जे गर्दा पनि भा’छ
ठेक्का लगाएर पनि वर्षौँ योजना नबन्दा
योजनाको दसौँ गुणा बढ्दा
बेरुजुको कीर्तिमानले सगरमाथा बन्दा
उसकै कुरा ठूला भा’छ
जसले वर्षौं देश र जनताको अपमान गरो
उसैले विशिष्टको आजीवन सुविधा खा’छ
यहाँ जे गर्दा पनि भा’छ ।
हजारौँ नेपाली मारेको
देश अफगानिस्तान पारेको
गरिबको भत्ता आफ्नै पोल्टामा पारेको
उसैको जयजयकार भा’छ
मन्त्रीदेखि नेतासम्मले उसैको गान गा’छन् ।
मुकुण्डो ला’को छ
चिल्ला कुरा गर्या छ
भत्ता र मान थाप्या छ
जनताको सेखी झार्या छ
उसैले मान थाप्या छ
यहाँ जे गर्दा नि भा’छ ।
-शेरबहादुर ढुंगाना
नेपाल साप्ताहिक, अंक ५१३
२०६९ भाद्र ३१
