Skip to content

डर यहा भय वा त्रासकै अर्थमा हो । डर के कस्तो हो र कसरी लाग्छ त्यसको अनुभव मानिस कसलाई नहोला ? त्यस्तै कुन प्राणी अप्रभावित रहला डरबाट ? वस्तुतः कुन भुक्तभोगीलाई अनुभव नहोला-पशुपंक्षीहरू आˆनो दुश्मन नजिक देख्दा कति त्रसित वा भयभित हुन्छन् र तिनको त्यो आˆनो त्रास वा भयको चेष्टा कुन वा कस्तो हाउभाउमा कसरी देखाउछन् ? वस्तुतः कहा, कसमा वा केमा व्याप्त नहोला डरको प्रभाव ? यत्रतत्र कहा नपर्ला यो ? हिड्दा, बस्ता, सुत्दा र खादासमेतको कुन क्षण त्यस्तो होला जहा डरको अनुभव नहोस् ।

रातोदिन मनमनमै मडारिन्छ यो । सारा जीवन डरमय बनाउछ यसले । डर कुनबेला नहोला-जन्मदा, बढ्दा, हुर्कदा, मर्दा चल्दा वा चटपटाउदा ? हरेकको निम्ति डरमय जीवन बाध्यता नै बन्छ । डरमाथिको विजय कसको ताकत ? डर सानो, ठूलो, धनी, गरिब सबैमा एकाम्मे छ । यसको सामु शक्तिको शरण निरर्थक हो । न सुस्ताउन न त बिसाउन दिन्छ यसले ।

डरको पछाडि कारण हुन्छ । कारण ठूलो, सानो, सीमित, विस्तृत, सामान्य, विशेष अनेक प्रकारका देखिन्छ । कुनैको प्रभाव व्यक्ति विशेष वा स्थान विशेषमै मात्र पनि सीमित हुन्छ । कुनैको प्रभाव देशव्यापी, विश्वव्यापी, सर्वव्यापी, युगव्यापी, त्रिकालव्यापी, समुच्चा मानव समुदायव्यापी पनि हुन्छ । असरको अन्दाज कारण हेरेर गर्न सकिन्छ । कुनको असर कहा को उपर कुन बखत कसरी पर्दछ त्यस अन्दाजको निम्तिचाहि तत्सम्बद्ध स्थिति, काल, स्थान व्यक्ति आदिको अध्ययन जरुरी पर्छ । अर्थात् तत्सम्बद्ध व्यक्ति वा समाजकै औसत दृष्टिकोण, धारणा, विचारशक्ति, प्रवृत्ति, ज्ञानस्तरसमेतको अवस्था वा वातावरणसमेतको अध्ययनको आवश्यकता पर्छ ।

फेरि डरको पछाडि ठोस कारण नै चाहिन्छ भन्ने पनि छैन । आˆनै छायाबाट पनि तर्सिन्छ मानिस । आˆनै भ्रम, अल्पज्ञान, अपूर्ण ज्ञान, अन्धविश्वास आदि पनि डरकै कारण बन्दछन् । एउटै स्थिति कहिले डर लाग्ने र कहिले नलाग्ने पनि हुन्छ । मनभित्रै पनि कहिले मित्रभाव र कहिले वैरभाव सञ्चारित हुने गर्छ । उही कुरो कहिले विष हुन्छ भने कहिले औषधि । भनिन्छ पनि निर्धालाई ऐन बलियोलाई चयन । कोही पञ्चखतबाटै पनि उम्कन्छ भने कोही भुसुने चुकमा पनि फस्छ । कोही बिनावित्था दण्डित हुन्छ भने कोहीचाहि सहस्रौ मानव हत्याका कारणीहरू नै किन नहुन् शक्ति र सम्मानको पगरीसमेत गुथ्न पाउछन् । कोही आˆनै हितोपदेशका कुराबाट तनावग्रस्त हुन्छन् भने कोहीचाहि तिरस्कारबाट पनि भाग्यनिर्माणतर्फ प्रेरित हुन्छन् । कसैको निम्ति रक्षक आफै भक्षक बनि दिन्छ । कसैलाई शत्रुबाट पनि लाभ पुग्छ । कसैको सीप र ज्ञान ओझेलमा परेकोपरै गर्छ ।

माथि पनि गरियो डर सर्वव्यापी छ भन्ने चर्चा । वास्तवमा डर केको लाग्छ होइन केको लाग्दैन ? मनकै शङ्का, उपशङ्का, आशङ्का, उच्चता वा हीनता आदि बोध यी सबले डरकै आभास दिन्छन् । कहिले गर्दा डर, कहिले नगर्दा डर । कामकाज, बोलचाल, चलखेलको प्रसङ्गमा न्यूनता देखिएला कि भन्ने पनि डर हुन्छ । आवश्यकताको पूर्ति कसरी भन्ने डर झन् व्याप्त छ । हाम्रा धर्मशास्त्रहरू आफैमा डरका कारण छन् । तिनले भन्छन्- मृत्युपश्चात् पापीले कठोर यातना भोग्नुपर्छ । तीर्थ, व्रत, दान, धर्म, यज्ञ, जप, तप, भजन, कीर्तन आदि कार्यहरू त्राणको निम्ति अपनाइने गरिन्छन् । धर्मको परिकल्पना नै डर बचावको अपेक्षा हो ।

डरका केही प्रयोगहरूको व्यापकता अरू हेरौा यहाा । लज्जित वा अपमानित हुने डर वस्तुतः कसलाई नलाग्ला ? राम्रो सुन्ने इच्छा हरेकलाई लाग्छ । त्यसैले अयोग्य वा पतीतको कदर भएको, प्रतिभाको कदर नभएको, वस्तुगत तथ्य ओझेलमा परेको, मनोगतलेे मान्यता पाएको, तार्किक र निष्पक्ष विचारको उपेक्षा भएको, पक्षपात र मुलाहिजा मौलाएको, सार्वजनिक सेवा वा सुविधाको बिक्री-वितरणमा समेत आग्रह, आनुग्रह वा पूर्वाग्रहले भूमिका खेलेको आदि सुन्नुपर्ला भन्ने पनि डर लाग्छ । सामाजिक विकृति, विसङ्गति र दम्भहरू प्नि डरकै कारण बन्दछन् ।

धर्मावलम्बी भनिनेहरूले अरुहरूप्रति राख्ने हेय दृष्टिकोण साम्प्रदायिक कलहको कारण बन्ने स्थितिमा छ । कुनै प्रमाणित आधारमा नजन्मिएको त्यो गुट-उपगुटबाट सकारात्मक परिणामको अपेक्षा निरर्थक चेष्टामात्र हो । सत्सङ्गको लक्ष वस्तुतः उही तत्थ वा उही ईश्वरको खोज भएकोे भए मार्ग पृथक अपनाइादैमा पृथक मार्गीप्रति हेय दृष्किोण राख्नुपर्ने अवस्थै नहुनुपर्ने हो । अहंको दलदलमा उमि्रएको त्यो एकअर्काप्रतिको हेय दृष्टिकोणबाट धर्म होइन धर्मकै अवयवको रूपमा रहेको आपसी मायाा, दया र सेवा-सहयोगको भावनामाथि नै चोट नपुर्‍याउला भन्न सकिन्न ।

प्राकृत र दैविक प्रकोपसाग झन् डर हुन्छ । कसको मन नडराउला यी जनधन-नाशक प्रकोपहरूसाग- जस्तो भूकम्प, सुनामी, बाढी-पहिरो, आगजनी, जलथल, रेल, सडक, हवाई आदि दुर्घटनाहरूको त्यो दर्दनाक घटनाबाट ? न यिनको पूर्वानुमान सम्भव छ न त सार्थक उपायको अवलम्बन नै । अनि डर बोकेर बस्नुबाहेक विकल्प के ? मृत्यु यद्यपि सार्वभौम सत्य हो तर पनि दुर्घटनामा परी भएको मानवमृत्युको खबर कुन मरणशील मानवको निम्ति चस्कादायी या हृदयभेदी नहोला ?

डरको सञ्चार मानिसजस्तो चेतनश्ाील प्राणीको मनमा अस्वाभाविक होइन । वस्तुतः जीवनको कुन क्षण, दुनियााको कुन कुनो, भूत, भविश्य, वर्तमान कुन काल, सत्य, त्रेता, द्वापर, कली कुन युग त्यस्तो होला जहाा डरको प्रभाव अनुभव नहोस् । डररहितको जीवन न हिजो न आज न त भोलि नै सम्भव छ । वस्तुतः कोही हुादैन रोगव्याध, बूढौति र मृत्युको भयले नगााजेको वा डर नबोकेको मानिस । जसमा डरको सञ्चार तीव्र हुन्छ उसले मात्र परपीडाको आत्मवत् अनुभव गर्न सक्दछ ।

डर वनको बाघदेखि मात्र होइन मनको बाघदेखि झन् बढी लाग्छ । अर्थात् डरको कारण वास्तविक र सम्भावितमात्र होइन आशङ्कित पनि हुन्छ । अनिष्ट आशङ्काका कोरा तरङ्गहरू मनमा एक-एक सलबलाइरहेका हुन्छन् । कहिले, कहाा, कुन क्षणमा कस्तो विपत्ति आइपर्ने हो रातोदिन त्यही चिन्ताले सताइने र मन पिरोल्ने कुरो सामान्य हो । मनको बाघको टोकाइ पनि कम कष्टकर हुादैन । वस्तुतः कसको मनमा नउब्जेला कुण्ठाको क्लेश ? सन्ततिको प्रेम प्राणीमात्रको नैसर्गिक प्रवृत्ति हो । कुन आमाबाबुले सन्तति कल्याणको कामना नगर्लान् ? जहाा रहून सन्तति सुरक्षित र आनन्दित रहून् त्यो ठीकै छ अन्यथा तत्सम्बन्धको सानो संदिग्धता पनि गम्भीर डरको कारण बन्न पुग्छ- जस्तो कहाा गयो, के भयो, आउने हो होइन, न बिगि्रने, नासिने, मर्ने, मारिने, मासिने, भासिने वा के हुने हो आदि यी सब कुराबाट मनमा चिन्ता पैदा हुने गर्दछ । चिन्ता मत्थर पार्ने उपायस्वरूप ईश्वरको नामोच्चारण, स्मरण, पुकार, पूजाअर्चना भाकल आदि गर्ने र बााधा उचाल्ने समेतको प्रयास हुन्छ । यो उपाए वस्तुतः कति परिणामदायी होला, त्यो अन्योलमै छ तर के गर्ने विकल्पै छैन अर्को । बाध्यता छ, यस्तै डरडरमै बााच्न र दिन ˆयााक्न पनि ।

डर कति चस्कादायी हुन्छ त्यो भुक्तभोगी कसलाई अनुभव नहोला ? डर डरमा अन्त्य हुन्छ सारा जीवन । डर लाग्दा डरकै पीडा, डरको अभाव एक त सम्भवै छैन अर्को के राम्रो होला झन् त्यो ? जहाा डरको अभाव छ त्यहाा निश्चित छ बलियाको राज दुर्बलको पत्तासाफ, स्वेच्छाचारिताको साम्राज्य अशान्तिको असुरक्षको चरमोत्कर्ष । तर, दुनियााको कुन तागतबाट सम्भव होला डरको सन्तुलन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *