Skip to content

गोरखापत्र

मेरो महाप्रस्थानको यात्रा

  • by

केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद भएन, त्यस्तै तीन बजेको हुँदो हो । पारिलो घाम ताप्दाताप्दै मलाई एक्कासी हिक्क हिक्क भयो, अलिकित बान्ता गरेँ, नाकबाट अलिअलि रगत पनि बग्यो र म खुतुक्के परेँ छोराहरू कोही घरमा थिएनन् । छोराहरूको काखमा मर्ने धोको थियो तर त्यसो हुन नसके पनि श्रीमतीको काखमा मेरो प्राणान्त भयो । मैले यो नश्वर जीवन छाडेँ ।

घोडेजात्राः रेवन्त र शालिहोत्रको सम्झना

  • by

काठमाडौं उपत्यकामा चैत्रकृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाइन्छ । यस दिन घोडादौडका साथै घोडाका विभिन्न खेलको प्रदर्शन गर्ने गरिन्छ । यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष भनेको भगवान् रेवन्तको पूजा हो । घोडेजात्राको दिन वसन्तपुर र सिंहदरबारमा रहेका रेवन्तको पीठमा घोडचढी प्रहरी र सैनिकद्वारा साइत जुराएर धार्मिक अनुष्ठान गरिन्छ । यसरी विधिपूर्वक पूजा गरिसकेपछि मात्रै घोडेजात्राका दिन घोडादौडको आयोजना हुने गर्दछ ।

चराहरुको चिरवीर र मोहन कोइरालाको मोह

  • by

नेपाली संस्कृति सिमसार प्रधान हो । यो देशमा धेरै नदीनाला भएकोले यहाँ सिमसारको सङ्ख्या असङ्ख्य छ । यो निर्जीव, निष्प्राण होइन, सजीव र सप्रमाण हो किनभने यसमा तीन तìवहरूको सम्मिश्रण हुन्छ । यी तीन तìव हुन् – जल, जमिन र जीव । सिमसारका राजदूत मोहन कोइराला आज सशरीर, सप्रण र सजीवरूपमा हामीबीच हुनुहुन्न । उहाँ यस्तो देशमा गइसक्नुभएको छ जहाँ जान राहदानी र प्रवेशाज्ञा आवश्यक पर्दैन ।

वनैभरि फूलिदिन्छु मनैभरि फूलिदिन्छु

  • by

जताततै खुसी नै खुसी छाएको छ । चराचुरूङीहरू चिरबिराईरहेका छन् । मानौ उनीहरूको भाषामा रमाइलोको अनुभव साटासाट गरिरहेका हुँदाहुन, अनि भालेले पोथीलाई बोलाइरहेको हुँदो हो । समले उल्लेख गरे जस्तै कति स्वतन्त्र र स्वच्छन्द छ आकाशमा उड्ने चरीहरूलाई ।

एक्काइसौँ शताब्दीको आवश्यकता

  • by

समाजवाद एउटा लक्ष्य हो तर यसले अहिले राज्यनीतिको रूप लिएको छ । समाजलाई कसरी फाइदा पुर्‍याउन सकिन्छ भनेर सोच्दै चलाउने सामाजिक परिचालन नीति नै समाजवाद हुन गएको छ । अहिले हामी संविधान निर्माणको क्रममा छाँै र भावी संविधान कस्तो हुनुपर्दछ भनेर बहस चलाउँदै गरिएको बेलामा लोकतन्त्रको स्वरुप कस्तो हुनुपर्दछ भन्ने बहस पनि सँगै चलिरहेको छ । लोकतन्त्र वा प्रजातन्त्र जे भनाँै, त्यो जनताद्वारा अनुमोदित नै हुनुपर्दछ र समाजले त्यसलाई स्वीकार गर्न सक्नु पर्दछ । लोकतन्त्रसँग मानवअधिकार यसरी जोडिएको हुन्छ कि मानवअधिकारको फरक फरक मान्यता र परिभाषा सम्भव नै छैन । तानासाहहरूले मात्र मुलुकपिच्छ मानवअधिकारको फरक फरक मापदण्ड तयार गर्ने गर्दछन् र मानवअधिकारलाई पनि संक्रमणकालीन र सहजकालीन भनेर व्याख्या गर्ने गर्दछन् ।

चुनौतीमाझ अत्याधुनिक प्रविधि

  • by

सन् १९९० मा ईन्टरनेटको प्रादुर्भाव भयो र सूचना तथा सञ्चार प्रविधि मा दु्रततम गतिमा अकल्पनीय विकास भयो । यो अत्याधुनिक प्रविधिबाट शुरुका दिनहरूमा औद्योगिक राष्ट्रका व्यापारिक प्रतिष्ठानहरूले अत्यधिक प्रयोग गरेर खर्चमा व्यापक कटौती गरे र उत्पादनमा उल्लेख्य वृद्धि गर्न थाले । व्यापारिक प्रतिष्ठानहरूको कामको गतिमा तिव्रता आयो तर सरकारी निकायहरूको काम भने उही पुरानै गतिको थियो । तसर्थ दिनानुदिन सरकारी निकायहरूमा व्यापारिक प्रतिष्ठानहरूको प्रत्यक्ष अप्रत्यक्ष रूपमा दबाब सिर्जना भयो । फलतः सरकारी निकायहरूमा पनि सूचना तथा सञ्चार प्रविधिले स्थान पाउन थाल्यो ।

नरिसाओस् प्रकृति

  • by

लामो खडेरीको कारण जनजीवन प्रभावित हुन थालेको छ । वायुमण्डल तुवाँलोले ग्रस्थ छ । उपत्यकाको वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी भएकोले हवाइसेवा समेत प्रभावित हुन थालेका समाचार बरोबर प्रकाशमा आइरहेका छन् । वषर्ाऋतुताका बिदा भएको मनसुनी वषर्ापछि वषर्ा बादललाई कसैको भनसुन चलेको छैन । पानीका मुहानहरू धमाधम सुक्दै गएका छन् । भूमिगत पानीको सतह पनि घट्दै गएको छ । पानी नपरेकाले खोलाको पानी त यसै पनि सुक्दै गएको छ । हिउँद ऋतुमा हिउँ नपरेकाले हिमनदीहरूमा पनि पानी बढ्न सकेको छैन ।

नेपालमा जातीय विभेद

नेपालको न्याय, स्वतन्त्रता र मुक्तिको लडाइँले निकै दशक पार गरिसकेको छ । त्यसैका लागि भएका राजनैतिक आन्दोलनहरू पनि सफल हुँदै गएका छन् । निरंकुश राणातन्त्र, पञ्चायती व्यवस्थाको अन्त्यसँगै सामन्तवादी राजतन्त्रको पनि अन्त्य भई अहिले नेपाल सङ्घीय गणतन्त्रतात्मक मुलुकमा प्रवेश गरिसकेको छ । यद्यपि, नेपाली समाजमा अन्याय, असमानता, शोषण, दमनको अन्त्य भने हुनसकेको छैन । सबैका लागि न्याय, समानता र आधारभूत मानवअधिकार प्राप्तिका लागि अझैं थप सङ्घर्ष भइरहेका छन् । पहिचान, भाषिक, सांस्कृतिक अधिकारका लागि अहिले पनि नेपालमा सङ्घर्ष जारी छन् । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गकि, भाषिक आदि विभेदका कारण नेपाली समाजमा अहिलेसम्म पनि वास्तविक अर्थमा लोकतन्त्र स्थापित भइसकेको भने छैन ।

घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म

  • by

फागुनको तेस्रो हप्ता हाम्रो टोली ऐसेलुखर्क स्वास्थ्य शिविरमा जाने निधो भयो । खोटाङ्गको बसाई बल्ल १ वर्ष व्यतित भएको थियो । मनमनै त्यस ठाउँमा पुग्ने कल्पना त गरेको थिए तर बिना कार्यक्रम निस्कन ज्यादै गाह्रो । संयोग गर्दा जान पाइयो । हाम्रो ८ जनाको टोली दिक्तेलबाट अगाडि बढ्यो । यो भौगोलिक रमणिय खोटाङ्ग मनमोहक डाँडा पाखा पहिलो उकालो काट्नु साँच्र्चै चानचुने होइन । मेरो मानसपटलमा घनघस्याको उकालो नाचिरह्यो

लहर यथार्थवादी चलचित्रको

  • by

नेपाली सिनेमाले २०४६ सालपछि संख्यात्मक हिसाबले फड्को मारेको छ । सिनेमा उद्योगप्रति सरकारी नीति पनि त्यति अनुदार छ भनेर भन्न मिल्दैन किनकि राष्ट्रिय चलचित्र विकास बोर्डको गठन हुनुअघि नै नेपाली सिनेमा निर्माताहरूलाई मनोरञ्जन करको ठूलो हिस्सा सरकारले फिर्ता दिन थालेको थियो । तर गुणात्मकरूपमा नेपाली सिनेमामा खासै सुधार भएन ।

बिर्सनै नसकिने स्रष्टा भीमनिधि तिवारी

  • by

उमेर गणना गर्ने हो भने भीमनिधि तिवारी धेरै बाँच्नु भएन । १९६८ सालको फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा जन्मिनु भएका तिवारीको २०३० सालको जेठ १९ गते निधन भयो । विषाक्त रक्तरोगको उपचार गर्न नपाएर ६२ वर्षको उमेरमै उहाँको निधन भयो । साहित्य साधना र सिर्जनामा जीवनको चार दशक बिताउनुभएका भीमनिधि तिवारी जस्ता स्रष्टाले उपचारमा समेत यो मुलुकले ध्यान नदिएको उदाहरण बन्नुभयो उहाँ । बाँचुञ्जेलको जीवनलाई सक्रिय र सिर्जनशील भएर बाँच्नुपर्छ, आˆनो भाषा र साहित्यका लागि सक्दो गर्नुपर्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेर जानुभयो भीमनिधि तिवारीले धेरै कृति लेख्ने र छपाउने स्रष्टाको रूपमा आफूलाई चिनाउने उहाँले हात नहालेको विधा पाउनै गाह्रो पर्छ ।

गौरवशाली परम्पराका धनी आदिवासी तामाङ

  • by

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा सरकारले सूचीकृत ५९ आदिवासी जनजातिमध्ये ठूलो जनसङ्ख्या भएको सबैभन्दा पुरानो आदिवासी जनजाति हो तामाङ । नेपालमा भाषिक वक्ता सङ्ख्याको आधारमा तामाङभाषा चौथो ठूलो जनसङ्ख्याले बोल्ने भाषा हो । बुद्धको जन्मभूमि नेपालको बौद्धधर्म मान्ने आदिवासी जनजातिमध्ये सबैभन्दा पुरानो र ठूलो बौद्ध जनसमुदाय पनि तामाङ नै हो ।

सामाजिक सद्भावको प्रतीक मिथिला पञ्चकोशी परिक्रमा

  • by

मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाइन्छ । मन्दिरमा होस् अथवा कुनै पनि पूजापाठ पश्चात मन्दिरको एक फन्को घुम्नु नै परिक्रमा हो । परिक्रमा निश्चित ठाउँको गर्ने गरिन्छ । मिथिलामा विवाहदेखि मृत्युपर्यन्त परिक्रमा गर्ने गरिन्छ । विवाहमा वरवधूले वेदीको वरिपरि घुम्ने गर्छन् त्यो पनि परिक्रमाको प्रतीक हो । यस्तै परिक्रमा मिथिलाञ्चलमा सदियौंदेखि मनाइँदै आएको छ । मिथिलाको राजधानी जनकपुरलाई केन्द्रबिन्दु मानी परिक्रमा गर्ने चलन यहाँ रहेको छ । जसलाई पञ्चकोशी, माध्यमिकी परिक्रमाको नाउँबाट सम्बोधन गर्ने गरिन्छ ।

आफ्नैपनमा रमाएको जाति ल्होमी

  • by

संखुवासभा जिल्लाको हटिया,चेपुवा, किमाथांका र पावाखोला गाविस र पहिला नेपालकै भूभाग हाल तिब्बतमा पर्ने डेन्दाङ, च्याँगा र नादांग गरी करिब २ दर्जन गाउँ बस्तीहरूमा बसोवास गर्ने हिमाली जातीको नाम हो ल्हंोमी ।

माछी मारन हे..नेपाली गायनकी बेपत्ता हीरा

  • by

विश्वव्यापारीकरण र उपभोक्तावादले नबोल्नेको चामलभन्दा बोल्नेकै पीठोको व्यापार चम्काएको छ । गाउन जान्ने तर हाइ ! हलो ! गर्दै सङ्गीतकारका घरमा धाउन नजान्नेहरू अन्ततः ‘कुवेर राई’ को संस्करण बन्न बाध्य छन् । कतिले बुझ्छन् गीतको गहीराइ, सङ्गीतको मर्म र स्वरको सरगम । त्यही धाउन जान्नेहरूको भीडमा हराएकी एउटी गाउन जान्ने गायिका हुन्-हीरादेवी राई ।

धार्मिक पर्यटन र शिवरात्रि

  • by

ॐ नमः शिवाय, छैनन् अरु कोही प्रभु सिवाय । कल्याण एवं सुखका मूल स्रोत मङगलमय सदाशिव भगवान् अज्ञेय र अगम्य हुनुहुन्छ । उहाँको गुण तथा लीलाको वर्णन गर्न सरस्वती मातासमेत समर्थ हुनुहुन्न भनिएको छ । भगवान् शिव समस्त प्राणाीका अधीश्वर, व्रम्हदेवका अधिपति, साक्षात् परमात्मा हुनुहुन्छ । यहाँ यिनै परम उपास्य भगवान् सदाशिवको महिमा, स्तुति तथा कल्याणबारे सङक्षेपमा चर्चा गरिन्छ ।

जीवन, दर्शन र विचारको त्रिवेणी

  • by

नेपाली साहित्यमा लघुकथा लेखनको इतिहास लगभग सय वर्षको भए पनि सङ्ग्रह प्रकाशनको बाढी भने पछिल्लो दशकमा आएर भएको छ । जुनसुकै विधामा कलम चलाउनेले पनि लघुकथालाई समातेकै छन् । लघु कथाको पनि विधागत संरचना, स्वरूप, आकार र स्पष्ट बाटो बनिसकेको छ तर सबै लघुकथाकारले त्यसलाई समातेर लेख्न सकिरहेका छैनन् । औँलामा गन्नुपर्ने साहित्यकारहरूमात्र होलान्, जो लघुकथामा सीमित छन । अर्थात् सुमन सौरभ केवल लघु कथाकार मात्र हुन् र आˆनो दोस्रो लघुकथा सङ्ग्रह ‘पराई विचार’ लाई पाठक समक्ष ल्याएका छन् ।

नाउरा भिरमा बाह्र वर्षपछि

  • by

२०६५ साल माघ ४ गते अहिलेसम्म रहस्यमय जीवको रूपमा रहेको यति (हिउँमानव) सँग सम्बन्धित डकुमेन्ट्री छायाङ्कन टोलीको साथ म काठमाडौँबाट विदेशी पर्यटकका साथ म्याग्दी जिल्लाको मुरीतर्फ प्रस्थान गरेँ । यस टोलीले खासगरी धौलागिरी हिमालको पश्चिमतर्फ रहेको कुनावन खर्क, दोभान र सल्लाघारी आसपासका हिमाली एवं जङ्गली क्षेत्रहरूमा रहस्यमय जीव यति को खोजवीनलाई केन्द्र बिन्दुमा राखेर यस स्थानका रमणीय प्राकृतिक सुन्दरता जीवजन्तुहरू, वातावरण एवं रहस्यमय जीवबारे देखे सुनेका व्यक्तिहरूसँग छायाङ्कन गर्ने कार्यक्रम थियो । करिब १२ वर्षअघि धौलागिरी हिमालको वेसक्याम्पतर्फ पदयात्रा गर्ने क्रममा झण्डै झण्डै ज्यान गुमाएको हुँदा मलाई सो स्थानमा कस्तो परिवर्तन भयो होला भनेर जान्ने अभिलाषा जागेको थियो । त्यसैले पनि म त्यसतर्फ जान हौसिएको थिएँ ।

युद्ध विज्ञानको दस्तावेज

  • by

धनुर्वेद प्राचिन विज्ञानको एक सुदृढ र सुत्रसिद्ध शाखा हो । युद्धसम्बन्धी विषयको वर्णन, शस्त्र-अस्त्रहरूको निर्माण विधि र तिनलाई चलाउने उपाय लगायत सैन्य विज्ञानका विविध विषयको चर्चा धनुर्वेदमा गरिएको हुन्छ । प्राचीनकालमा हातहतियारहरूमा धनुष नै मुख्य थियो । त्यसैले युद्धमा समर्पित शास्त्रको नाम धनुर्वेद रहन गयो । वैदिककालदेखि नै धनुर्वेद स्वतन्त्र विद्याको रूपमा प्रतिष्ठित हुँदै आएको देखिन्छ ।