Skip to content


दर्शन नानु ।
दर्शन भनेको के हो बाबा ?
जीवन दर्शन…

जीवन भनेको नि ?
संघर्ष हो जीवन ।
संघर्ष मेरो साथीको नाम हो बाबा
संघर्ष हौशला हो नानु ।

हौशला रातो हुन्छ, हो बाबा ?
हौशला हार्नु हुन्न नानु ।

हार् यो भने के हुन्छ ?
संघर्ष हुदैंन ।
किन चाहियो संघर्ष ?

जीवनको लागि
जीवन त दर्शन हो बाबा
दर्शन नानु, दर्शन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *