Skip to content

जीवनको उषाकालमा गीत बन्यौ तिमी

  • by


जीवनको उषाकालमा गीत बन्यौ तिमी
चोट थप्ने जीवनमा मीत बन्यौ तिमी

पाइराखुँ तिमीलाई यही सोच्थेँ म त
सधैँ हार्ने जीवनमा जीत बन्यौ तिमी
तिम्रो याद हिजोआज भोलि पनि होला
आइरहने जीवनमा रीत बन्यौ तिमी

निशाबाट उम्की सधैँ उषातिर लागूँ
गुलाफमा टल्किएकी शीत बन्यौ तिमी
आलोक थापेँ प्रेमको जीवनको प्यास मेट्न
मणि छोडी पराइको हित बन्यौ तिमी

-कीर्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *