साधक पिण्डोल र राजा उदयन थलचर, नभचर र जलचरका हिस्रक पशुपक्षीको आˆनो उदर पूर्तिका निमित्त क्षेत्र निर्धारण गरे झै मानिसको एउटा समूहले क्षेत्र निर्धारण गरेको छ सय इशा पूर्वको कौशाम्वी । आज भारतवर्ष वा इण्डियाको नामबाट चिनिने मुलुकको त्यस ताकको नाम जम्वुद्वीप वा जम्वुलिङ वा पवित्र भूमि । त्यस बेलाको पवित्र भूमि आकारमा विशाल थियो तर आज सम्भावनाको खेलको चक्करमा सानो भएको छ र अझै हुादैन भन्न सकिन्न ।

प्रभुसत्तात्मक कौशाम्वी अनि शासक राजा उदयन । राजनीतिक, सामाजिक, व्यापारिक र वौद्धिक विकासमा कौशाम्वी छिमेकी राज्य मगधभन्दा निक्केै पछाडि थियो । त्यसै राज्यको एउटा प्रतिभाशाली सामान्य युवा नागरिकको नाम हो पिण्डोल । पिण्डोलको मनमा ज्ञान हासिल गर्ने उत्सुकता जाग्यो । आजको जस्तो शक्तिलाई हेरेर नगरपालिको सााचो सम्मानस्वरूप विशिष्ट पाहुनालाई चढाउने र सामान्य नागरिकलाई भुस्याहा कुकुर सरह व्यवहार गर्ने संस्कारको विकास त्यस ताकै भएको थिएन । तसर्थ, युवा पिण्डोल सजिलै वेणुवन पुग्यो । वेणुवन श्रवण शिक्षा पद्धतिको प्रथम शिक्षालय मगधका राजा विम्विसारको ज्ञानलाई उपहार र पहिलो खुडकिलोको प्रतीक चिन्ह । पिण्डोलले शाक्यमुनिको आशीर्वाद पाए । त्यस सम्प्रदायमा प्रवेश गर्ने विधिहरू पूर्ण गरे । यसो गर्नुभन्दा अघि उनले अन्य आस्थाका शिक्षण पद्धतिहरू अनात्मावादी पञ्च व्रत, अनात्मावादी आजीविका र नास्तिक चरकवादका ढोकाहरू पनि नचाहारेका भने होइनन् । भक्तिद्वारा पार तर्ने विश्वासलाई त उनले त्यागेर नै आएका थिए ।

वषर्ा वास । वेणुवन विहार । महागुरु तथागत न त शारिरीक कष्टमा न त संसारिक सुखभोगमा मुक्ति प्राप्त हुन्छ भन्छ । उसको मुक्तिको मार्ग बिचको हो भने मुक्ति प्राप्तिको उपाय व्यक्ति स्वयंको कर्म हो । नाङ्गै हिाड्दैमा, जटाधारी बन्दैमा, थाङ्ना-थुङ्नी लपेटेर हिाड्दैमा, होमको नाममा अन्न वा अन्य वस्तु खरावी पार्दैमा मानिसको मनको जालो फाटन सक्दैन । मनको जालो भनेको दुष-आकाङ्क्षा, रिस-राग, मादक पदार्थको सेवनको इच्छा, यौन दुराचार, अज्ञानता, प्रलोभन आदि हुन् । त्यो जालो तोडने यन्त्र ज्ञान हो । ज्ञानको पुष्टकारी स्वस्थ शरीर हो । कमललाई हेर, हिलो र पानीमा फुलेको भए पनि न त पात भिजेको छ, न त फुलनै” ।

पिण्डोलले-अज्ञानताको जन्मको न्वारानको नाम र शिक्षण पद्धतिको विधि अनुसार फाल्नुपर्‍यो नै । तसर्थ, उनको उमेर पनि कलिलो बन्न पुग्यो । उनको शाक्य मुनि गौतमको ज्ञान प्राप्ति प्रति अर्जुनले माछाको आाखा ताके झैा थियो । तसर्थ, तिनलाई बुद्धको अर्थ बुझ्न कठिनाइ भएन । श्रवणको वास्तविक अर्थको साथै सौर्यमण्डल भित्रका ग्रह नक्षत्रहरूको बिचको अन्तर सम्बन्ध, पृथ्वी माताका र माताका कोखका जैविक र अजैविक तत्वहरू पनि ती कुराहरूको निर्केबल हेतु प्रत्ययबाट हुने अभुतपूर्व विधिहरू सिके । शाक्यमुनि गौतमको राजा विम्बिसारलाई छोरा र छोरी समान भएको उपदेश, डााकु अङ्गुलीमालको हृदय परिवर्तन गर्न सक्ने क्षमता अनि कृसा गोतमीलाई प्राकृतिक नियमको बोध गराउने तत्काल निणर्ायक शक्ति पिण्डोलको मनको भित्री तहमा जम्न पुग्यो ।

वषर्ा वास । गृद्धकुट बिहार । ध्यानमग्न पिण्डोल । कलिका बुद्धको धारा प्रवाह, “मानिस नाम र रूपको संयोगको एउटा घुमफिर गर्ने प्राणी तत्वको चिन्तन-प्रक्रिया हुन्छ । नामले रूपलाई र रूपले नामलाई सहयोग पुर्‍याउादा मानिसमा खाने-पिउने, हिाड्ने-डुल्ने, काम गर्ने र इच्छा-शक्ति उत्पन्न हुन्छ । त्यो जीवन-प्रवाह एक पटकको लागि मात्र हो । चिन्तन प्रक्रिया समाप्त भएको दिनलाई हामी मृत्यु भन्छौा ।”

“मानिसको मृत्यु पछि उसको कर्मको सकारात्मक वा नकारात्मक अवतार पुनर्जन्म आदि भइरहन्छन् । त्यस्ता अवतारहरूले मानव समाजमा कि त आशीर्वाद कि अभिशापको काम गरिरहेको हुन्छ ।

“भीक्षु, भीक्षुणी हो, आदर योग्य राजा महाराजा र प्यारा श्रावक अनि श्राविकाहरू Û शक्ति दृश्य र ठोस वस्तु होइन । कसैले यसलाई ब्रहृम, कसैले आत्मा भन्छ भने कसैले अजर अमर मान्दछ तर त्यो विभिन्न अङ्हरूको योगको रथको गति जस्तो मात्र हो ।

“मानिसलाई अचम्ममा पार्ने कुरा के हो भने बाटोमा यात्रीविहीन यात्रा भइरहेको हुन्छ, बिना कर्ता कामहरू भइरहेका हुन्छन्, बिना हावा ढुङ्रो बजिरहेको हुन्छ । यो प्रकृतिक रहस्यमय विशेष गुण हो । दृश्य वस्तुहरू सबै बाासका ढुङ्रा र पानीको फोहरा सरह छन् । तसर्थ, “म” को विशेष महिमा भनेको कोरा कल्पना हो तर क्रिया प्रतिक्रियाको पुनर्जन्म भने हुन्छ ।

प्रशिक्षण प्राप्त पछि पिण्डोल शाक्य मुनिको आशीर्वाद लिई आहार, विहार, भय र मैथुनमा मात्र अल्झेका कौशाम्वीका, राजा, भाइभारदार र नागरिकको तेस्रो आाखा उघार्न कम्मर कसी आˆनो मुलुक फर्के ।

राजा उदयन पनि शासनको कार्य व्यस्तताबाट फुर्सद निकाली त्यही बगैाचामा आमोद प्रमोदकोनिम्ति जाने गर्थे । संयोग जहिलेसुकै जुर्दैन । पिण्डोल बगैाचाको मध्यभागको उटा रूखको फेदमा पद्म आसनमा ध्यान मग्न भएकै दिन राजा उदयन, रानीहरू, नानीहरू, केटीहरू, सुसारेहरू, अङ्गरक्षकहरू सहित त्यसै बगैाचामा पुगे । केही छिनको घुमघाम पछि राजा एउटा बुट्यान घेरी बसे । रहुसे राजा लोलाए अनि निदाए । महिला वर्गलाई बगैाचा घुम्ने अवसर मिल्यो ।

“हेर्दा सुन्दर युवक छन् तर विशेष ज्ञानले परिपूर्ण सन्त जस्ता छन् । लौ, उपदेशको निमित्त आग्रह गरौा ।” पटरानी बोलिन् ।

पिण्डोल र नरिवलको रूख दरवारीया दर्जा अनुसारको घेरामा पर्‍यो । पिण्डोलले मुख खोल्न नपाउादै राजा उदयनको निद्रा भङ्ग भयो । अनि हस्याङ-फस्याङ गर्दै त्यही पुगे । आˆना सम्पत्तिहरू र सुन्दर युवकलाई त्यस रूपमा पाउादा शाम, दाम, दण्ड र भेदका मालिक उदयनको कनपारा तात्तियो । दरवार फुत्त थुती पिण्डोललाई टुक्र्याउन खोज्दा महिलावर्ग यत्रतत्र छरिए । पिण्डोलले आाखा चिम्ले र साधनामा लीन भए । तरवारलाई म्यानमा घुसार्दै राजाले यताउति हेरे । नजिकै कमिलाको ढिस्को थियो । यही ढिस्को फोरी माटो र कमीलालाई पिण्डोलको टाउकोमा खन्याइदिए तर पिण्डोल टसको मस भएनन् । सत्वमा उदयनको रज र तम गुणहरू लीन भए । पश्चाताप र क्षमा याचनाको परम्परा बसिसकेको थियो । राजा उदयनले त्यही गरे ।

राजा उदयनले पिण्डोललाई राजगुरु बन्ने आग्रह गरे । पिण्डोलले सहर्ष स्वीकार गरे । अब पिण्डोल राजा उदयनका गुरु बने ।

“पिण्डोलको दरबार प्रवेशको शुभसाइत नजुरेसम्म गुरु चेलाको भेटघाट र सम्वाद बगैाचामा नै चल्दै रहृयो ।

शीष्य, “श्रद्धेय गुरु ! बुद्धका चेलाहरू अधिकांश युवा युवती नै देखिन्छन् तर तिनीहरू शरीर र मनलाई स्थीर राखी काम शक्तिलाई काबुमा राख्न कसरी सफल हुन्छन् ?”

गुरु “हे राजन ! बुद्धले हामी अज्ञानतामा जन्मेकाहरूलाई ज्ञानको माध्यमद्वारा वृद्ध महिलाहरूलाई आमा, आफू सरहकालाई बैनी र मसिनालाई छोरीको रूपमा व्यवहार गर्न उपदेश गर्नुभएको छ । वहााको उपदेश ज्यादै गहन छ । त्यसैको बलमा युवायुवतीहरू मनलाई स्थीर, शरीरलाई तन्दुरुस्त र इन्दि्रयहरूलाई नियन्त्रण गर्न सक्षम हुन्छन् ।”

शिष्य, “तर गुरु ! सबै साधनाशील हुन्छन् भन्ने कसरी मान्ने ? सबैको तृष्णाको क्षय एकै प्रकारले कसरी हुन्छ ?”

गुरु, “बुद्धले हामीलाई सबै कुराको केन्द्र मनलाई रगत, पिप, पसिना, तेल, मल आदिको रूपमा निस्कने मानव शरीरका अपवित्र पदार्थझैा आचरणका नकारात्मक पक्षहरूलाई पनि अपवित्र मान्नुपर्छ भन्ने उपदेश गर्नुभएको छ । त्यसैले म लगायत बुद्धका सबै शिष्यहरू शील, साधना र प्राज्ञमा पोख्त छन् ।”

शिष्य, “गुरु ! तपाईंको कुरालाई माने तर कोही त अधुरा रहलान् ।”

गुरु, “राजन् ! खाले देख्ने सुन्दर रूप, कानले सुुन्ने सुमधुर वाणी, नाकले सुघ्ने मिठो वासना, जिब्रोले चाख्ने मीठो स्वाद र हातले छुने नरम वस्तुहरू प्रति आकषिर्त नबन्ने उपदेश गर्नु भएको छ भने घृणा गर्दै नहिाड्नु पनि भन्नु भएको छ । वहाको उपदेशको शक्ति नै हाम्रो अचुक शस्त्र हो ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *