माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला
मृत्यु कति कुरूप हुन्छ भएपछि थाहा होला ।
भन्नेहरू भन्दै गर्छन् आफ्नो बाटो छोड्नु हुन्न ।
आवत-जावत टुट्यो भने सम्झ कति डाहा होला ।
तिमी नभै बाँच्नै म त सक्दिन कि मर्छु क्यार
भन्थ्यौ, सबै बिस्र्यौ भने भोलि फेरि घाहा होला ।
रोज्यौ भने पिरतीका नयाँ नयाँ बाटाहरू
कुरा काट्ने समाज छ, बुझ अनि हा.. हा.. होला ।
घुर्की नलाऊ टाढा हुँदा न्यास्रो कति गाढा भयो
मैले माया गर्न छोडे खरानी भै स्वाहा होला ।
-गोंगबु, काठमाडौँ
मधुपर्क पुष, २०६५