Skip to content

गोरखापत्र

सीमित राजवंशी असीमित संस्कृति

  • by

नेपालमा बसोबास गरिरहेका ६१ वटा जनजातिहरू मध्ये राजवंशी पनि एक हुन् जसलाई कोचे पनि मानिन्छ । वि. स. २०५८ को राष्ट्रिय जनगणना अनुसार १ लाख २९ हजार ८ सय २९ कूल जनसङ्ख्या रहेको राजवंशी जाति नेपालको कूल जनसङ्ख्याको ०.५७Ü रहेको छ । मेची अञ्चलको झापा र कोशी अञ्चलको मोरङ्ग सुनसरी प्रमुख बासस्थान रहेको यस जातिको प्राचिन उदगम स्थल भारतको असम र वङ्गालबीचको ‘जलपाइर्गुड्डी’ भन्ने ठाउँमा रहेको पाइन्छ ।

राशिफलको बेग्लै संसार !

  • by

समाजमा राशिफल सुन्ने, सुनाउनेक्रम जुगौँ अघिदेखि चल्दै आइरहेको छ । पत्रकारिताका क्षेत्रमा पनि यसले अभिन्न स्थान ओगटेको छ । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिकलगायत विभिन्न छापामा त राशिफल देख्दै आइएकै छ, साथमा रेडियो, टेलिभिजन कार्यक्रममा समेत यसले विशेष समय ओगट्दै आएको देखिन्छ । देशी, विदेशी अखबार, पत्रिका तथा टेलिभिजन च्यानल, रेडियोबाहेक इन्टरनेटमा समेत राशिफल दिनेक्रम बढ्दो छ ।

मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना

  • by

जगदीश घिमिरेले जब मलाई रामेछाप, मन्थलीको साहित्यिकयात्राको निम्ता दिनुभयो मेरो मनमा दुईटा कुरा चल्न थाल्यो । एउटा ‘अन्तर्मन को यात्रा’ मा घिमिरेले बडो गर्वकासाथ, छाती ठोकेर तामाकोशी सेवा समितिको गर्नुभएको तारिफ र अर्को देश दर्शनको लोभ । खासगरी पहाडी क्षेत्रको नेपाली जनजीवनका यथार्थ बुझ्ने महìव अवसर । यसबाहेक अर्को कुनै कारण हुनसक्थ्यो भने त्यो थियो दिनदिनै रोबोटझैँ कार्यालय चिन्तानबाट मुक्त भई साहित्यकार, कलाकारहरूको अन्तरङ्ग निकटता पाउने सुअवसर मैले नाईं भन्न सकिन, चाहिन । कोटेश्वरमा बिहान बस चढ्ने बित्तिकै मैले चिनेका अनुहार साह्रै थोरै थिए ।

नेपाली नाट्य इतिहासमा बालकृष्ण सम

  • by

नाट्य सम्राट बालकृष्णसमका बाजे जनरल डम्बर शमशेरको ज्ञानेश्वरमा रोमानी ढड्ढमा बनेको पाँच तले भव्य महल थियो । त्यस महलको केही अंश आज पनि रहेको छ । त्यसै पाँच तले भव्य महलको एउटा कोठामा नाट्य सम्राट बालकृष्ण समको वि.सं. १९५९ साल माघ २४ गते शुक्रवारका दिन राति जन्म भयो ।

माघेसङ्क्रान्ति र लिम्बूको नववर्ष

  • by

मन्त्रिपरिषद्ले -पुस २३, २०६५) थारू जनजातिले माघी पर्वका रूपमा मनाई आएको माघेसङ्क्रान्ति पर्वलाई मगर जनजातिको पनि राष्ट्रिय चाड भनेर राष्ट्रिय पर्वको रूपमा मान्यता दियो । यसपछि सो दिनलाई राष्ट्रिय बिदा घोषित गरेको छ -गोरखापत्र, पृ.३, आइतबार, पुस २३, २०६५) । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले देशभित्रका विभिन्न जातजाति र आदिवासी जनजातिले मान्दै आएको चाडबाडलाई सरकार र राज्यले मान्यता दिन थालेर सबैलाई समानताको आधारमा समावेशी व्यवहार गर्न थालेको स्वागतयोग्य कुरा हो ।

भोजपुरको खुकुरी चैनपुरको करुवा

  • by

करुवा भन्नै बित्तिकै सबैलाई कल-कल पानी पीएको तिर्सना गराउँछ । गर्मी होस या जाडो करुवा र पानी पीउने रहर सबैलाई हुन्छ । आˆना घरमा आएका पाहुनाहरूलाई काँसको करुवामा पानी दिएर इज्जत गर्ने चलन छ । धेरैलाई थाहा नहुन सक्छ आफैँले पानी पीउने करुवा र आङ्खोरा कहाबाट ल्याईन्छ र कसरी बनाईन्छ भन्ने । पाल्पाको ढाकाटोपी, भोजपुरको खुकुरीले इज्जत धाने जस्तै सङ्खुवासभाको इज्जतचाँही चैनपुरे करुवाले धानेको छ ।

साहित्यमा पनि क्रमभङ्गता !

  • by

क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको ठान्दछु । नेपाली साहित्यमा क्रमभङ्ग गर्ने क्रम नचलेको होइन, नेपाली भाषमा साहित्यको सिर्जना गरेर भानुभक्तले प्रथम चरणको क्रमभङ्ग गरे । संस्कृतको अब छिन्न जगजगी र दवदाव भएको उत्निखेर नेपाली भाषामा साहित्यको सिर्जना गर्नु कम महत्वको र दुष्कर कार्य थिएन नबनेको,कसैले नखनेको बाटो हिँडनु । परम्परागत लेखन क्षेत्रलाई यो एउटा धक्का थियो । जवर्दस्त धक्का । अवश्य खनिए होलान् भानुभक्तमाथि पुरातनवादी लेखक कविहरू । देवभाषाको अवहेलना गरे भनेर ।

उमेर गए पनि तरुनै !

  • by

ट्रयाक सुट लगाएर दौड्ने हो भने ८९ वर्ष टेक्न लाग्नुभएका यी वयोवृद्ध साधक कुनै खेलाडीभन्दा कम फुर्तिलो देखिनु हुन्न । ललितपुरको बखुम्बहालदेखि काठमाडौँको इटुमबहालसम्म म्याराथन गर्ने हो र उहाँलाई सहभागी गराउने हो भने पक्कै पनि उहाँले दौड पूरा गर्नुहुन्छ । साधा जीवन उच्च विचारको उदाहरण खोज्नुपर्‍यो भने उहाँलाई अघि सर्दा नि हुन्छ । अध्ययन, लेखनमा मात्र संस्कृतिलाई बोक्ने होइनकी पहिरन, बसाइका समेत संस्कृतिलाई उत्तिकै ख्याल राख्ने सत्यमोहन जोशी यतिखेर ८९ वर्षको शिखर आरोहण गर्ने क्रममा हुनुुहुन्छ ।

श्रीपञ्चमीः शुभैशुभको मुहूर्त

  • by

माघ शुक्ल पञ्चमी तिथिका दिन घुमघामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेषगरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव जीवनमा ज्ञानको विशेष महìव हुने भएकोले यस पर्व अन्धकारबाट उज्यालोतर्फ लाग्नका लागि प्रेरणा दिने उत्सवको रूपमा पनि लिइन्छ । कुनै पनि मानवको आत्मिक प्रगति सामाजिक सम्वृद्धि एवं एकले अर्काप्रति परस्परमा स्नेह र सद्भाव कायम गर्न ज्ञान वा शिक्षाप्राप्तीको सर्वोपरी महत्व रहन्छ ।

अन्तर्राष्ट्रिय भाषानीति

  • by

अन्तर्राष्ट्रिय क्षेत्रको परिदृश्यलाई हेर्दा नेपालमा जस्तै विश्वका विभिन्न देशमा विभिन्न भाषिक समुदायहरू छन् । यीमध्ये कतिपय भाषिक समूदायहरू परापूर्वदेखि अझैसम्म पनि अल्पसंख्यकरूपमा नै रहिआएका देखिन्छन् भने कतिपय भाषिक समुदायहरू यस्ता छन् जसले उसको देशमा मात्र होइन, विश्वमा नै धेरै प्रमुख स्थान कायम गरिराखेको पाइन्छ । यस्तै कुनै भाषाले कुनै समयमा कायम गरेको लोकपि्रयता र आधिपत्य वर्तमान समयमा आएर इतिहासकै गर्भमा सीमित हुनपुगेको पाइन्छ ।

पृथ्वीनारायण शाह र नेपाल एकीकरण

  • by

अभिलेखको आधारमा ठोकेरै भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो । लिच्छविकालका २०० वटाभन्दा बढी अभिलेख पाइन्छन् । ती अभिलेख चिनियाँ यात्रीहरूको वर्णन, भारतीय अभिलेख, संस्कृत वाङ्मय आदिको अनुशीलन गर्दा त्यसबेला नेपाल विशाल थियो भन्ने थाहा पाइन्छ । लिच्छविकालपछि नेपालको त्यो अवस्था रहेन र विक्रमको बाह्रांै शताब्दीमा यस भूभागमा ३ वटा राज्य खडा हुन गए । एउटा पश्चिम १ नं. नुवाकोटसम्म मात्र आˆनो राज्य कायम रहन सक्दा पनि नुवाकोटभुङतीप्रजत राजकृतम् भनी गर्व गर्ने काठमाडौँखाल्डोमा राजधानी भएको केन्द्रको राज्य, अर्को नेपालको दक्षिणपूर्वभेकमा नान्यदेवले स्थापना गरेको सिमरौनगढ राज्य र तेस्रो नेपालको पश्चिमउत्तरभेकमा नागराजले खडा गरेको सिंजाराज्य ।

लोप हुँदै लोकसंस्कृति

  • by

नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।

अबधि लोककला

  • by

अवधि भाषा नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया तथा कही मात्रामा कैलाली तथा कञ्चनपुरमा बोलिने गरिन्छ । यही भाषाभाषीहरूका बीच पाइने लोककलालाई अवधि लोककला भनिन्छ । ‘लोककला लोक’ र कला’ मिलेर बनेको छ । ‘लोक’को अर्थ सहर र गाउँमा फैलिएका त्यो विशाल जनसमुदायसित सम्बन्धित छ जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रूपले चलिरहेको व्यवहार सित सम्बन्धित छ ।

ओझेलमा असल स्रष्टा

  • by

यतिखेर दैवज्ञराज न्यौपाने राम्ररी बोल्नसक्ने अवस्थामा हुनुहुन्न, उहाँका बारेमा यतिखेर कसैले बोलेकै छैन भन्दा हुन्छ । यतिखेर दैवज्ञराज न्यौपानेका आँखाले राम्ररी काम गर्न छाडेका छन्, उहाँको अवस्था अरूले नदेखे सरहै भएको छ । दैवज्ञराज न्यौपानेले लेख्न नसकेको छ महिना भइसक्यो, उहाँको बारेमा कसैले नलेखे जस्तै भएको छ । एउटा स्रस्टा विगत तीन वर्षदेखि अस्वस्थ र अशक्तजीवन बाँच्दासमेत धेरैले पत्तोसमेत पाएका छैनन्, कतिले चासोसमेत लिएका छैनन् ।

नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि

कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिले अहम् भूमिका निर्वाह गरेको हुन्छ । विज्ञान प्रविधिको समुचित विकास र प्रयोगले विश्वका धेरै मुलुक आज आˆनो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न सफल भएका छन् । संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणसँगै नयाँ नेपाल निर्माणको प्रसड्ढ उठिरहेका बेला समयको माग र आवश्यकतासँगै विज्ञान र प्रविधिको पनि विकास गरी यसको समुचित प्रयोग गर्नसके नेपाल र नेपालीको जीवनस्तर उकास्ने कार्यमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।

पुराणको अन्यायमा परेका इन्द्र

हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि देखिन्छन् हिन्दी टेलिशृङ्खलामा । जहिले पनि असुरहरूले अमरावतीमा आक्रमण गर्ने, इन्द्रलाई पराजित गरेर भगाउने र अमरावतीका अप्सराहरूको भोग गर्ने कथा हिन्दु समाजमा छ्यास्छ्यास्ती छरिएका छन् ।

मान्छे पनि काले त्यति राम्रो थिइन-दुर्गालाल श्रेष्ठ

  • by

भनिन्छ, काठमाडौँको नेवार समुदायमा हप्तै र महिनैपिच्छे एक न एक चाडपर्व पर्छ । ती पर्वहरूको सांस्कृतिक महìव पनि छ । त्यही पर्वमध्येको गाईजात्रा, इन्द्रजात्राको बेला टोल-टोलका डबलीहरूमा नाटक मञ्चन हुन्थे । इन्द्रजात्राकै बेला हुनुपर्छ, डबलीकै लागि २००४ सालतिर बाङ्गेमुढाका बालकहरूले ‘सत्तलसिंह’ नाटकको ‘रिहर्लसल’ गरिरहेका थिए । नाटक ‘रिहर्लसल’ गरिरहेकाहरू दुर्गालालका टोलछिमेकी दौँतरीहरू थिए ।

भाषा समावेशीकरण

  • by

२०६४ असोजको पहिलो साताबाट गोरखापत्र राष्ट्रिय दैनिकमा ‘नयाँ नेपाल’ पृष्ठ अन्तर्गत नेपालका विभिन्न राष्ट्रिय भाषाभाषीको सामाग्रीले स्थान पाएको छ । गोरखापत्रको इतिहासमा १ सय ८ वर्षपछि यसरी एउटै नेपाली भाषाको सट्टा हाल विभिन्न २५ भाषालाई समावेशीकरण गरिएको छ । भाषाभाषीका लागि यो अमूल्य कोसेली हो ।

अन्तिम नायक

  • by

पर्दा खुलेपछि रङ्मञ्चको मध्यखण्डमा एउटा ठूलो पिँजडा देखिन्छ । मञ्चको दायाँभागमा ठूलो सेतो स्त्रिmन देखिन्छ । जहाँ ब्रम्हान्डका विभिन्न दृश्यचित्रहरू चलिरहेको हुन्छ । बाँयाखण्डमा टुटेफुटेका शालिक, कङ्काल र प्रयोशालामा सामग्रीहरू छरिएका देखिन्छन् । अनौठो आवान सहितम मञ्चमा रङ्गिन धुँवा मडारिन थाल्छ । मञ्चको स्त्रिmनमा एउटा यान उड्दै गरेको दृश्य देखिन्छ । भयानक आवाजसहित त्यो यान नजिक देखिन्छ । एक्कासी अलोक हराउँछ ।