Skip to content

गोरखापत्र

कल्पनाको क्यानभासमा बन्दीपुर

कल्पनाको क्यानभासमा निकै समयदेखि सजिएको सुन्दर बन्दीपुरलाई अन्ततः भेट्न जाने यात्राको सुरूवात भएरै छाड्यो २०६६को जेठ महिनाको एक बिहान । त्यो बिहानी सदाझैं सामान्य भए पनि मेरा लागि अलि बिशेष थियो, कारण म धेरै समयदेखि यसै दिनको प्रतीक्षामा थिएँ । मनमनै गद्गद् हुँदै गोङ्गबु बसपार्कबाट यात्रा आरम्भ भयो मेरा केही मित्रहरूसँग ।

खल्तीबाटै चल्छन् साहित्यिक पत्रिका

  • by

एक सय ११ वर्ष भनेको एउटा युग । एउटा सिड्ढो युग हाँकेर यहाँसम्म आइपुगेको साहित्यिक पत्रकारिता अझै धरमरको स्थितिमा छ । समय प्रवाहसँगै प्रगति हुने हो भने साहित्यिक पत्रकारिताको स्थिति अहिले अत्यधिक प्रगति भएको अवस्थामा हुने थियो । जति जति समय बढ्दै गयो साहित्यिक पत्रकारिता त्यति त्यति दुर्गतितिर उन्मुख भइरहेको छ । न सरकारी नीति न सकारात्मक दृष्टिकोण, न कुनै सहयोग । मानौँ साहित्यिक पत्रकारिता भनेको त्यसका सम्पादक र प्रकाशकको रूचिको मात्र विषय हो । यसबाट मुलुकलाई केही लिनुदिनु छैन ।

सीमित आदिवासी असीमित लोकबाजा

  • by

सिमान्तकृत आदिवासी जनजातिका प्रदर्शनकारी लोककलामध्ये जातीय लोकबाजा पनि एक हो । हुन त भेक, भाका र जातीय भाषामा आधारित गीत, नाच, लोकनाटक आदि प्रदर्शनकारी लोककला अन्तर्गत नै पर्दछन् । जसको समग्र अध्ययन-संरक्षण हुनसकेको छैन ।

सेनामा छँदै राणाविरुद्ध जाइलागेँ

  • by

बाबु बुधशम्सेर राणा र आमा मोहनकुमारीको पाँचौ अर्थात् कान्छो सन्तानको रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ सालको असार २२ गते मेरो जन्म भएको हो । मेरो बाजे पाल्पाको बडा हाकिम भएर त्यता बस्दा हाम्रो परिवार उतै थियो र त्यसैबखत मेरो जन्म पाल्पामा भयो र ६ महिनाको शिशुअवस्थामै म थापाथली (काठमाडौँ) ल्याइएँ । सम्पन्न राणा परिवारमा कान्छो छोरोको रूपमा जन्मिएकोले मेरो बाल्यकाल कुनै कमी नभई बित्यो

स्त्री मोह, डी.पी. भण्डारी र रोटीको जोहो

  • by

डोटीको निरौलीमा वि.सं. १९९३ मा जन्मेर काठमाडौँमा स्थायी बसोबास गर्ने दुर्गाप्रसाद डी.पी. भण्डारीका नामले नेपाली निबन्ध क्षेत्रमा परिचित छन् । त्रिभुवन श्विविद्यालयमा लामो समयसम्म अङ्ग्रेजी साहित्यको प्राध्यापन गरेपछि अहिले उनी अवकाशप्राप्त जीवन व्यतीत गर्दैछन् । लेखनकार्यमा सक्रिय उनको मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०) र रोटी र फूल (२०६३) तीन निबन्धसङग्रहले समकालीन विषयहरूको बौद्धिक विश्लेषण गरेको छ ।

लामखुट्टेलाई टोकाउनुभन्दा रातभरि कविता लेख्थेँ

  • by

राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म हुनुभयो । जुन उहाँको गुप्ततवरको योगसाधना, त्याग, समर्पण, इमान्दारीता, सङ्घर्ष र दुखलाई सहजै टेक्नसक्ने क्षमता नै हो दुःख ।

भाषिक नीति आदिवासी जनजातिको जिम्मेवारी

  • by

ठूलो सङ्ख्यामा मानिसहरुको सामूहिक हत्या गरेमा त्यसलाई नरसंहार, कुनै खास जातिका धेरै मानिसको एकसाथ हत्या गरिँदा जातिसंहार भनिएजस्तै कुनै भाषा बोल्नेलाई प्रत्यक्ष हत्या नगरी पहिले तिनको भाषालाई मार्ने र त्यसको परिणामस्वरूप सो भाषाका वक्ताहरूको अस्तित्व नाश गराउने नीति लागू गरेर केही देशका सरकारहरूले भाषिक संहार गरिरहेको पाइन्छ, यसैमा नेपाल सरकार पनि पर्दछ ।

दलित साहित्यको सौन्दर्य

  • by

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको चौथो बृहत राष्ट्रिय सम्मेलन वैशाख १ र २ गते काठमाडौंमा सम्पन्न भयो । निनु चापागाईद्वारा लिखित ‘नेपालीमा दलित साहित्य र समस्या’ कार्यपत्र प्रस्तुत तथा दलित साहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि छलफल सम्मेलनको सार थियो । कार्यपत्रमा उल्लेखित ‘नेपालमा दलित साहित्यको मूल्याङ्कन पारम्परिक मानदण्डहरूका आधारमा हुन सक्दैन र पारम्परिक सौन्दर्यशास्त्रका मानदण्डहरूभन्दा भिन्न दलित साहित्यका निम्ति अलग्गै खालको सौन्दर्यशास्त्रको आवश्यकता पर्दछ भन्ने धारणाले टाउको उठाईसकेको छैन’ भन्ने अंशले अब नेपाली दलित साहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि बहस भएको छ ।

दौड र परिक्रममा पछि

  • by

लेखनको मापदण्ड लेखनसँगै गाँसिन्छ कि अर्थोकसँग गाँसिन्छ । प्रश्नै गर्न नपर्ने कुरो हो यो । लेखनको माध्यमबाटभन्दा अर्कोकबाट चर्चित र वरिष्ठ हुनेहरूको स्रष्टालाई । लेखनलाई धर्म र कर्म माने पनि धर्म र कर्मको मर्म नबुझ्नेहरूले गर्दा सत्यसत्य भन्नैपर्छ- ‘लेखन’ लेखनका माध्यमबाट मात्र चर्चामा आउँदोरहेनछ । लेखनलाई धर्म र कर्म बनाएर निरन्तर ५० वर्षदेखि साधानारत मोहनराज शर्मा पनि सहजै भनिदिनुहुन्छ-“लेखन त एकतर्फी मात्र भयो, त्यसलाई जोड्ने काम त सञ्चार जगत्ले नै गर्छ ।”

नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

  • by

तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए र राजनीतिक पार्टीहरू पनि साप्ताहिक अखबारहरूमा पार्टीहरूको नाम अघिल्तिर पु. लेखेर आफ्नो अस्तित्व देखाउन सक्ने हैसियतमा पुगेका थिए । पु.नेपाली काँग्रेस, पु. नेपाल कम्युनिस्ट पार्टी भनेर लेखिन्थे साप्ताहिक छापाहरूमा । जनमतसङ्ग्रह अगाडिको गाउँफर्के आतङ्कको दाँजोमा यो पर्याप्त फराकिलो दायरा लाग्थ्यो त्यतिबेला ।

छेपाराहरू र प्याज छोडाउने संस्कृति

एक हप्ता भयो निदाउन कठिन भएको । मेरी प्राण प्यारी अर्धाड्ढनिी खै. गर्दछिन् रत म अवाक रहन्छु । निन्द्रा नपर्नुको चुरो कुरो आफैँले केलाउन हम्मे परिरहेकेको थियो । स्वाभाविक छ श्रीमतीले शङ्का गर्नु । कतै मेरा खसमले आफ्ना निम्ति साँचेको माया खण्ड खण्ड गरी वितरण त गर्दै छैन ? त्यस्तो पो सोचिरहेको हुनुपर्छ भन्ने लाग्छ । मनमस्तिकले मलाई निन्द्रा नपर्नुको कारण खोजिरहेका थिए । केस्राकेस्रा गरी केलाउन लागेँ र सम्भिmन खोजेँ त्यसदिनदेखिका घटनाहरू, जुन दिनदेखि आफूलाई मैले असजिलो प्राय ठानेको थिएँ ।

नयाँ दुलहीको घरखाने मेसो

  • by

दिक सनातन धर्मपद्धति अनुसार गरिने मुख्य सोह्रवटा संस्कारहरू छन् । तिनमा जन्मपूर्व गरिने गर्भाधानदेखि लिएर मृत्युपश्चात् गरिने अन्त्येष्टिसम्म पर्दछन् । यीमध्ये मानवजीवनमा महìवपूर्ण स्थान राख्ने संस्कार र विधिको खिल्ली उडाउनेहरू पनि विवाह गरेर नारीलाई श्रीमती वा बुहारीका रूपमा घर भित्र्याउने परम्परा अँगालिरहेकै देखिन्छ । छोरा हुनेले छोरी हुनेसितबाट मागेर तिनका मुटुका टुक्रालाई घरमा भित्र्याएका छन् ।

लुम्बिनीः अशोकको पहिलो धर्मयात्रा

  • by

प्राचीन भारतमा थुप्रै राजा महाराजाहरू इतिहासका पानाहरूबाट बिलाए । यीमध्ये राज्य बुद्धको जिवनकालमा गरे र बौद्धधर्मको उत्थानमा महत्वपूर्ण रूपले सघाए पनि । यो सिलसिला राजा हर्षवर्धनको काल (६०६ ई.) र त्यसपछि पाल र सेनकालसम्म कायम थियो । बौद्ध धर्मबाट मात्र मानव कल्याण सम्भव हुनसक्ने महसुस गर्न पुगेका राजा अशोकले, कलिंगयुद्ध पश्चात तत्कालीन स्थानीय बुद्ध धर्मलाई जनजनमा पुर्‍याई विश्वधर्मको रूपमा स्थापित गर्न सम्पूर्ण जीवन समर्पित गरे ।

नियति

  • by

एउटा वृहत् चोक । धेरै बाटाहरू । मलाई थाहा छैन कुन बाटो कहाँ जान्छ । मेरो लक्ष्य, मेरो चाहना केही थाहा छैन मलाई । मेरो जीवनको हरेक निर्णय पहिले बाबा आमा गर्नुहुन्थ्यो, पछि सदीक्षाले गरी, आज मेरो पालो छ….. ।

मन्त्रिनीलाई मन्त्रीको मन्त्र

  • by

मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो । तपाइ भन्नु होला महाशय! संसारभरि नै मान्यताक्रमका भाषा नभएका छैनन् तर हाम्रोमा कुनचाहिँ बुद्धि खुस्केको एनजीओले उर्दी लगायो ।

शान्ति ! शान्ति !!

  • by

हे बुद्ध ! खोजिरहेको छु
मैले यहाँ…. शान्ति ! शान्ति !!
देऊ न हामीलाई यस धर्तीमा
एकपल्ट फेरि… शान्ति ! शान्ति !!
करूणा, दया, मुदितासँगसँगै
हिमाल, पहाडदेखि तराईसम्म
जगाई देऊ न फेरि ……शान्ति ! शान्ति !!

ज्याजिमाको योगदान

  • by

संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो करुणामय भावबाट विभोर भएर दुई थोपा आँसु आँखाबाट छचल्किएछ । गहभरी छचल्किएका ती आँसुका थोपा भुईमा खस्न नदिई हातमा लिएर तिमीहरूले पृथ्वीमा अवतार लिएर संसारका सबै प्राणीहरूलाई दुःखबाट मुक्त गर्ने मेरो काम मलाई सहयोग गर भन्ने आशिर्वाद दिएछन् ।

भिक्षुत्त्व बुद्धशासनको मूल

  • by

स्थविरवादी होस् वा महायानी बुद्धशासनमा भिक्षुत्वको महत्व अत्यन्त गम्भीर छ । बुद्धशासनको परिचय दिने उद्देश्यले स्वयं भगवान् बुद्धले बुद्धशासनको परिभाषा यसरी व्यक्त गर्नुभएको छ-सब्बपापस्य अकरण कुशलस्य उपसम्पदा ।

सबैले सिक्न पाउने साकेला

साकेला किरात समुदायको एक महान् सांस्कृतिक पर्व हो । प्रकृति र ऋतुसँग सम्बन्धित यो पर्व हावापानी तथा ऋतु परिवर्तनको सूचक पनि हो । किरातहरू विभिन्न भाषिक समूहमा विभाजित भएको कारण साकेला पर्वलाई फरक फरक नामले चिनिन्छ । किराँत चाम्लिङ भाषामा साकेला भनिन्छ भने साकेवा किरात बान्तवाले भन्दछ । यस्तै अन्य किरात भाषीहरूले अन्य नामले यो पर्वलाई मनाउँछन् ।