Skip to content

नरुनु है तिमी रुँदा-

  • by


नरुनु है तिमी रुँदा, मेरो आँशु झर्ने गर्छ
कसैको दुःख देख्दा, झनै पिर पर्ने गर्छ
नरुनु है तिमी रुँदा-

एकै वचन बोलिदिदा, हाँसिदिदा के हुन्छ
नत्र फेरि भाको माया, टाढा टाढा सर्ने गर्छ
नरुनु है तिमी रुँदा-

कोही होइनौँ पराई हामी, सबै आफ्नो ठान्नु पर्छ
नत्र फेरि विरुवा झै, यो माया नि मर्ने गर्छ
नरुनु है तिमी रुँदा-

आफन्त र पराई भनी, छुटायाएर हेर्नु हुन्न
उसैलाई आफ्नो ठान्नु, जसले मायाँ गर्ने गर्छ

नरुनु है तिमी रुँदा, मेरो आँशु झर्ने गर्छ
कसैको दुःख देख्दा, झनै पिर पर्ने गर्छ
नरुनु है तिमी रुँदा-

Leave a Reply

Your email address will not be published. Required fields are marked *