Skip to content

गोरखापत्र

आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

  • by

जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित डराउनु हुँदैन । त्रास वेगरको सङ्घर्ष वेगर जीवनलाई के जीवन भन्ने ?

मैथिली कथायात्रामा भ्रमर

  • by

लोकसाहित्यलाई आधुनिक परिष्कृत र विकसित साहित्यको जननीका रूपमा प्रायः सबै भाषाका साहित्यकारहरूले मानेका छन् । जहाँसम्म नेपालको मैथिली लोकसाहित्यको उद्भवको कुरा छ, त्यसको इतिहास धेरै प्राचीन छ । अझ स्पष्टरूपमा भन्ने हो भने त्यसको प्रारम्भ प्राचीन मिथिला राज्यका राजषिर् एवं ब्रहृमषिर् जनकको कार्यकाल -त्रेता युग) देखि नै भएको कुरा पौराणिक महाकाव्यहरू वाल्मीकि रामायण र तुलसीदासकृत रामचरितमानस आदिहरूबाट समेत पुष्टि हुन आउँछ ।

बालसाहित्य लेखनबारे केही पक्ष

  • by

भर्खरै केही साथीले मलाई हाम्रा लेखक-साथीहरूका अगाडि बालसाहित्य लेखनको खाँचोबारे लेख्नुपर्‍यो भनी भन्नुभयो । कुरा के साँचो हो भने मैले हाम्रा लेखकसाथीहरूका अघिल्तिर बालसाहित्य लेख्नुपर्छ भनी बालसाहित्य लेखनको महत्त्वबारे बारम्बार चर्चा गदैँ आएको हुँ । हाम्रो यहाँ बालसाहित्य क्षेत्र नखोलिएको पनि होइन तर धेरैजसो लेखकहरू बालसाहित्य क्षेत्रमा टेक्तैनन् र टेक नै भने पनि टेकिरहँदैनन् अर्थात् बालसाहित्य लेख्नतिर रुचि देखाउँदैनन् । वास्तवमा उनीहरू बालसाहित्य किन लेख्तैनन् त ?

दीर्घजीवी बनोस् रचना

  • by

“शताङ्क प्रकाशनको यसबेला ‘रचना’को विगततर्फ हेर्दा कहाली लाग्दो अतीतमा चिहाएझैँ लागिरहेछ । पहिलो अङ्क निकाल्दा हाम्रो सोचाइ थियो- “एक वर्ष जसरी तसरी पत्रिका निकालौँ अर्को वर्षदेखि विज्ञापन, सहयोग पाइहालिन्छ, सरकारको सुदृष्टि पनि परिहाल्छ त्यसपछि पत्रिकाको जग बलियो हुन्छ र निकाल्न कुनै समस्या पर्दैन ।” तर निजी क्षेत्रको एउटा विशुद्ध साहित्यिक पत्रिकाले सोचेको त्यस्तो ‘अर्को वर्ष’ ४८ वर्षसम्म पनि कहिल्यै आएन । हरेक अङ्क प्रकाशन एउटा चुनौतीपूर्ण काम लाग्न थाल्यो । केही साहित्यप्रेमीहरूको सद्भाव विशेष सदस्यको रूपमा नपाएको भए, साझा प्रकाशन जस्ता संस्थाले केही टेवा नदिएको भए र ‘रचना’ प्रकाशन परिवारको तन, मन, धनको आड भरोस् नपाएको भए यो पत्रिका उहिल्यै कालको मुखमा परिसक्ने थियो ।”

सन्ध्याको मिलन …!

‘अनुराग’ जीवनको सौदर्य हो ! ‘माया’ मानव-हृदयको अनुभूत हुने भावमध्ये- सर्वोत्तम भाव हो । एक अर्कोप्रति, मायाभाव नै-विश्व व्यापारको धुरी हो ….! सन्सारमा फूलमाथिको शीतभन्दा ‘स्वच्छ’ अरू केही हुन सक्दैन । माया आनन्दरस पनि हो । ‘अनुभूति’ आनन्द हो मायाको अनुभूतिविना प्रेम सम्भव छैन…..! मानिसलाई जति प्रेमले तान्छ,- प्रकृतिको मनोरम दृश्यले पनि-त्यत्तिकै तान्छ ।

जरिवाना एकसय एक रुपियाँ मृत्यु पनि एक सय एक वर्षमा

  • by

जन्मेको ठाउँ उघ्रेको बल्ल सुनौलो बिहान ।
छेपारो उखान पारेर हुन्न राष्ट्रको निर्माण
सगरमाथा हिमाली राष्ट्र मिलेर उठाऔँ ।
गाउँमा फर्की उन्नति गरी गाउँलाई बनाऔँ ।।

आमाको बदलिएको परिभाषा

  • by

नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् ।

विश्वको प्रथम प्रेमपत्र-रुक्मिणीको प्रेमपत्र

सुन्दा सबै हजुरको गुणको प्रताप
आएर कानतक हर्दछ अङ्गताप
सम्पूर्णता नयन सुन्दरमा बसेछ
छोडेर लाज दिल अच्युतमै पसेछ ।

वैशाख लागेपछि

  • by

वासन्ती नवकान्तिले सब धरा बन्दै छ नौली वधू,
लोभिन्छन् नवफूलमा भ्रमर यी, प्यारो छ साह्रै मधु ।
पाक्यो काफल, कोइली कुहु गरी क्यै सोध्न आएपछि,
यस्तो चाल सहन्छको भने सखे! वैशाख लागेपछि ।।
भालेले सिङले मृगी नजिक गै’ थाल्यो नि कोट्याउन,
उड्दै भुन्भुन गर्छ एक भमरो पाएर पोथी किन ?
जोडी घुर्छ कपोतको नजिकमै, यी दृश्य देखेपछि,
सक्लाको अब मान खोजिरहनै, वैशाख लागेपछि ।।

मातृभाषामा शिक्षा सरकारी प्रतिबद्धता र नागरिक जिम्मेवारी

‘बहुभाषी समाजमा मुख्य भाषा र संस्कृतिमा आधारित एकभाषी शिक्षा प्रणाली प्रयोग गर्नु अरू भाषा तथा संस्कृतिको बेवास्ता गर्नु हो । संसारका अनुभवहरूले मानिसका भाषिक तथा सांस्कृतिक सम्पदालाई अस्वीकार गर्नु र दबाउनु नै विभाजन र सङ्घर्षका प्रमुख कारण भएको देखाएका छन् । बहुभाषी शिक्षाले विविधताको सट्टामा होइन विविधतामै एकता कायम गर्न मद्दत गर्छ ।’

म्युजिक भिडियोकोमोह

  • by

आधुनिक गीत, लोकगीत, लोकदोहोरी, पपगीत, रायप, हिपप जनचेतनाका गीतहरू, बालगीतहरू, राष्ट्रिय गीतहरू मात्र नभई भजन, धार्मिक गीतहरूसमेत म्युजिक भिडियो निर्माण गरी विभिन्न टेलिभिजन च्यानलमा प्रसारण गर्ने गरेका छन् ।

स्रष्टाहरु गुमाउँदाको पीडा

  • by

पोहोर चैत १० गते तेस्रो आयामका त्रिमूर्तिमध्येका एक अर्थात् एउटा आयाम ईश्वरवल्लभलाई गुमाएपछि लागेको थियो अब नयाँ वर्ष २०६५ मा हामीले यस्ताखाले पीडा क्रमै व्यहोर्नु पर्ला । लाग्नु-नलाग्नुको अर्थ हुँदो रहेनछ, हिँड्दा हिँड्दैको मान्छे पनि जाँदो रहेछ, उमेर नपुग्दै पनि जाँदो रहेछ, दुर्घटनामा परेर पनि जाँदो रहेछ । मानौँ २०६५ सालमा साहित्यिक क्षेत्रमा पहिरो गएको गए नै भयो । २०६५ सालको पहिलो महिना नै साहित्यकार भरतराज पन्तलाई गुमायौँ हामीले । रमेश विकल, रत्नाकर देवकोटा, अग्निशिखा, श्रीभद्र शर्मा, कुमार ज्ञवाली, कुन्तीदेवी भट्टराई, शारदा अधिकारी (ढकाल), रूद्र खरेलजस्ता स्रष्टाहरू गुमाउनु परेको वर्ष रहृयो । २०६५ ।

मखमलीका राजाहरू

मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो ।

डेनमार्कका नेपालविद् हायन्स जोर्गेन्सन्

  • by

जिन्दगीमा हिमाली भूमि नेपालमा कहिल्यै नआई तथा कुनै पनि नेवारसँग प्रत्यक्ष भेटघाट नै नगरी जर्मनको लोकसाहित्य सङ्ग्रहालय तथा अक्सफोर्ड विश्वविद्यालयको राजकीय पुस्तकालयमा उपलब्ध नेपालभाषाका पाण्डुलिपिहरूको स्वतन्त्र अध्ययन गरी बीसौँ शदीको मध्यभागतिर युरोप महादेशमा नेपालभाषाको प्रचार प्रसारमा महìवपूर्ण योगदान दिनेहरूमा एकजना प्रमुख हुनुहुन्छ- डेनमार्कका डा. हायन्स जोर्गेन्सन । उक्त काममा उहाँले निर्वाह गर्नुभएको महìवपूर्ण भूमिकालाई ध्यानमा राखेर नै उहाँलाई नेपालविद् भनिएको हो ।

दस हजार तालको राज्यमा घुम्दा

  • by

छोरा प्रज्वलमानको आतिथ्यमा यसपालिको ‘समर सिजन’ मिनेसोटा राज्यको सेन्ट पल सहरमा, उसको आमासँगै उसैकहाँ हामी छुट्टी मनाइरहेका थियौं । छुट्टीको दौरान मिनेसोटा राज्यको प्रायः केही रमणीय ठाउँहरू घुमियो । यस राज्यलाई दश हजार तालहरूको राज्य भनिँदो रहेछ । राज्यको चिनारी भनेकै त्यही दश हजार तालहरू रहेछन् । हुन पनि घरबाट निस्केर १०।१५ मिनेटको ‘ड्राइभ’ मा नै चार-पाँचवटा ताल बाटोवरपर देखिन्छन् । आफूले देखेका तालहरूमा राज्यको उत्तरतिरको सहर दुलुथको सुपेरियर लेक एक हो । नामले लेक भए पनि यो ताल समुद्र जस्तै विहङ्गम छ । ताल फैलिएर राज्यको तलतिर पर्ने शिकागो राज्यको तालसम्म फैलिएको छ । अरू नजिकका रमणीय तालहरूमा मिनेटोङ्का, क्यालहन, हेरियट, माइल लेक र रामसे बीच रहेका छन् ।

मनको उज्यालामा तरंगीत सङ्गीतयात्रा

  • by

संसार कस्तो छ भौतिक आँखाले उनले देखेका छैनन् । मनको आँखाले भने उनी यो जीवनलाई गीत-सङ्गीत जस्तै अनुपम ठान्छन् । बाहिरी संसार अँध्यारो भए पनि भित्री संसार भने उनका लागि उज्यालो छ । उनी अर्थात् दृष्टिविहीन गायक कृष्णभक्त राई सङ्गीतका बेजोड शिल्पी हुन् । २०५२ सालदेखि नेपाली सङ्गीतको क्षेत्रमा निरन्तर समर्पित कृष्णभक्तलेे छ सय गीतमा स्वर र दुई सय गीतमा सङ्गीत दिएका छन् ।

कस्तो हुनुपर्छ भाषानीति ?

  • by

भाषाको वर्चस्व समाजको स्वैच्छिक अवलम्बन, विनिमयको बाध्यात्मक आवश्यकता र प्राज्ञिक सम्प्रेषणका आधारमा कायम रहेको हुन्छ । कुनै खास कालखण्डमा कुनै खास भाषाले सामाजिक जीवनमा सांस्कृतिक, आर्थिक र वैयक्तिक प्रभाव पारेको भए पनि त्यही भाषा सदासर्वदा सबै ठाउँ सबै जाति वा राष्ट्रमा प्रचलित भइरहन सक्दैन । बुद्धको समयमा संस्कृतभाषा उन्नतिशील अवस्थामा थियो तर त्यसको वर्चस्व कायम भएको थिएन त्यसो हुँदा बुद्धले पालीभाषा अँगाले ।

उपेक्षित नहोऊन् किराती भाषा

  • by

पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा दोलखा, रामेछाप र सिन्धुली वल्लो किरातमा पर्छ भने सुनकोसी देखि अरुण नदिसम्मका भाग माँझ किरातमा पर्दछ ।

मृत्युभन्दा पनि पर पुग्नु भएको छ शशि

  • by

६ दशकको उमेर पनि छुन पाउनु भएन वासुशशिले झण्डै दुई दर्जन कृति छाडेर वि. स. २०४९ सालको चैत ४ गते उहाँको निधन भयो । बाँचुञ्जेलको समय विविध क्षेत्रमा लगाएर सक्रिय जीवन बाँच्ने वासुशशि अन्तत उहाँले भने जस्तो उहाँका पाठकहरूले उहाँका रचना कृति मार्फत उहाँलाई सझिरहेका छन् ।