग्बोइकी गायिका मीरा थापाले भनिन्, “शब्द र संगीतमा समेत गतिलो प्रभाव राख्ने हरभिक्त दाइका गीतहरू संख्यामा पनि कम्ती छैनन् नि !” रवीन्द्र, बंगाली, बाबुल संगीत र नजरुल गानका कुरा भइरहेका बेला मीरासहितको एउटा समूह ‘कटुवाल संगीत’ हुर्काउने अभियानमा जुटेको रहेछ । “यतिबिघ्न गीत-संगीत छन् हरभिक्तका किन नहुने हाम्रै कटुवाल संगीत  ?” उनले भनिन् । यही धुनमा तानिएर आसामका जागुन, धौला, बिसागाउँ, लिडु, दुलियानजस् ता गाउँहरूमा पुगेर उनले कटुवाल-संगीतको चर्चा गर्न थालेकी रहिछन् । “यो लहर नेपालतिरबाट पनि सुरु हुनुपर्‍यो,” उनको आग्रह थियो ।
भूपेन हजारकिाभन्दा हरभिक्त उमेरमा झन्डै १५ वर्ष कान्छा थिए । तर, उनीहरू एकअर्काका साथीजस् तै थिए । त्यसभन्दा पनि अम्बर गुरुङ भनेपछि हरभिक्तको अपहत्ते बुझिन्छ, उनको अन्तर्वार्ताबाट । सन् १९७९ तिर मन्थन पत्रिकामा छापिएको एक अन्तर्वार्तामा हरभिक्तले भनेका रहेछन्, “अम्बर गुरुङसँग जतिजति रक्सी पिउँदै जान्छु, उनी उतिउति नयाँ धुनहरू तयार पारेर मलाई सुनाउँदै जान्छन् । मलाई लाग्छ, म र अम्बर सँगै बसेर जिन्दगी बिताउँ तर यो विडम्बना अनौठो छ ।

नेपाल साप्ताहिक ३४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *