नगर अब प्रेमका कुरा घाइते छ यो छाती
लागेर तिम्रो सिन्दूरको छुरा घाइते छ यो छाती
समाइ हात कसैको साथ तिमी त गइहाल्यौँ
भाँचेर मेरो मनको धूरा घाइते छ यो छाती
मायाको माला पहिल्याउला भन्थे त्यो तिम्रो गलामा
देखेर हातमा कसैको चुरा घाइते छ यो छाती
नलाग्छ भोक न लाग्छ निद्रा भाको छ अचम्मै
खाएर आज कसैको पूरा घाइते छ यो छाती
रुदिनै कैल्यै भन्थ्यो यो पूजा तिमीले रुवायौँ
पिएर आफ्नै आँसुको धारा धानुर्त छ यो छाती
