आत्मदाह छाडेर ‘माधवी’ लेखेँ
जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित डराउनु हुँदैन । त्रास वेगरको सङ्घर्ष वेगर जीवनलाई के जीवन भन्ने ?
