Skip to content

गोरखापत्र

अनेक आयाम छन् किराँत चाडका

  • by

अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए ।

एउटा चमत्कारी स्रष्टा

  • by

केटाकेटीलाई पनि साथी बनाउने खुवी भएका, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत कमाएका र प्रौढसँग पनि आत्मीयता जोड्न सिपालु स्रष्टा थिए — धुस्वाँ सायमि । धुस्वाँ सायमिको जीवनको मूख्य विशेषता आˆनो उमेरलाई समेत जित्न सक्ने उनको मन थियो । उनी मनका पूँजीपति थिए । त्यसैले उनी मनैले अरूको मन सजिलै जितिदिन्थे । उनको जित्ने कलाका कारण म पनि कैयौँचोटि उनीसँग हारेको थिएँ । किनभने कुनै बेला म पनि आफूभन्दा तेईस वर्ष जेठाको साथी थिएँ तर क्रमशः म उनको साथीबाट चाहिं टाडिन थालें ।

स्रष्टाहरु सर्वत्र

  • by

साहित्यमै मात्र केन्दि्रत रहेर एउटै क्षेत्रमा सीमित हुने स्रष्टाहरू निकै कम भेटिन्छन् । प्रायः स्रष्टाहरू जागिरे जीवनमै संलग्न भएको बढी पाइन्छ । व्यापार-व्यवसायमा धेरै कम स्रष्टाले हात हालेका छन् । राजनीति गर्दै साहित्य लेख्ने र साहित्य लेख्दै राजनीति गर्नेहरूको सङ्ख्या चाहिँ उल्लेख्य छ । डाक्टरी पेशा, कलाकारिता, अभिनय, पत्रकारितामा लाग्ने साहित्यकारहरू पनि छन् । म

ऋग्वेदमा देवीदेवता

म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।

पाणिनि र पणेना

  • by

संस्कृतभाषा र साहित्यको क्षेत्रमा पाणिनीय अष्टाध्यायी -व्याकरण को स्थान शरीरमा प्राण जत्तिकै गहन र अन्योन्याश्रति छ । अझ साँच्चै भन्ने हो भने केही समयका लागि प्राणविनाको शरीरको त कल्पनासम्म गर्न सकिएला । तर पाणिनीय अष्टाध्यायीविनाको संस्कृतभाषा साहित्यको त त्यतिसम्म पनि सकिन्न । महामुनि पाणिनिद्वारा विरचित अष्टाध्यायीमा आठ अध्याय, प्रत्येक अध्यायको चारचार पाउले गरी ३२ पाउ र तीनहजार ९९५ सूत्र छन् र यिनै सूत्रभित्र नै संस्कृतभाषाका सबै शब्द अडेका छन् ।

नाट्य परम्परागत नयाँ युग

  • by

नेपाली साहित्यमा माध्यमिक कालको विशिष्ट स्थान रहेको छ । प्राथमिकताकालीन भक्तिधारा अन्तरधाराका रूपमा रहे पनि शृङ्गारिक संचेततानै मूल प्रवाहका रूपमा रहृयो । शृङ्गार युगका प्रवर्तक बहुआयामिक प्रतिभाका स्रोत मोतिराम भट्ट हुन् । उनले नै नेपाली नाट्य परम्परामा रूपान्तरण नाटकको आविर्भाव गरेका हुन् । मोतीराम भट्टको चर्चा गर्दा शम्भुप्रसाद ढुड्ढेलको पनि प्रसड्ढ आउँछ, तर यी दुबै कवि बीच समयको ठूलो अन्तर रहेको छ ।

सक्रियता देखाउँदा देखाउँदै जानुभयो शारदाजी

  • by

उमेरले केही गरौँ र सक्दो गरौँ भन्ने भावनाले शारदा अधिकारी -ढकाल) को सक्रियता साहित्यिक क्षेत्रमा यता केही वर्षदेखि बढ्न थालेको थियो । लेखन, सम्पादन, साहित्यिक सङ्घ संस्थामा संलग्नता आदि माध्यमबाट नेपाली भाषा र साहित्यमा सक्रिय शारदा अधिकारीको पेशा पनि नेपाली भाषा प्राध्यापनमै थियो । उमेरले साथ दिए पनि, रोगले नगाँजे पनि दुर्घटनामा परेर उहाँले आˆनो जीवन अल्पायुमै गुमाउनु पर्‍यो । उहाँको ४३ वर्षको उमेरमै मोटरसाइकल दुर्घटनामा परेर काठमाडौँमा निधन भयो ।

नेपाल भूमिका गौरव महाकवि विद्यापति

  • by

नेपाली इतिहास र राजनीतिको प्रसड्ढ चल्दा काठमाडौंलाई र साहित्यको प्रसड्ढमा नेपाली भाषालाई मात्र सम्झने कमजोरी नेपाली बौद्धिक समुदायमा व्यापक छ । नेपाल एकीकरण हुँदाको अघि र पछि वर्तमान नेपालको भूभागभित्रका विभिन्न ठाउँमा राजनीति, दर्शन, शिक्षा, भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा निकै महत्त्वपूर्ण काम भएका थिए । ती सबै क्षेत्रतिर हाम्रो ध्यान पुग्न नसक्दा हामी आˆनै देशको इतिहासका अनेकौं गौरवमय पक्षबाट अवगत हुन सकिरहेका छैनौं । नेपालका सबै क्षेत्रको र सबै जाति-भाषा-संस्कृतिको इतिहास र वर्तमानको योगदानतिर अध्ययन गहिर्‍याएर राष्ट्रको ऐतिहासिक गरिमालाई प्रकाशमा ल्याउनु आवश्यक छ ।

साहित्यसँगै राजनीति पनि

  • by

साहित्य र राजनीतिलाई सँगैसँगै समन्वयात्मक ढङ्गले अघि बढाउन चाहने कवि केदारमान व्यथितको जन्म वि. सं. १९७१ साल कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारको गाउँ बाँसबारी बाहुनेपाटीमा भएको हो । सानैमा पिताजीसँग काठमाडौँ आउनुभएका व्यथितको औपचारिक शिक्षा नेपाली तीन पास मात्र हो, तर उहाँमा जन्मजात कवि-प्रतिभा थियो र त्यसलाई उहाँले स्वाध्ययन र साधनाले उकास्नुभयो । सारांशमा उहाँ आˆनो निर्माण आफैँले गर्नुपर्छ भन्ने विचारका व्यक्ति हुनुहुन्छ ।

भन भन देउसे को थिए बलि राजा ?

  • by

दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।

रामायणको समाजशास्त्र

  • by

एक्काइसौ शताब्दीको नया नेपाललाई आजभन्दा तेइस सय वर्ष पुरानो भारतवर्षका धर्म, संस्कृति र परम्पराले मार्गनिर्देश गर्न सक्छन् ? के संसारको कान्छो लोकतान्त्रिक गणतन्त्रका लागि राजतन्त्रका थोत्रापुराना मूल्यमान्यता र सामन्तवादी नीति र आचारविचार उपयोगी हुन सक्छन् ? न्याय, सत्य र शान्तिको विजयका लागि भन्दै महिषासुर र रावणको हत्याको खुसियालीमा ‘लोकतान्त्रिक गणतन्त्रको पहिलो बडादसैा’ धुमधामसाग मनाएका नेपालीजनले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो ।

चौबीसै घण्टा जहाजमा यात्रा !

  • by

ब्ल्याक सी मा कैयौ बिहान मैले बिताएको छु तर अहिले त्यो सम्झनाको गर्भमा छ । केही दशकको अन्तरालपछि फेरि यता केही वर्षदेखि समुद्रले मलाई लोभ्याउन थाल्यो । यो पछिल्लो नोस्टाल्जियाको केन्द्र त्रिवेन्द्रमको कोभलामबीच भएको छ ।

व्यङ्ग्य ‘विवाह’

  • by

यो त हामीले सुनीआएका छौ कि विवाह गरेको पहिलो वर्ष श्रीमानको लागि श्रीमती चन्द्रमुखी हुन्छिन् । दोस्रो वर्षमा श्रीमती सूर्यमुखी बन्छिन भने विवाहको तेस्रो वर्षदेखि श्रीमती ज्वालामुखी बन्छिन् । त्यस्तै हामीले सुन्न नछुटाएको अर्को कुरो के पनि हो भने विवाहको पहिलो वर्ष पति बोल्छन्, पत्नी सुन्छिन्, दोस्रो वर्ष पत्नी बोल्छिन, पति सुन्छन्ः अनि विवाहको तेस्रो वर्षदेखि पति, पत्नी दुवै बोल्छन् अनि छिमेकीहरू सुन्छन् । यी कुराहरू कति सत्य हुन् कति असत्य, त्यसको व्याख्या त व्यक्ति विशेषमा भर पर्छ, तर के चाहिा सत्य हो भने प्रेम अन्धो हुन्छ अनि विवाहले केही वर्षमै आाखा खोलिदिन्छ । सायद, त्यसैले भनिएको होला – “प्रेम विवाहको उषा हो भने विवाह प्रेमको सूर्यास्त ।”

उपेक्षित स्रष्टा कुमार ज्ञवाली

  • by

लेख्नेहरू लेखिरहेका छन् तर कुमार ज्ञवालीको बारेमा कतै केही लेखिएन, टेलिभिजन, रेडियो, एफ. एम.बाट समाचार प्रवाह भइरहेका छन् तर कुमार ज्ञवालीबारे कतै केही सुनिएन । छापामाध्यमले पनि कुमार ज्ञवालीबारे एक शब्द खर्चेको छैन, समवेदना छापिएर पत्र-पत्रिका प्रायः भरिभराउ हुन्छन् तर कुमार ज्ञवालीप्रति श्रद्धाञ्जलि दिने औपचारिकता समेत कसैले देखाएन । न नेता, न अभिनेता, न कुनै राजनीतिसँग गाँसिएको मान्छे । न चाकडी गर्न जान्ने त्यसैले एक सक्रिय व्यक्तित्व, सफल साहित्यकारको निधन पनि समाचार बन्न सकेन, न कसैले उहाँको बारेमा कलम नै चलाए ।

मनै लोभ्याउने दूधकुण्ड

  • by

सोलुखुम्बुको सल्लेरीबाट सोलुखोलाको किनारै किनार विविध वन वनस्पति, खोला खोल्सा तथा अन्य प्राकृतिक छटाहरूले सुसज्जित अन्दाजी १५ कोसको यात्रा पार गरेपछि दुधकुण्ड पुग्न सकिन्छ । सोलुखुम्बुको ‘टाकसिन्दु’ गा.वि.स. वडा नं. ८ मा अवस्थित ‘नुम्बुर हिमाल’ -६९५७ मि.) को काखमा अवस्थित पवित्र तीर्थस्थल दूधकुण्ड । जसको रङ सेतो भएको कारण यो पोखरीको नाम दूधकुण्ड रहेको हो ।

मनोरम मनाङ

  • by

वि.सं. २०६१ मा ‘मनाङ गन्तव्य अभियान’ सञ्चालन भएका बेला बाटोघाटो, खानेबस्ने तथा शान्ति सुव्यवस्थाको अभावका कारण मुश्किलले ७० जना पर्यटकहरू मनाङ पुगेका थिए । अनन्त प्राकृतिक छटालाई आकर्षणको प्रमुख माध्यमका रूपमा उपयोग गर्दै स्थानीय जीवनस्तर उकास्न र स्थानीय गन्तव्यको प्रवर्द्धन गर्न मनाङ युवा समाजले मनाङ गन्तव्य अभियान आयोजना गरेको थियो ।

विजय थापाः सलाईका काटी र क्यान्भास

  • by

मध्य दिन, नेपाल ललितकला संस्था (नाफा)को कौशीमा राणाकालिन दरबारको एक खोपी भित्र रेडियोमा मधुर सङ्गति बज्दै थियो । विजय थापा साग धेरैपल्ट विभिन्न कार्यक्रममा भेट भैरहन्थ्यो तर खासै राम्रो चिनजान थिएन । पेन्टिङ्गमा प्रयोग गरिने सलाईको काटी बारे निकै उत्सुक्ता थियो । कहिले स्वधर्मी कहिले विधर्मी रङ्ग र तुलिकाघात -(ब्रश स्ट्रोक) को रहस्य जान्ने उत्सुक्ताले नाफामा पुर्‍याएकोे थियो । क्यान्भासमा घोरिएर काम गर्दै गर्दा विजय थापालाई नमस्कार शब्दले झस्काएछ क्यार उहाा हऽऽऽ भन्दै पछाडी र्फकनु भयो अनि सम्वाद सुरु भयो । जिज्ञासा सागै विजय दाईका ब्रश र मुख सागसागै चल्दै थिए ।

गणेशमान सिंहको नेपालभाषा प्रेम र त्यसको विकासमा उहाँको महान् देन

  • by

वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनका उज्ज्वल नक्षत्र गणेशमान सिंह श्रेष्ठ नेपालका शीर्षस्थ राजनीतिक व्यक्तित्वमध्ये एकको रूपमा विश्व-प्रसिद्ध हुनुहुन्छ तर उहाको मातृभाषाप्रति अगाध प्रेम र त्यस भाषा (नेपाल भाषा) र त्यसको साहित्यको विकासमा उहाले दिनुभएको महान् योगदानबारे धेरैलाई थाहा नभएकाले त्यस पक्षलाई स्पष्ट पार्ने केही घटनाहरू स्मरण गरेको छु ।

मरूभूमिको साग र डलर नचल्ने विमान

  • by

बाहिर मुसलधारे पानी परिरहेको थियो । साउनको महिना । इन्द्रेदेव धरतीलाई खुशी भएर सेचन गर्दै थिए । दिल्लीको ट्रफिक, त्यसमाथि पनि पानी परेर सडकहरू जलमय भएका बेला त घन्टौ लाममा बस्नुपर्ने हुन्छ । त्यसैले दिउसो बाह्र बजेको जहाज भएतापनि म साढे आठ बजे नै अतिथि गृहबाट हिडे । गाडी कुनै रोकावट बिना नौ बजे नै विमानस्थल आइपुग्यो । बोर्डिङ् पास लिने मै पहिला भएछु । तल प्रतीक्षालयमा गएा । त्यहाा मबाहेक अर्को कुनै यात्रु थिएन ।

अल्पायुका अमर व्यक्तित्व

  • by

भाषा, साहित्य, कला र संस्कृति एक स्वाभिमानी राष्ट्रका अमूल्य निधि हुन् । यी अमूल्य निधिहरूको संरक्षणमा प्रथमतः देशवासी नागरिकहरूको सर्वाधिक दायित्व रहन्छ । यिनै मूल्य, मान्यता, महत्त्व र मर्मलाई बुझ्ने जिउदा पारखीहरूको जन्म भने लाखौमा एक पनि मुस्किलले हुने गर्दछ । लाखौमा जन्मेका यी बहुआयामिक व्यक्तित्वहरूका इच्छा, आकाङ्क्षा , मनोभावना, विवेक र विचारको महत्त्वलाई सहजै स्वीकार गर्ने जनसमूह झन् त्यति नै दुर्लभ र अभावपूर्ण स्थितिमा रहेको प्रतीत हुन्छ । त्यसैले नेपाली समाज र परिवेशबाट अलिकति पनि टाढा नरहेर कलिलै उमेरमा भाषा, साहित्य, समाज र राष्ट्रको गौरवमय छविलाई चरम शिखरमा पुर्‍याई अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम भट्ट नेपालीका ढुकढुकी हुन् ।