Skip to content


औंला ठड्याएर
चिच्याउँदै माइकमा
तिमी हिजो भन्थ्यौ ः
“यदि ऊ आयो भने-
यहाँ, आकाश खस्नेछ
यहाँ, धरती फाट्ने छ
सगरमाथा ढल्ने छ
समुद्र दनदनती बल्नेछ
नदी टक्क अडिनेछ”
तिम्रो निषेधाज्ञा विरुद्ध
आज यहाँ ऊ आयो
तर पनि
आकाश खसेन
धरती फाटेन
सगरमाथा ढलेन
कुनै समुद्र बलेन
नदी पनि कतै अडिउन,
बल्ल पो प्रमाणित भयो-
तिमी उपासक रहेछौ
औंसीको कालो अन्धकारको
ऊ त सुकिलो उज्यालो रहेछ
रातमा, टहटह जुन जस्तै
दिनमा, झलमल घाम जस्तै ।

-फाक्टाङ-२, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *