अचेल दुर्घटनाका खबर सामान्य भएका छन् । दुर्घटनाका खबरले मानवीय संवेदनासमेत उत्पन्न गर्न छाडेको छ । मानिसले ज्यान गुमाउने क्रम भने बढ्दै गएको छ । मैले भोगेका दुईवटा दुर्घटनाको अनुभव यस्तो छ ।
दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ । धन्न ! फूल पसल पनि नजिकै रहेछ । हतार-हतार पहेँलो गुलाफ किनेँ, सरसलाई दिन । सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थेँ ।