Skip to content

गोरखापत्र

मेरी हजुरआमा

  • by

मैले आफ्नी जननीलाई राम्ररी चिन्न नपाउदै उहाको काखबाट वञ्चित हुनुपर्यो । मलाई इष्टमित्र नाता-कुटुम्बले विचरो ‘आमा नभएको टुहुरो भनेर ‘माया’ गर्थे तर मैले आफूलाई टुहुरोको कुरा धेरै पछिसम्म अनुभव गरिन । किनभने मैले पछिसम्म पनि आफ्नी ठूली आमा (बाबाकी जेठी पत्नी) लाई नै आमा ठानेा हुन पनि मेरी ठूली आमाले मलाई त्यो अनुभव गर्ने अवसर नै दिनुभएन ।

असफल चित्रकार सफल साहित्यकार

  • by

मैले आफूलाई पचास वर्षको उमेर घटाएर बाह्र वर्षको ठिटोको रूपमा खडा गरी आफैालाई हेरिरहेछु दरबार हाइस्कुलमा भट्टराई बाजे (बासुदेव भट्टराई) इतिहासका टिचर लठ्ठी टेकेर विस्तारै क्लासभित्र पस्नुहुन्छ । फोटो क्लास, अचेलको भए सातौा कक्षा । उहााले भारत वर्षको र इङ्ग्ल्याण्डको इतिहास पढाउनु हुन्थ्यो । म पछाडिको बेञ्चमा बसेको छु । मेरो सामुन्ने एउटा पुस्तक छ, जसको जिल्दाको सागै टाासिएको कागज बाक्लो सेतो र सफा छ । त्यो सेता कागजमा भट्टराई बाजेको आकृति लेख्ने ममा इच्छा पैदा हुन्छ । सिसा कलमले मेचमा बस्नुभएका भट्टराई बाजेलाई हेरी-हेरी म उहााको आकृति कोर्न थाल्छु । अचानक मेरो कानमा भट्टराई बाजेको आवाज आउाछ ‘मल्ले यता आइज’ म व्यूाझे जस्तो हुन्छु । खुरुखुरु किताबै बोकेर म उहााको सामुन्ने पुग्छ ।

रारा जाने कि ?

रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।

बाल्मीकि रामायणमा तथागत बुद्ध

  • by

यस शीर्षकले धेरैलाई झस्काउन सक्छ । म आफै बाल्मीकी रामायणको नित्य पाठका क्रममा यसको अयोध्या काण्डको एक सय नवौ सर्गको एक श्लोकमा दृष्टि पुगेपछि झस्किएको र स्तब्ध भएको हु । त्यो श्लोक यो होः

यथा हि चोरः म तथा हि बुद्धः
तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्वियः शक्यतमः प्रजानां
स नास्तिके नाभिमुखो बुधः स्यात् ।। -श्लोक २४

आफ्नै छायाको डर

  • by

डर यहा भय वा त्रासकै अर्थमा हो । डर के कस्तो हो र कसरी लाग्छ त्यसको अनुभव मानिस कसलाई नहोला ? त्यस्तै कुन प्राणी अप्रभावित रहला डरबाट ? वस्तुतः कुन भुक्तभोगीलाई अनुभव नहोला-पशुपंक्षीहरू आˆनो दुश्मन नजिक देख्दा कति त्रसित वा भयभित हुन्छन् र तिनको त्यो आˆनो त्रास वा भयको चेष्टा कुन वा कस्तो हाउभाउमा कसरी देखाउछन् ? वस्तुतः कहा, कसमा वा केमा व्याप्त नहोला डरको प्रभाव ? यत्रतत्र कहा नपर्ला यो ? हिड्दा, बस्ता, सुत्दा र खादासमेतको कुन क्षण त्यस्तो होला जहा डरको अनुभव नहोस् ।

जलेको क्यानभास

‘रमेश…ए…रमेश…।’

ढकढकको निरन्तर आवाज आउछ । म झसङ्ग हुन्छु र निद्राबाट बिउझन्छु । आङ तन्काउदै सिरक पन्छाउदै ओछानबाट उठ्न खोज्दछु । फेरि पनि उही आवाज आउछ ।

‘रमेश…ए…रमेश…।’

साहित्यमा लघुकथाको प्रभाव

  • by

नेपाली साहित्यमा मौलादो विधाका रूपमा अगाडि बढेको लघुकथा लेखन समकालिन साहित्यमा निक्कै लोकपि्रय भएको छ । लघु भन्ने साथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । पाश्चात्य साहित्यका समालोकहरू लघुकथालाई पनि कथाकै शब्दिक अर्थबाट अथ्र्याउने गर्दछन् ।

ऐतिहासिक कथा

  • by

साधक पिण्डोल र राजा उदयन थलचर, नभचर र जलचरका हिस्रक पशुपक्षीको आˆनो उदर पूर्तिका निमित्त क्षेत्र निर्धारण गरे झै मानिसको एउटा समूहले क्षेत्र निर्धारण गरेको छ सय इशा पूर्वको कौशाम्वी । आज भारतवर्ष वा इण्डियाको नामबाट चिनिने मुलुकको त्यस ताकको नाम जम्वुद्वीप वा जम्वुलिङ वा पवित्र भूमि । त्यस बेलाको पवित्र भूमि आकारमा विशाल थियो तर आज सम्भावनाको खेलको चक्करमा सानो भएको छ र अझै हुादैन भन्न सकिन्न ।

पेशागत प्रतिभा

उनीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।

पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।

गणतान्त्रिक नेपालमा भानुभक्त

  • by

१९५ वर्षअघि उदाएका नेपाली वाェ्मय ज्योति भानुभक्त आचार्य राणाकालीन सェ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त ।

प्रकाशनको पीडा सबैलाई उस्तै

  • by

प्रकाशनका समस्या नभएको स्रष्टा-लेखक पाउन हम्मै नै पर्छ स्थापित र चर्चित स्रष्टा-लेखकले सहजै प्रकाशक पाउछन् । नया पुस्तक लेखकले प्रकाशक पाउन त्यति सहज छैन भन्ने गुनासो सुनिदै आएको छ । पुस्ता नया होस् वा पुरानो, स्रष्टा स्थापित होस वा भर्खरको होस् सिर्जनाको प्रकाशनको सन्दर्भमा समस्या प्रायः उस्तै छ । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्नुपर्दा प्रकाशन-प्रकाशक अलि बढी देखिन थालेको धेरै भएको छैन । अधिकांश स्रष्टा स्वयं प्रकाशक भएर कृति प्रकाशन गर्ने गर्दछन् । एकताका साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार नबीन प्रकाशन, जगदम्बा प्रकाशन, भानु प्रकाशन, कौवा प्रकाशन आदि जस्ता सीमित प्रकाशक मात्र थिए भने अहिले प्रकाशनको क्षेत्रमा प्रशस्त मात्रामा प्रकाशक, प्रकाशन संस्था देखापरिसके ‘जति भाडो उति चुबुर्को’ भने जस्तै जति प्रकाशक बढ्दै गए पनि दिन प्रतिदिन लेखकहरू पनि बढ्दै जादै छन् ।

भाषा मर्मज्ञ भानु

  • by

नेपाली साहित्याकाशमा अमर विभूति आदिकवि भानुभक्त आचार्य माध्यमिककालीन कवि हुन् । नेपाली राष्ट्रिय वाङ्मयकै परिवेशमा भानुभक्त एक सहजकवि हुन् । उनले अनेकन रचनाहरूको सिर्जना गरेर मातृभाषाको गहन र दायित्वपूर्ण सेवा प्रदान गरे । सिङ्गो भाषिक, सामाजिक र सांस्कृति एकीकरणको रूपमा नेपाली समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तले समर्पण गरेको योगदान चीर उल्लेखनीय रहेको छ ।

कवि एवं गीतकार ईश्वरबल्लभ

  • by

आकाश मात्रै नहेर, धरती पनि हेर्नुपछ
धरतीले मानिसलाई साह्रै माया गर्छ
जतिनै तारा आकाशमा छन्
त्यति नै थापा यहाा पानी पर्छ
त्यति नै बिरूवा यहाा सर्छ ।

मरी, मिल्के र मनहरू

  • by

यसपल्टको गृष्ममा दुई छिमेकी मुलुकहरू चीन र पाकिस्तान घुम्ने अवसर मिल्यो । ऐतिहासिक, भौगोलिक र राजनीतिक सबै दृष्टिले यी मुलकहरू मेरा लागि नयाँ थिएनन् । आफू सानै छादा पढेको सचित्र चीन, सचेत भएपछि पढेको चिनिया नवजनवादी क्रान्तिको इतिहास, महान् चिनिया सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसपछिको कालो बिरालो र सेतो बिरालोको प्रकरण पनि मेरा लागि अनभिज्ञ थिएनन्् । चीन भन्ने बित्तिकै म लुश्युन, लङ्मार्च, माओ, हुनान र चिङ्काङसान बढी सम्झन्थेा । यिनै बिम्बहरू मेरा सामु उभिन्थे र अहिले पनि उभिने गर्दछन् । मलाई थाहा थियो चीन अब माओको चीन छैन र पनि म त्यही बिम्ब लिएर चीन पुगेको थिएा म । मैले चीनमा के भोगे के देखे त्यो अहिले लेख्दिन, योजनामा छु ।