Skip to content


नेपाली साहित्यमा लघुकथा लेखनको इतिहास लगभग सय वर्षको भए पनि सङ्ग्रह प्रकाशनको बाढी भने पछिल्लो दशकमा आएर भएको छ । जुनसुकै विधामा कलम चलाउनेले पनि लघुकथालाई समातेकै छन् । लघु कथाको पनि विधागत संरचना, स्वरूप, आकार र स्पष्ट बाटो बनिसकेको छ तर सबै लघुकथाकारले त्यसलाई समातेर लेख्न सकिरहेका छैनन् । औँलामा गन्नुपर्ने साहित्यकारहरूमात्र होलान्, जो लघुकथामा सीमित छन । अर्थात् सुमन सौरभ केवल लघु कथाकार मात्र हुन् र आˆनो दोस्रो लघुकथा सङ्ग्रह ‘पराई विचार’ लाई पाठक समक्ष ल्याएका छन् ।

लघुकथा ‘पराई विचार’ मा अठ्तीस वटा लघुकथाहरू सङ्ग्रहित छन् । वरिष्ठ आख्यानकार डा. धु्रवचन्द्र गौतम र भाउपन्थीको भूमिका र तुलसीहरि कोइरालाको सम्पादनमा सजिएको ‘पराई विचार’ भित्रका लघुकथाहरू आम लघुकथाका भन्दा भिन्नखालका छन । लघुकथामा जीवन, दर्शन र विचारको त्रिवेणी एकातिर पाइन्छ भने अर्कोतिर उनले पाठकलाई पनि आ-आˆनो बुझाईअनुसार लघुकथा ग्रहण गर्ने सुविधा दिएका छन् । लघुकथाकार स्वयंले परिणाम निकालिदिएर छ्याड्ढ बनाउनुभन्दा पनि पर्दाभित्रै राखेर पाठकले आˆनो सुविधाअनुसार पर्दा हटाउँदा प्रभावकारी भूमिका पाएको पाठकीय अनुभव बन्न सक्छ । लघुकथा भनेको कथाको सूक्ष्म रूप होइन र चुट्किलाजस्तो पढेपछि ‘हा हा’ हुनुपर्ने पनि होइन । लघुकथाका माध्यमबाट पनि विचार प्रवाह गर्न सकिन्छ भन्ने यस सङग्रहबाट सौरभवले देखाएका छन् । भूमिकामा डा. धु्रवचन्द्र गौतम लेख्छन् -“कथहरूमा थालनी र अन्त्यको एउटा सूक्ष्म सम्बन्धलाई उनले कलात्मकरूपमा निर्वाह गरेका छन् । कथाहरूमा मनोवैज्ञानिकताको राम्रो प्रयोग छ । प्रायःजसो कथा आजको जीवनमा देखापरेको सम्बन्धको जटिलतालाई केलाइएको छ । स्वैर कल्पनाको प्रयोग पनि केही लघुकथामा भएको छ ।” भाउपन्थीको दृष्टिकोण यस्तो छ “पराई विचारको पठन र विश्लेषणबाट नेपाली समकालीन लघुकथालेखनको उकासिँदो नवीनरूप र भड्ढमिा कस्तो छ र कस्तो हुनसक्छ भन्ने आभास हुन्छ । संरचनागत विशेषता र विवशता दुवैमा कुशलतापूर्वक निर्वाह गर्दै आˆना लघुकथालाई बढी प्रभावकारीरूपमा लेख्ने दक्षता देखाएका छन् ।”

सङ्ग्रहको शीर्षक बनेको ‘पराई विचार’ लघुकथामा एक समाजसेवीको निधन हुन्छ । उसको मृत्युपछि उसका अड्ढहरू इच्छापत्रअनुसार दान गरियो । मरेका व्यक्तिले आफू जुन अड्ढले काम नगरेर मरेको थियो त्यही अड्ढ फेरेर उठ्यो समाजसेवीका सबैअड्ढ सकिए र धेरैले जीवन पाए तर उसको दिमाग चाहिँ बे्रनहृयामरेज भएर मरेका कसैले पनि लिन चाहेनन् । अर्थात् अर्काको विचारमा कोही पनि बाँच्न चाहँदैन । हत्या-हिंसा मच्चाउन आफैँ मान्छे र शान्ति कामना गर्दै परेवा उठाउने पनि उही मान्छेको कामलाई ‘मूर्खता’ कथाले देखाएको छ । मड्ढल ग्रहमा पुगेको मान्छेलाई किन आइस् भनेर सोध्दा यहाँ जीवनको अस्तित्व छ कि छैन भनेर अनुसन्धान गर्न आएको भन्छ । उसको ब्पृथ्वीमै जीवनको दुर्दशा छ भने यहाँ पत्ता लगाएर के पो गर्लास् भनेर खिल्ली उडाउँछन् ‘यक्ष प्रश्न’ मा जातीय विभेदका कारण बच्चाले जन्मिन नचाहेको विषय ‘वितृष्णा’ मा, पृथ्वीमा अपहेलित र प्रदुषित भएका पर्यावरणीय वस्तुहरू विस्थापित भएर चन्द्रमामा पुगेको प्रसड्ढ “शरणार्थी” मा र अङ्ग विनाको मान्छेको जीवन कस्तो होला भन्ने कल्पना गरिएको “अङ्गहरूको हत्या’ शीर्षकको लघुघथा ज्यादै रोचक र सन्देश सम्प्रेषणीय छन् । सङ्ग्रहका सबै लघुकथाले आ-आफूले उठाएको विषयवस्तु जुधेको झिनोसम्म पनि आभास हुँदैन । पशुहरूको दसैँँको रोचक पक्ष, राजतन्त्रको अन्त्यको प्रतिकात्मक कथा ‘राजा’, बन्द गर्ने संस्कृतिको विरोधको कथा ‘बन्द’ पढ्दा नयाँ शैली र सोच पाइन्छ ।

लघुकथाकार सुमन सौरभ आख्यानात्मक रोचकतामा मानवीय आकाङ्क्षा, अन्धविश्वास, विभेद, स्वार्थ र व्यक्तिप्रधान सोचका कारण उब्जिएका समस्याहरूप्रति केन्द्रीत छन् । तार्किक शैलीले लघुकथालाई मीठासपूर्ण बनाएका छन् । व्यङ्ग्य छन् । तार्किक शैलीले लघुकथालाई मिठासपूर्ण बनाएका छन् । व्यङ्ग्य त लघुकथाहरूमा हुने तत्वभित्रै पर्छ, त्यसभन्दा बढी उनका लघुकथामा द्वन्द्व, स्वैरकपना, राजनीतिक र सांस्कृतिक प्रदूषण, वैचारिक विचलन लगायतका विषयवस्तुहरू समेटिएका छन् । लघुकथाका क्षेत्रमा ‘पराई विचार’ कोशेढुड्ढा सावित हुन्छ । युवक श्रेष्ठका स्केच चित्रहरूले लघुकथालाई पठनीय बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *